अल-फतह · 23/29
अनुवाद उच्चारण — अल-फतह
سُنَّةَ اللَّهِ الَّتِي قَدْ خَلَتْ مِن قَبْلُ ۖ وَلَن تَجِدَ لِسُنَّةِ اللَّهِ تَبْدِيلًا ۝٢٣
Sunnatal laahil latee qad khalat min qablu wa lan tajida lisunnatil laahi tabdeelaa
📖 नेपाली अर्थ
यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चलिआइरहेको छ र तिमीले अल्लाहको रीतिमा कहिल्यै कुनै परिवर्तन पाउने छैनौ ।

🎧 सुन्नुहोस्


📜 आयत 21-25 — अल-फतह

21وَأُخْرَىٰ لَمْ تَقْدِرُوا عَلَيْهَا قَدْ أَحَاطَ اللَّهُ بِهَا ۚ وَكَانَ اللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرًا
र तिमीलाई अरु माल सामान पनि देओस् जसमाथि अहिलेसम्म तिमीले विजय पाएका छैनौ । तर अल्लाहले तिनलाई आफ्नो संरक्षणमा राखेको छ । र अल्लाह हरेक वस्तुमाथि अधिपत्य राख्दछ ।
22وَلَوْ قَاتَلَكُمُ الَّذِينَ كَفَرُوا لَوَلَّوُا الْأَدْبَارَ ثُمَّ لَا يَجِدُونَ وَلِيًّا وَلَا نَصِيرًا
र यदि इन्कार गर्नेहरू तिमीसित युद्ध गरेको भए अवश्य नै पिठ्युँ फर्काई भाग्ने थिए । अनि उनीहरूले न कोही संरक्षक पाउनेछन् न त कोही सहायक ।
23سُنَّةَ اللَّهِ الَّتِي قَدْ خَلَتْ مِن قَبْلُ ۖ وَلَن تَجِدَ لِسُنَّةِ اللَّهِ تَبْدِيلًا
यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चलिआइरहेको छ र तिमीले अल्लाहको रीतिमा कहिल्यै कुनै परिवर्तन पाउने छैनौ ।
24وَهُوَ الَّذِي كَفَّ أَيْدِيَهُمْ عَنكُمْ وَأَيْدِيَكُمْ عَنْهُم بِبَطْنِ مَكَّةَ مِن بَعْدِ أَنْ أَظْفَرَكُمْ عَلَيْهِمْ ۚ وَكَانَ اللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرًا
उही हो जसले खास ‘‘मक्कामा’’ काफिरहरूको हात तिमीबाट र तिम्रो हातलाई उनीबाट रोकिदियो । यसपछि कि उसले तिमीलाई उनीमाथि विजयी बनाएको थियो । र तिमी जे गरिरहेका छौ अल्लाह त्यसलाई देखिरहेको छ ।
25هُمُ الَّذِينَ كَفَرُوا وَصَدُّوكُمْ عَنِ الْمَسْجِدِ الْحَرَامِ وَالْهَدْيَ مَعْكُوفًا أَن يَبْلُغَ مَحِلَّهُ ۚ وَلَوْلَا رِجَالٌ مُّؤْمِنُونَ وَنِسَاءٌ مُّؤْمِنَاتٌ لَّمْ تَعْلَمُوهُمْ أَن تَطَئُوهُمْ فَتُصِيبَكُم مِّنْهُم مَّعَرَّةٌ بِغَيْرِ عِلْمٍ ۖ لِّيُدْخِلَ اللَّهُ فِي رَحْمَتِهِ مَن يَشَاءُ ۚ لَوْ تَزَيَّلُوا لَعَذَّبْنَا الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابًا أَلِيمًا
यी ती मानिसहरू नै हुन् जसले इन्कार गरे र तिमीलाई ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोकिदिए र कुर्बानीको निम्ति बाँधिएका जनावरहरूलाई पनि कुर्बानी स्थलसम्म पुग्नबाट रोकिदिए । र यदि यस्ता अनेक मुसलमान पुरुष र अनेक मुसलमान स्त्रीहरू नभएको भए जसलाई तिमी जान्दैनथियौ । कि उनीहरूलाई कुल्चिदिएको भए, उनीहरूको सिलसिलामा अज्ञानतामा तिमीमाथि पनि नोक्सान पुगिहाल्थ्यो, त तिमीलाई युद्धको अनुमति दिइने थियो । तर अनुमति यसकारण दिइएन ताकि अल्लाह जसलाई चाहन्छ आफ्नो दयालुतामा प्रवेश गराइहालोस् । यदि ती ईमानवालाहरू अलग हुन्थे भने उनीहरूमध्ये जसले इन्कार गर्नेथिए उनीहरूलाई हामीले अवश्य दुःखद यातना दिनेथियौं ।
अल-फतहकुरान अनुक्रमणिका
29आयत
MedinanRevelation
23आयत

अनुवाद — अल-फतह 23

सूरा अल-फतह आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चलिआइरहेको…

सूरा आयत 23/29 — अल-फतह الفتح (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फतह सुन्नुहोस्, अल-फतह अनुवाद, अल-फतह mp3, अल-फतह pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers