📖 0/604 पढिएका पृष्ठहरू
📄 411
सूरा लुकमान

सूरा लुकमान

31:3
هُدًى وَرَحۡمَةً لِّلۡمُحۡسِنِينَ ٣
जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
31:4
ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤۡتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلۡأٓخِرَةِ هُمۡ يُوقِنُونَ ٤
जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
31:5
أُوْلَٰٓئِكَ عَلَىٰ هُدًى مِّن رَّبِّهِمۡۖ وَأُوْلَٰٓئِكَ هُمُ ٱلۡمُفۡلِحُونَ ٥
यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।
31:6
وَمِنَ ٱلنَّاسِ مَن يَشۡتَرِي لَهۡوَ ٱلۡحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِ بِغَيۡرِ عِلۡمٍ وَيَتَّخِذَهَا هُزُوًاۚ أُوْلَٰٓئِكَ لَهُمۡ عَذَابٌ مُّهِينٌ ٦
र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।
31:7
وَإِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا وَلَّىٰ مُسۡتَكۡبِرًا كَأَن لَّمۡ يَسۡمَعۡهَا كَأَنَّ فِيٓ أُذُنَيۡهِ وَقۡرًاۖ فَبَشِّرۡهُ بِعَذَابٍ أَلِيمٍ ٧
जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।
31:8
إِنَّ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ لَهُمۡ جَنَّٰتُ ٱلنَّعِيمِ ٨
निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।
31:9
خَٰلِدِينَ فِيهَاۖ وَعۡدَ ٱللَّهِ حَقًّاۚ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ ٩
तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।
31:10
خَلَقَ ٱلسَّمَٰوَٰتِ بِغَيۡرِ عَمَدٍ تَرَوۡنَهَاۖ وَأَلۡقَىٰ فِي ٱلۡأَرۡضِ رَوَٰسِيَ أَن تَمِيدَ بِكُمۡ وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٍۚ وَأَنزَلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءً فَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجٍ كَرِيمٍ ١٠
उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।
31:11
هَٰذَا خَلۡقُ ٱللَّهِ فَأَرُونِي مَاذَا خَلَقَ ٱلَّذِينَ مِن دُونِهِۦۚ بَلِ ٱلظَّٰلِمُونَ فِي ضَلَٰلٍ مُّبِينٍ ١١
यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Thursday, August 27, 2026
Don't forget us in your sincere prayers







