अल-फतह · 13/29
अनुवाद उच्चारण — अल-फतह
وَمَن لَّمْ يُؤْمِن بِاللَّهِ وَرَسُولِهِ فَإِنَّا أَعْتَدْنَا لِلْكَافِرِينَ سَعِيرًا ۝١٣
Wa mal lam yu`mim billaahi wa Rasoolihee fainnaaa a`tadnaa lilkaafireena sa`eeraa
📖 नेपाली अर्थ
र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले पनि यस्ता काफिरहरूको निम्ति आगो तयार गरिराखेका छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — अल-फतह

11سَيَقُولُ لَكَ الْمُخَلَّفُونَ مِنَ الْأَعْرَابِ شَغَلَتْنَا أَمْوَالُنَا وَأَهْلُونَا فَاسْتَغْفِرْ لَنَا ۚ يَقُولُونَ بِأَلْسِنَتِهِم مَّا لَيْسَ فِي قُلُوبِهِمْ ۚ قُلْ فَمَن يَمْلِكُ لَكُم مِّنَ اللَّهِ شَيْئًا إِنْ أَرَادَ بِكُمْ ضَرًّا أَوْ أَرَادَ بِكُمْ نَفْعًا ۚ بَلْ كَانَ اللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرًا
(देहाती) गाउँलेहरूमध्ये जो पछि परिसकेका थिए उनीहरू अब तपाईसित भन्नेछनः कि ‘‘हाम्रा धन सम्पत्ति र हाम्रा बालबच्चामा हामी व्यस्त थियौं, तसर्थ तपाईले हाम्रो निम्ति क्षमाको प्रार्थना गरिदिनुहोस् !’’ उनीहरू आफ्नो जिब्रोले ती कुराहरू भन्दछन् जुन उनका हृदयमा छैनन् । भनिदिनुस् कि यदि अल्लाहले तिमीलाई नोक्सानी पुर्योउन चाहन्छ वा तिमीलाई फाइदा पुर्योउने इच्छा राख्दछ भने कसले उसको सामु तिम्रो निम्ति कुनै कुराको कुनै अख्तियारी राख्दछ ? (कोही छैन), बरु जे जति तिमीले गर्दछौ अल्लाहले त्यसलाई जान्दछ ।
12بَلْ ظَنَنتُمْ أَن لَّن يَنقَلِبَ الرَّسُولُ وَالْمُؤْمِنُونَ إِلَىٰ أَهْلِيهِمْ أَبَدًا وَزُيِّنَ ذَٰلِكَ فِي قُلُوبِكُمْ وَظَنَنتُمْ ظَنَّ السَّوْءِ وَكُنتُمْ قَوْمًا بُورًا
कुरो यो छ कि तिमीहरूले यो ठान्थ्यौ कि पैगम्बर र मोमिनहरूले आफ्नो वतनमा कहिल्यै फर्किआउने छैनन् र यही कुरा तिम्रो हृदयलाई राम्रो प्रतीत भयो र तिमीले गलत अनुमान गर्यौ । वास्तवमा तिमीहरू सखाप हुनेवालाहरू हौ ।
13وَمَن لَّمْ يُؤْمِن بِاللَّهِ وَرَسُولِهِ فَإِنَّا أَعْتَدْنَا لِلْكَافِرِينَ سَعِيرًا
र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले पनि यस्ता काफिरहरूको निम्ति आगो तयार गरिराखेका छौं ।
14وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ يَغْفِرُ لِمَن يَشَاءُ وَيُعَذِّبُ مَن يَشَاءُ ۚ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا
र आकाशहरू र धरतीको सत्ता अल्लाहकै हो । जसलाई चाहन्छ माफी दिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ र अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।
15سَيَقُولُ الْمُخَلَّفُونَ إِذَا انطَلَقْتُمْ إِلَىٰ مَغَانِمَ لِتَأْخُذُوهَا ذَرُونَا نَتَّبِعْكُمْ ۖ يُرِيدُونَ أَن يُبَدِّلُوا كَلَامَ اللَّهِ ۚ قُل لَّن تَتَّبِعُونَا كَذَٰلِكُمْ قَالَ اللَّهُ مِن قَبْلُ ۖ فَسَيَقُولُونَ بَلْ تَحْسُدُونَنَا ۚ بَلْ كَانُوا لَا يَفْقَهُونَ إِلَّا قَلِيلًا
जब तिमी धर्मयुद्धमा प्राप्तहुने माललाई प्राप्त गर्नको निम्ति उनीहरूतिर हिंड्नेछौ त यी पछि पर्नेहरूले तत्काल भन्नेछन् कि ‘‘हामीलाई पनि आफ्नो साथ जान अनुमति दिनुस्’’ उनीहरूले चाहन्छन् कि अल्लाहको कथनलाई परिवर्तित गरिदिउन् । भनिदिनुस् कि तिमी कहिल्यै पनि हाम्रो साथमा हिंड्न सक्दैनौ । अल्लाहले अघिनै यस्तो भनिदिएको छ । अनि भन्नेछन् (होइन) तिमी त हामीसित ईष्र्या गर्दछौं । कुरो यो छ कि तिनीहरूले बहुतै कम बुझ्छन् ।
अल-फतहकुरान अनुक्रमणिका
29आयत
MedinanRevelation
13आयत

अनुवाद — अल-फतह 13

सूरा अल-फतह आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले…

सूरा आयत 13/29 — अल-फतह الفتح (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फतह सुन्नुहोस्, अल-फतह अनुवाद, अल-फतह mp3, अल-फतह pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers