सूरा अस-सफ अरबी र नेपाली
सूरा अस-सफ पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (14 आयत — مدنية). अस-सफ सुन्नुहोस्, अस-सफ अनुवाद, अस-सफ mp3, अस-सफ pdf.सूरा अस-सफ पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
سَبَّحَ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۖ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ ١
📖 अनुवाद
आयत 1
आकाश र धरतीमा भएका सबैले अल्लाहको गुणगान गर्छन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لِمَ تَقُولُونَ مَا لَا تَفْعَلُونَ ٢
📖 अनुवाद
आयत 2
हे मोमिनहरू ! तिमीले यस्ता कुरा किन भन्ने गर्दछौ जो गर्दैनौ
كَبُرَ مَقْتًا عِندَ اللَّهِ أَن تَقُولُوا مَا لَا تَفْعَلُونَ ٣
📖 अनुवाद
आयत 3
तिमी जुन गर्दैनौ त्यो भन्नु अल्लाहलाई धेरै अप्रिय छ ।
إِنَّ اللَّهَ يُحِبُّ الَّذِينَ يُقَاتِلُونَ فِي سَبِيلِهِ صَفًّا كَأَنَّهُم بُنْيَانٌ مَّرْصُوصٌ ٤
📖 अनुवाद
आयत 4
निःसन्देह अल्लाहले तिनीहरूसंग प्रेम गर्नुहुन्छ जुन मानिसहरूले अल्लाहको मार्गमा स्थिर भई लड्छन् कि मानौं सीसा भरिएको बलियो ठोस पर्खाल हुन् ।
وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَد تَّعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ ۖ فَلَمَّا زَاغُوا أَزَاغَ اللَّهُ قُلُوبَهُمْ ۚ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ ٥
📖 अनुवाद
आयत 5
र स्मरण गर जब ‘‘मूसा(अलैहिस्सलाम)ले’’ आफ्नो कौमसित भने कि हे मेरो समुदायका मानिसहरू तिमीले मलाई किन दुःख दिन्छौ, जब कि तिमी जान्दछौ कि म तिम्रो लागि अल्लाहले पठाएको रसूल हूँ, अनि जब उनीहरूले बाङ्गोपना अपनाए त अल्लाहले पनि उनको हृदयलाई बढी बाङ्गो बनाइदियो । र अल्लाहले अवज्ञाकारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
وَإِذْ قَالَ عِيسَى ابْنُ مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُم مُّصَدِّقًا لِّمَا بَيْنَ يَدَيَّ مِنَ التَّوْرَاةِ وَمُبَشِّرًا بِرَسُولٍ يَأْتِي مِن بَعْدِي اسْمُهُ أَحْمَدُ ۖ فَلَمَّا جَاءَهُم بِالْبَيِّنَاتِ قَالُوا هَٰذَا سِحْرٌ مُّبِينٌ ٦
📖 अनुवाद
आयत 6
र जब मरियमको छोरा ईसा(अलैहिस्सलाम)ले भनेः कि हे मेरो कौम बनी इस्राईल ! म तिमी सबैको लागि अल्लाहबाट पठाइएको रसूल हूँ । मभन्दा पहिलेको किताब तौरातको म प्रमाणित गर्नेवाला छु र मपछि आउने एउटा संदेष्टा जसको नाम अहमद हुनेछ, उनको शुभागमनको शुभसन्देश सुनाउँछु । अनि जब उनी तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए, तब तिनीहरूले भन्न थाले कि यो त स्पष्ट जादू हो ।
وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَىٰ عَلَى اللَّهِ الْكَذِبَ وَهُوَ يُدْعَىٰ إِلَى الْإِسْلَامِ ۚ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ ٧
📖 अनुवाद
आयत 7
अब त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहमाथि मनगढन्ते दोषारोपण गर्दछ, जबकि उसलाई इस्लामतिर बोलाइदै छ ? अल्लाहले अत्याचारीहरूलाई सिधा मार्ग देखाउँदैन ।
يُرِيدُونَ لِيُطْفِئُوا نُورَ اللَّهِ بِأَفْوَاهِهِمْ وَاللَّهُ مُتِمُّ نُورِهِ وَلَوْ كَرِهَ الْكَافِرُونَ ٨
📖 अनुवाद
आयत 8
उनीहरूले चाहन्छन्ः कि अल्लाहको प्रकाशलाई आफ्नो मूखले निभाइदेउन् । किन्तु अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गर्नेवाला छ, यद्यपि इन्कार गर्नेहरूलाई अप्रिय नै किन नलागोस् ।
هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَىٰ وَدِينِ الْحَقِّ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ ٩
📖 अनुवाद
आयत 9
उही त हो, जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो ताकि त्यसलाई अरु धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, चाहे मुश्रिकहरूलाई अप्रिय नै किन नलागोस् ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا هَلْ أَدُلُّكُمْ عَلَىٰ تِجَارَةٍ تُنجِيكُم مِّنْ عَذَابٍ أَلِيمٍ ١٠
📖 अनुवाद
आयत 10
हे ईमानवालाहरू ! के मैले तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीलाई दुःखद यातनाबाट बचाइहालोस् ।
تُؤْمِنُونَ بِاللَّهِ وَرَسُولِهِ وَتُجَاهِدُونَ فِي سَبِيلِ اللَّهِ بِأَمْوَالِكُمْ وَأَنفُسِكُمْ ۚ ذَٰلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ ١١
📖 अनुवाद
आयत 11
अल्लाहमाथि र उसको रसूलमाथि आस्था राख र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यानले जेहाद (धर्मयुद्ध) गर, यो तिम्रो हकमा राम्रो छ यदि तिमीमा ज्ञान छ ।
يَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَيُدْخِلْكُمْ جَنَّاتٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ وَمَسَاكِنَ طَيِّبَةً فِي جَنَّاتِ عَدْنٍ ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ ١٢
📖 अनुवाद
आयत 12
अल्लाहले तिम्रा पापहरूलाई माफ गरिदिनेछ र तिमीलाई स्वर्गका बगैंचाहरू जसमुनि नहरहरू बगिराखेका छन्, र सफा घरमा जुन सधैंका स्वर्गमा छन्, प्रविष्ट गराउनेछ । यो ठूलो सफलता हो ।
وَأُخْرَىٰ تُحِبُّونَهَا ۖ نَصْرٌ مِّنَ اللَّهِ وَفَتْحٌ قَرِيبٌ ۗ وَبَشِّرِ الْمُؤْمِنِينَ ١٣
📖 अनुवाद
आयत 13
र एउटा अर्को पुरस्कार पनि दिनेछ जसलाई तिमीले रुचाउँछौ त्यो अल्लाहको तर्फबाट सहायता र शीघ्र विजयप्राप्ति हुनेछ मोमिनहरूलाई (यसको) शुभसन्देश सुनाइदेऊ ।
يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُونُوا أَنصَارَ اللَّهِ كَمَا قَالَ عِيسَى ابْنُ مَرْيَمَ لِلْحَوَارِيِّينَ مَنْ أَنصَارِي إِلَى اللَّهِ ۖ قَالَ الْحَوَارِيُّونَ نَحْنُ أَنصَارُ اللَّهِ ۖ فَآمَنَت طَّائِفَةٌ مِّن بَنِي إِسْرَائِيلَ وَكَفَرَت طَّائِفَةٌ ۖ فَأَيَّدْنَا الَّذِينَ آمَنُوا عَلَىٰ عَدُوِّهِمْ فَأَصْبَحُوا ظَاهِرِينَ ١٤
📖 अनुवाद
आयत 14
हे मोमिनहरू ! तिमी अल्लाहको मद्दत गर्ने भइहाल जस्तो कि ईसा बिन मरियमले हवारीहरूसित भनेका थिएः कि को छ जसले अल्लाहको बाटोमा मेरो सहायता गर्नेछ ? हवारीहरूले भनेः कि हामी अल्लाहको बाटोमा मद्दतदिने हौं त बनी इस्राईलमध्ये एउटा समूहले त ईमान ल्यायो र एउटा समूह काफिर रह्यो । अन्ततः हामीले ईमानवालाहरूलाई उनीहरूको शत्रुहरूको मुकाबिलामा मद्दत गर्यौं त उनीहरूलाई वर्चस्व प्राप्त भइहाल्यो ।
पढ्नुहोस् सूरा अस-सफ नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

