📖 0/604 पढिएका पृष्ठहरू
📄 305
सूरा मर्यम
bismillah
كٓهيعٓصٓ  ۝١ ذِكۡرُ رَحۡمَتِ رَبِّكَ عَبۡدَهُۥ زَكَرِيَّآ  ۝٢ إِذۡ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيًّا  ۝٣ قَالَ رَبِّ إِنِّي وَهَنَ ٱلۡعَظۡمُ مِنِّي وَٱشۡتَعَلَ ٱلرَّأۡسُ شَيۡبًا وَلَمۡ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيًّا  ۝٤ وَإِنِّي خِفۡتُ ٱلۡمَوَٰلِيَ مِن وَرَآءِي وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا فَهَبۡ لِي مِن لَّدُنكَ وَلِيًّا  ۝٥ يَرِثُنِي وَيَرِثُ مِنۡ ءَالِ يَعۡقُوبَۖ وَٱجۡعَلۡهُ رَبِّ رَضِيًّا  ۝٦ يَٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ ٱسۡمُهُۥ يَحۡيَىٰ لَمۡ نَجۡعَل لَّهُۥ مِن قَبۡلُ سَمِيًّا  ۝٧ قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٌ وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا وَقَدۡ بَلَغۡتُ مِنَ ٱلۡكِبَرِ عِتِيًّا  ۝٨ قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّنٌ وَقَدۡ خَلَقۡتُكَ مِن قَبۡلُ وَلَمۡ تَكُ شَيۡـًٔا  ۝٩ قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةًۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَ لَيَالٍ سَوِيًّا  ۝١٠ فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ مِنَ ٱلۡمِحۡرَابِ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ أَن سَبِّحُواْ بُكۡرَةً وَعَشِيًّا  ۝١١
सूरा मर्यम
bismillah
19:1
كٓهيعٓصٓ  ۝١
काफ–हा–या–ऐन–स्वाद ।
19:2
ذِكۡرُ رَحۡمَتِ رَبِّكَ عَبۡدَهُۥ زَكَرِيَّآ  ۝٢
यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।
19:3
إِذۡ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيًّا  ۝٣
जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।
19:4
قَالَ رَبِّ إِنِّي وَهَنَ ٱلۡعَظۡمُ مِنِّي وَٱشۡتَعَلَ ٱلرَّأۡسُ شَيۡبًا وَلَمۡ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيًّا  ۝٤
कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।
19:5
وَإِنِّي خِفۡتُ ٱلۡمَوَٰلِيَ مِن وَرَآءِي وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا فَهَبۡ لِي مِن لَّدُنكَ وَلِيًّا  ۝٥
मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।
19:6
يَرِثُنِي وَيَرِثُ مِنۡ ءَالِ يَعۡقُوبَۖ وَٱجۡعَلۡهُ رَبِّ رَضِيًّا  ۝٦
जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।
19:7
يَٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَٰمٍ ٱسۡمُهُۥ يَحۡيَىٰ لَمۡ نَجۡعَل لَّهُۥ مِن قَبۡلُ سَمِيًّا  ۝٧
हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।
19:8
قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِي غُلَٰمٌ وَكَانَتِ ٱمۡرَأَتِي عَاقِرًا وَقَدۡ بَلَغۡتُ مِنَ ٱلۡكِبَرِ عِتِيًّا  ۝٨
उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरी स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।
19:9
قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَيَّ هَيِّنٌ وَقَدۡ خَلَقۡتُكَ مِن قَبۡلُ وَلَمۡ تَكُ شَيۡـًٔا  ۝٩
आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं
19:10
قَالَ رَبِّ ٱجۡعَل لِّيٓ ءَايَةًۖ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَٰثَ لَيَالٍ سَوِيًّا  ۝١٠
भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो न भएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।
19:11
فَخَرَجَ عَلَىٰ قَوۡمِهِۦ مِنَ ٱلۡمِحۡرَابِ فَأَوۡحَىٰٓ إِلَيۡهِمۡ أَن سَبِّحُواْ بُكۡرَةً وَعَشِيًّا  ۝١١
तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।


📚Juz 16 📄305 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Tuesday, August 25, 2026

Don't forget us in your sincere prayers