सूरा अल-अम्बिया अरबी र नेपाली
सूरा अल-अम्बिया पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (112 आयत — مكية). अल-अम्बिया सुन्नुहोस्, अल-अम्बिया अनुवाद, अल-अम्बिया mp3, अल-अम्बिया pdf.सूरा अल-अम्बिया पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
اقْتَرَبَ لِلنَّاسِ حِسَابُهُمْ وَهُمْ فِي غَفْلَةٍ مُّعْرِضُونَ ١
📖 अनुवाद
आयत 1
मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई पन्छिइराखेका छन् ।
مَا يَأْتِيهِم مِّن ذِكْرٍ مِّن رَّبِّهِم مُّحْدَثٍ إِلَّا اسْتَمَعُوهُ وَهُمْ يَلْعَبُونَ ٢
📖 अनुवाद
आयत 2
उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् ।
لَاهِيَةً قُلُوبُهُمْ ۗ وَأَسَرُّوا النَّجْوَى الَّذِينَ ظَلَمُوا هَلْ هَٰذَا إِلَّا بَشَرٌ مِّثْلُكُمْ ۖ أَفَتَأْتُونَ السِّحْرَ وَأَنتُمْ تُبْصِرُونَ ٣
📖 अनुवाद
आयत 3
तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ ।
قَالَ رَبِّي يَعْلَمُ الْقَوْلَ فِي السَّمَاءِ وَالْأَرْضِ ۖ وَهُوَ السَّمِيعُ الْعَلِيمُ ٤
📖 अनुवाद
आयत 4
पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ ।
بَلْ قَالُوا أَضْغَاثُ أَحْلَامٍ بَلِ افْتَرَاهُ بَلْ هُوَ شَاعِرٌ فَلْيَأْتِنَا بِآيَةٍ كَمَا أُرْسِلَ الْأَوَّلُونَ ٥
📖 अनुवाद
आयत 5
यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’
مَا آمَنَتْ قَبْلَهُم مِّن قَرْيَةٍ أَهْلَكْنَاهَا ۖ أَفَهُمْ يُؤْمِنُونَ ٦
📖 अनुवाद
आयत 6
तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन्
وَمَا أَرْسَلْنَا قَبْلَكَ إِلَّا رِجَالًا نُّوحِي إِلَيْهِمْ ۖ فَاسْأَلُوا أَهْلَ الذِّكْرِ إِن كُنتُمْ لَا تَعْلَمُونَ ٧
📖 अनुवाद
आयत 7
तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल
وَمَا جَعَلْنَاهُمْ جَسَدًا لَّا يَأْكُلُونَ الطَّعَامَ وَمَا كَانُوا خَالِدِينَ ٨
📖 अनुवाद
आयत 8
र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए ।
ثُمَّ صَدَقْنَاهُمُ الْوَعْدَ فَأَنجَيْنَاهُمْ وَمَن نَّشَاءُ وَأَهْلَكْنَا الْمُسْرِفِينَ ٩
📖 अनुवाद
आयत 9
अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं ।
لَقَدْ أَنزَلْنَا إِلَيْكُمْ كِتَابًا فِيهِ ذِكْرُكُمْ ۖ أَفَلَا تَعْقِلُونَ ١٠
📖 अनुवाद
आयत 10
निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीले तैपनि बुझ्दैनौ
وَكَمْ قَصَمْنَا مِن قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنشَأْنَا بَعْدَهَا قَوْمًا آخَرِينَ ١١
📖 अनुवाद
आयत 11
र धेरै बस्तीहरू हामीले नष्ट गरिदियौं जो अत्याचारी थिए र उनीहरूपछि हामीले अर्को समुदायको सृष्टि गरिदियौं ।
فَلَمَّا أَحَسُّوا بَأْسَنَا إِذَا هُم مِّنْهَا يَرْكُضُونَ ١٢
📖 अनुवाद
आयत 12
जब उनीहरूलाई हाम्रो यातनाको आभास भयो त त्यसबाट भाग्न थाले ।
لَا تَرْكُضُوا وَارْجِعُوا إِلَىٰ مَا أُتْرِفْتُمْ فِيهِ وَمَسَاكِنِكُمْ لَعَلَّكُمْ تُسْأَلُونَ ١٣
📖 अनुवाद
आयत 13
भाग–दौड नगर फर्किहाल, त्यही भोग विलासतिर जुन तिमीलाई उपलब्ध थियो र आफ्नो घरतिर गइहाल जसबाट तिमीहरूसंग सोधपूछ त गरियोस् ।
قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ ١٤
📖 अनुवाद
आयत 14
भन्नथालेः ‘‘हाय अफशोच हाम्रो दुर्भाग्य ! निःसन्देह हामी अत्याचारी थियौं ।
فَمَا زَالَت تِّلْكَ دَعْوَاهُمْ حَتَّىٰ جَعَلْنَاهُمْ حَصِيدًا خَامِدِينَ ١٥
📖 अनुवाद
आयत 15
अनि तिनीहरू सधैं यस्तै पुकार्दैगरे, यहाँसम्म कि हामीले तिनीहरूलाई जरैदेखि काटिएको खेती र निभेको आगो (जस्तै) गरिदियौं ।
وَمَا خَلَقْنَا السَّمَاءَ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ ١٦
📖 अनुवाद
आयत 16
हामीले आकाश र जमिन र जे जति यिनीहरूको मध्यमा छन्, त्यसलाई खेल तमाशाको निम्ति सृष्टि गरेका होइन ।
لَوْ أَرَدْنَا أَن نَّتَّخِذَ لَهْوًا لَّاتَّخَذْنَاهُ مِن لَّدُنَّا إِن كُنَّا فَاعِلِينَ ١٧
📖 अनुवाद
आयत 17
यदि हामीले कुनै खेल तमाशा गर्न चाहेको भए आफ्नै तर्फबाट गरिहाल्थ्यौं, यदि हामी यस्तो गर्नेवाला नै भएको भए ।
بَلْ نَقْذِفُ بِالْحَقِّ عَلَى الْبَاطِلِ فَيَدْمَغُهُ فَإِذَا هُوَ زَاهِقٌ ۚ وَلَكُمُ الْوَيْلُ مِمَّا تَصِفُونَ ١٨
📖 अनुवाद
आयत 18
बरु हामीले सत्यबाट असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य त्यसैबेला नष्ट भइहाल्छ र जुन कुरा तिमीले मनगढन्त रूपमा बनाउँछौ, त्यसबाट तिम्रै बर्बादी हुन्छ ।
وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۚ وَمَنْ عِندَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ ١٩
📖 अनुवाद
आयत 19
आकाशहरू र जमिनमा जे छन्, सबै उसैको (अल्लाहको) हो । र जो उसको समीपमा छन् तिनीहरू उसको सेवा–भक्तिबाट न अट्टेरिपना गर्छन् र नत थाकछन् ।
يُسَبِّحُونَ اللَّيْلَ وَالنَّهَارَ لَا يَفْتُرُونَ ٢٠
📖 अनुवाद
आयत 20
तिनीहरू दिनरात उसैको गुणगान गर्छन् र अलिकति पनि ढिलासुस्ती गर्दैनन् ।
أَمِ اتَّخَذُوا آلِهَةً مِّنَ الْأَرْضِ هُمْ يُنشِرُونَ ٢١
📖 अनुवाद
आयत 21
के तिनीहरूले धरती (का प्राणीहरूमध्ये) बाट जसलाई पूज्य बनाइराखेका छन्, तिनीहरूले (कसैलाई) जीवित गर्छन्
لَوْ كَانَ فِيهِمَا آلِهَةٌ إِلَّا اللَّهُ لَفَسَدَتَا ۚ فَسُبْحَانَ اللَّهِ رَبِّ الْعَرْشِ عَمَّا يَصِفُونَ ٢٢
📖 अनुवाद
आयत 22
यदि आकाश र धरतीमा अल्लाह बाहेक अरु कोही पूज्य भएको भए यी दुवैको व्यवस्था अस्तब्यस्त हुने थियो, अतः महान् र उच्च छ अल्लाह, सत्तासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यी मुश्रिकहरूले वर्णन गर्दछन्
لَا يُسْأَلُ عَمَّا يَفْعَلُ وَهُمْ يُسْأَلُونَ ٢٣
📖 अनुवाद
आयत 23
ऊ आफ्ना कामहरूको निम्ति (कसैको अगाडि) जवाफदेही छैन र सबै (उसको अगाडि) जवाफदेही छन् ।
أَمِ اتَّخَذُوا مِن دُونِهِ آلِهَةً ۖ قُلْ هَاتُوا بُرْهَانَكُمْ ۖ هَٰذَا ذِكْرُ مَن مَّعِيَ وَذِكْرُ مَن قَبْلِي ۗ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ الْحَقَّ ۖ فَهُم مُّعْرِضُونَ ٢٤
📖 अनुवाद
आयत 24
के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो पूज्य बनाइराखेका छन् । उनीहरूसित भन कि आफ्नो प्रमाण प्रस्तुत गर, यो मेरो साथवालाको किताब हो र मभन्दा अगाडिकाहरूको प्रमाण । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश मानिसहरू सत्य कुरा जान्दैनन् र यसैले (उसबाट) विमुख भइहाल्छन् ।
وَمَا أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِي إِلَيْهِ أَنَّهُ لَا إِلَٰهَ إِلَّا أَنَا فَاعْبُدُونِ ٢٥
📖 अनुवाद
आयत 25
र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।
وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا ۗ سُبْحَانَهُ ۚ بَلْ عِبَادٌ مُّكْرَمُونَ ٢٦
📖 अनुवाद
आयत 26
(मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्रछ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।
لَا يَسْبِقُونَهُ بِالْقَوْلِ وَهُم بِأَمْرِهِ يَعْمَلُونَ ٢٧
📖 अनुवाद
आयत 27
उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।
يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ ارْتَضَىٰ وَهُم مِّنْ خَشْيَتِهِ مُشْفِقُونَ ٢٨
📖 अनुवाद
आयत 28
उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।
۞ وَمَن يَقُلْ مِنْهُمْ إِنِّي إِلَٰهٌ مِّن دُونِهِ فَذَٰلِكَ نَجْزِيهِ جَهَنَّمَ ۚ كَذَٰلِكَ نَجْزِي الظَّالِمِينَ ٢٩
📖 अनुवाद
आयत 29
उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमका सजाय दिने गर्दछौं ।
أَوَلَمْ يَرَ الَّذِينَ كَفَرُوا أَنَّ السَّمَاوَاتِ وَالْأَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنَاهُمَا ۖ وَجَعَلْنَا مِنَ الْمَاءِ كُلَّ شَيْءٍ حَيٍّ ۖ أَفَلَا يُؤْمِنُونَ ٣٠
📖 अनुवाद
आयत 30
के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन्
وَجَعَلْنَا فِي الْأَرْضِ رَوَاسِيَ أَن تَمِيدَ بِهِمْ وَجَعَلْنَا فِيهَا فِجَاجًا سُبُلًا لَّعَلَّهُمْ يَهْتَدُونَ ٣١
📖 अनुवाद
आयत 31
र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।
وَجَعَلْنَا السَّمَاءَ سَقْفًا مَّحْفُوظًا ۖ وَهُمْ عَنْ آيَاتِهَا مُعْرِضُونَ ٣٢
📖 अनुवाद
आयत 32
र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।
وَهُوَ الَّذِي خَلَقَ اللَّيْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ ۖ كُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ ٣٣
📖 अनुवाद
आयत 33
उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।
وَمَا جَعَلْنَا لِبَشَرٍ مِّن قَبْلِكَ الْخُلْدَ ۖ أَفَإِن مِّتَّ فَهُمُ الْخَالِدُونَ ٣٤
📖 अनुवाद
आयत 34
हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयोे भने तिनीहरू सधैं बाँची रहनेछन्
كُلُّ نَفْسٍ ذَائِقَةُ الْمَوْتِ ۗ وَنَبْلُوكُم بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً ۖ وَإِلَيْنَا تُرْجَعُونَ ٣٥
📖 अनुवाद
आयत 35
प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।
وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَٰذَا الَّذِي يَذْكُرُ آلِهَتَكُمْ وَهُم بِذِكْرِ الرَّحْمَٰنِ هُمْ كَافِرُونَ ٣٦
📖 अनुवाद
आयत 36
यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।
خُلِقَ الْإِنسَانُ مِنْ عَجَلٍ ۚ سَأُرِيكُمْ آيَاتِي فَلَا تَسْتَعْجِلُونِ ٣٧
📖 अनुवाद
आयत 37
मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर ।
وَيَقُولُونَ مَتَىٰ هَٰذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ ٣٨
📖 अनुवाद
आयत 38
(तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ
لَوْ يَعْلَمُ الَّذِينَ كَفَرُوا حِينَ لَا يَكُفُّونَ عَن وُجُوهِهِمُ النَّارَ وَلَا عَن ظُهُورِهِمْ وَلَا هُمْ يُنصَرُونَ ٣٩
📖 अनुवाद
आयत 39
काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ ।
بَلْ تَأْتِيهِم بَغْتَةً فَتَبْهَتُهُمْ فَلَا يَسْتَطِيعُونَ رَدَّهَا وَلَا هُمْ يُنظَرُونَ ٤٠
📖 अनुवाद
आयत 40
(हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।
وَلَقَدِ اسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ فَحَاقَ بِالَّذِينَ سَخِرُوا مِنْهُم مَّا كَانُوا بِهِ يَسْتَهْزِئُونَ ٤١
📖 अनुवाद
आयत 41
र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे ।
قُلْ مَن يَكْلَؤُكُم بِاللَّيْلِ وَالنَّهَارِ مِنَ الرَّحْمَٰنِ ۗ بَلْ هُمْ عَن ذِكْرِ رَبِّهِم مُّعْرِضُونَ ٤٢
📖 अनुवाद
आयत 42
यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् ।
أَمْ لَهُمْ آلِهَةٌ تَمْنَعُهُم مِّن دُونِنَا ۚ لَا يَسْتَطِيعُونَ نَصْرَ أَنفُسِهِمْ وَلَا هُم مِّنَّا يُصْحَبُونَ ٤٣
📖 अनुवाद
आयत 43
के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।
بَلْ مَتَّعْنَا هَٰؤُلَاءِ وَآبَاءَهُمْ حَتَّىٰ طَالَ عَلَيْهِمُ الْعُمُرُ ۗ أَفَلَا يَرَوْنَ أَنَّا نَأْتِي الْأَرْضَ نَنقُصُهَا مِنْ أَطْرَافِهَا ۚ أَفَهُمُ الْغَالِبُونَ ٤٤
📖 अनुवाद
आयत 44
बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू अभिमानी रहनेछन्
قُلْ إِنَّمَا أُنذِرُكُم بِالْوَحْيِ ۚ وَلَا يَسْمَعُ الصُّمُّ الدُّعَاءَ إِذَا مَا يُنذَرُونَ ٤٥
📖 अनुवाद
आयत 45
भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ ।
وَلَئِن مَّسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ ٤٦
📖 अनुवाद
आयत 46
यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! हामी निःसन्देह पापी थियौं ।
وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا ۖ وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا ۗ وَكَفَىٰ بِنَا حَاسِبِينَ ٤٧
📖 अनुवाद
आयत 47
र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं ।
وَلَقَدْ آتَيْنَا مُوسَىٰ وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ ٤٨
📖 अनुवाद
आयत 48
यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं ।
الَّذِينَ يَخْشَوْنَ رَبَّهُم بِالْغَيْبِ وَهُم مِّنَ السَّاعَةِ مُشْفِقُونَ ٤٩
📖 अनुवाद
आयत 49
तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् ।
وَهَٰذَا ذِكْرٌ مُّبَارَكٌ أَنزَلْنَاهُ ۚ أَفَأَنتُمْ لَهُ مُنكِرُونَ ٥٠
📖 अनुवाद
आयत 50
र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ
۞ وَلَقَدْ آتَيْنَا إِبْرَاهِيمَ رُشْدَهُ مِن قَبْلُ وَكُنَّا بِهِ عَالِمِينَ ٥١
📖 अनुवाद
आयत 51
निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो ।
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَا هَٰذِهِ التَّمَاثِيلُ الَّتِي أَنتُمْ لَهَا عَاكِفُونَ ٥٢
📖 अनुवाद
आयत 52
जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’
قَالُوا وَجَدْنَا آبَاءَنَا لَهَا عَابِدِينَ ٥٣
📖 अनुवाद
आयत 53
तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं ।
قَالَ لَقَدْ كُنتُمْ أَنتُمْ وَآبَاؤُكُمْ فِي ضَلَالٍ مُّبِينٍ ٥٤
📖 अनुवाद
आयत 54
इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ ।
قَالُوا أَجِئْتَنَا بِالْحَقِّ أَمْ أَنتَ مِنَ اللَّاعِبِينَ ٥٥
📖 अनुवाद
आयत 55
तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ ।
قَالَ بَل رَّبُّكُمْ رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ الَّذِي فَطَرَهُنَّ وَأَنَا عَلَىٰ ذَٰلِكُم مِّنَ الشَّاهِدِينَ ٥٦
📖 अनुवाद
आयत 56
(इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु ।
وَتَاللَّهِ لَأَكِيدَنَّ أَصْنَامَكُم بَعْدَ أَن تُوَلُّوا مُدْبِرِينَ ٥٧
📖 अनुवाद
आयत 57
र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चाल्नेछु ।
فَجَعَلَهُمْ جُذَاذًا إِلَّا كَبِيرًا لَّهُمْ لَعَلَّهُمْ إِلَيْهِ يَرْجِعُونَ ٥٨
📖 अनुवाद
आयत 58
फेरि उहाँ (इब्राहीम) ले तिनीहरूलाई (फुटालेर) टुक्रा–टुक्रा पारिदिए, तर एउटा ठूलो मूर्तिलाई छाडिदिए यो पनि यसकारण कि उनीहरू त्यसतिर प्रवृत्त होउन् ।
قَالُوا مَن فَعَلَ هَٰذَا بِآلِهَتِنَا إِنَّهُ لَمِنَ الظَّالِمِينَ ٥٩
📖 अनुवाद
आयत 59
उनीहरूले भन्न थाले कि हाम्रा देवताहरूसित यस्तो व्यवहार कसले गर्यो निश्चय नै त्यो कुनै अत्याचारी हुनुपर्छ ।
قَالُوا سَمِعْنَا فَتًى يَذْكُرُهُمْ يُقَالُ لَهُ إِبْرَاهِيمُ ٦٠
📖 अनुवाद
आयत 60
तिनीहरूले भनेः हामीले एउटा युवकलाई उनको बारेमा चर्चा गरेको सुनेका थियौं, जसलाई इब्राहीम भनिन्छ ।
قَالُوا فَأْتُوا بِهِ عَلَىٰ أَعْيُنِ النَّاسِ لَعَلَّهُمْ يَشْهَدُونَ ٦١
📖 अनुवाद
आयत 61
तिनीहरूले भने कि ठीक छ उसलाई सभामा मानिसहरूको अगाडि ल्याऊ कि तिनलाई सबैले हेर्नसकुन् ।
قَالُوا أَأَنتَ فَعَلْتَ هَٰذَا بِآلِهَتِنَا يَا إِبْرَاهِيمُ ٦٢
📖 अनुवाद
आयत 62
(इब्राहीम आएपछि) उनीहरूले भनेः हे इब्राहीम ! के तिमीले नै हाम्रा देवताहरूसित यस्तो कर्म गरेको हो
قَالَ بَلْ فَعَلَهُ كَبِيرُهُمْ هَٰذَا فَاسْأَلُوهُمْ إِن كَانُوا يَنطِقُونَ ٦٣
📖 अनुवाद
आयत 63
(इब्राहीमले) जवाफ दिए बरु यो उनीहरूभन्दा ठूलोले गरेको छ, यदि यिनीहरू बोल्छन् भने आफ्ना यी पूज्यहरूसित नै सोध ।
فَرَجَعُوا إِلَىٰ أَنفُسِهِمْ فَقَالُوا إِنَّكُمْ أَنتُمُ الظَّالِمُونَ ٦٤
📖 अनुवाद
आयत 64
अनि तिनीहरू आफ्ना टाउको टेकेर पल्टेर भन्न थालेः अत्याचारी त तिमी नै हौ ।
ثُمَّ نُكِسُوا عَلَىٰ رُءُوسِهِمْ لَقَدْ عَلِمْتَ مَا هَٰؤُلَاءِ يَنطِقُونَ ٦٥
📖 अनुवाद
आयत 65
अनि तिनीहरू लज्जाले व्याकुल भए र (भन्न थाले) कि यो तिमीलाई पनि थाहा छ कि यिनीहरू (यी मूर्तिहरू) बोल्दैनन् ।
قَالَ أَفَتَعْبُدُونَ مِن دُونِ اللَّهِ مَا لَا يَنفَعُكُمْ شَيْئًا وَلَا يَضُرُّكُمْ ٦٦
📖 अनुवाद
आयत 66
त्यसपछि (इब्राहीमले) भनेः कि ‘‘त्यसो भए तिमीहरूले अल्लाहलाई छाडी यस्ताकुराको पूजा किन गर्दछौ जसले (पूजा गरेमा) तिमीलाई नकुनै लाभ पुर्याउन सक्तछन् र पूजा नगरेमा नकुनै हानि ?’’
أُفٍّ لَّكُمْ وَلِمَا تَعْبُدُونَ مِن دُونِ اللَّهِ ۖ أَفَلَا تَعْقِلُونَ ٦٧
📖 अनुवाद
आयत 67
धिक्कार छ तिमीहरूलाई र उनीहरूलाई पनि, जसलाई तिमीहरूले अल्लाह बाहेक पूजा गर्दछौ, के तिमीहरूसँग यति पनि बुद्धि छैन
قَالُوا حَرِّقُوهُ وَانصُرُوا آلِهَتَكُمْ إِن كُنتُمْ فَاعِلِينَ ٦٨
📖 अनुवाद
आयत 68
(तिनीहरूले) भन्न थाले कि यदि तिमीहरूले देवताहरूको प्रतिशोधको लागि केही गर्नुछ भने यस (इब्राहीम) लाई जलाइहाल र आफ्ना देवताहरूको सहायता गर ।
قُلْنَا يَا نَارُ كُونِي بَرْدًا وَسَلَامًا عَلَىٰ إِبْرَاهِيمَ ٦٩
📖 अनुवाद
आयत 69
हामीले आदेश गर्यौं कि हे आगो ! तिमी (इब्राहीमको निम्ति) चिसो भइजा र आराम र सुरक्षाको साधन बनिहाल ।
وَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَخْسَرِينَ ٧٠
📖 अनुवाद
आयत 70
तिनीहरूले उनको कुभलो गर्न चाहे, तर हामीले तिनीहरूलाई असफल गरिदियौं ।
وَنَجَّيْنَاهُ وَلُوطًا إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا لِلْعَالَمِينَ ٧١
📖 अनुवाद
आयत 71
र हामीले ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘लूत (अलैस्सिलाम) लाई’’ बचाएर धरतीको त्यो भागतिर लग्यौं जसमा हामीले संसारका मानिसहरूको निम्ति वरदान राखेका थियौं ।
وَوَهَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ نَافِلَةً ۖ وَكُلًّا جَعَلْنَا صَالِحِينَ ٧٢
📖 अनुवाद
आयत 72
र हामीले ‘‘इब्राहीमलाई इस्हाक’’ र ‘‘यअ्कुब’’ प्रदान गर्यौं र यसको अतिरिक्त उपहारस्वरूप हरेकलाई असल मानिस बनायौं ।
وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَاتِ وَإِقَامَ الصَّلَاةِ وَإِيتَاءَ الزَّكَاةِ ۖ وَكَانُوا لَنَا عَابِدِينَ ٧٣
📖 अनुवाद
आयत 73
र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।
وَلُوطًا آتَيْنَاهُ حُكْمًا وَعِلْمًا وَنَجَّيْنَاهُ مِنَ الْقَرْيَةِ الَّتِي كَانَت تَّعْمَلُ الْخَبَائِثَ ۗ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَاسِقِينَ ٧٤
📖 अनुवाद
आयत 74
हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।
وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا ۖ إِنَّهُ مِنَ الصَّالِحِينَ ٧٥
📖 अनुवाद
आयत 75
र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।
وَنُوحًا إِذْ نَادَىٰ مِن قَبْلُ فَاسْتَجَبْنَا لَهُ فَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ ٧٦
📖 अनुवाद
आयत 76
र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।
وَنَصَرْنَاهُ مِنَ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ ٧٧
📖 अनुवाद
आयत 77
र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।
وَدَاوُودَ وَسُلَيْمَانَ إِذْ يَحْكُمَانِ فِي الْحَرْثِ إِذْ نَفَشَتْ فِيهِ غَنَمُ الْقَوْمِ وَكُنَّا لِحُكْمِهِمْ شَاهِدِينَ ٧٨
📖 अनुवाद
आयत 78
र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं ।
فَفَهَّمْنَاهَا سُلَيْمَانَ ۚ وَكُلًّا آتَيْنَا حُكْمًا وَعِلْمًا ۚ وَسَخَّرْنَا مَعَ دَاوُودَ الْجِبَالَ يُسَبِّحْنَ وَالطَّيْرَ ۚ وَكُنَّا فَاعِلِينَ ٧٩
📖 अनुवाद
आयत 79
अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं ।
وَعَلَّمْنَاهُ صَنْعَةَ لَبُوسٍ لَّكُمْ لِتُحْصِنَكُم مِّن بَأْسِكُمْ ۖ فَهَلْ أَنتُمْ شَاكِرُونَ ٨٠
📖 अनुवाद
आयत 80
र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी अनुग्रहित बन्ने छौ
وَلِسُلَيْمَانَ الرِّيحَ عَاصِفَةً تَجْرِي بِأَمْرِهِ إِلَى الْأَرْضِ الَّتِي بَارَكْنَا فِيهَا ۚ وَكُنَّا بِكُلِّ شَيْءٍ عَالِمِينَ ٨١
📖 अनुवाद
आयत 81
सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं ।
وَمِنَ الشَّيَاطِينِ مَن يَغُوصُونَ لَهُ وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَٰلِكَ ۖ وَكُنَّا لَهُمْ حَافِظِينَ ٨٢
📖 अनुवाद
आयत 82
यस्तै अनेक शैतानका समूहहरूलाई पनि उनको अधीनमा गरेका थियौं, जो उनको आदेशबाट डुबुल्की र यसका अतिरिक्त अरु काम पनि गर्दथे, र तिनीहरूलाई सम्हाल्नेवाला हामी नै थियौं ।
۞ وَأَيُّوبَ إِذْ نَادَىٰ رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنتَ أَرْحَمُ الرَّاحِمِينَ ٨٣
📖 अनुवाद
आयत 83
अय्यूब (अलैहिस्सलाम) को अवस्थालाई पनि सम्झ, जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि मलाई यो रोग लागेको छ र तिमी सबैभन्दा ठूला दयावान हौ ।
فَاسْتَجَبْنَا لَهُ فَكَشَفْنَا مَا بِهِ مِن ضُرٍّ ۖ وَآتَيْنَاهُ أَهْلَهُ وَمِثْلَهُم مَّعَهُمْ رَحْمَةً مِّنْ عِندِنَا وَذِكْرَىٰ لِلْعَابِدِينَ ٨٤
📖 अनुवाद
आयत 84
अतः हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई जुन कष्ट थियो त्यो हामीले समाप्त गरिहाल्यौं र उनलाई परिवार र सन्तान प्रदान गर्यौं, र तिनीहरू जस्तै अरु पनि आफ्नो विशेष कृपाले प्रदान गर्यौं, ताकि सच्चा सेवकहरूको लागि उपदेश होस् ।
وَإِسْمَاعِيلَ وَإِدْرِيسَ وَذَا الْكِفْلِ ۖ كُلٌّ مِّنَ الصَّابِرِينَ ٨٥
📖 अनुवाद
आयत 85
र ‘‘इसमाईल’’ र ‘‘इदरीस’’ र ‘‘जुलकिफ्ल’’ (माथि पनि कृपादृष्टि गर्यौं) यी सबै धैर्यवान थिए ।
وَأَدْخَلْنَاهُمْ فِي رَحْمَتِنَا ۖ إِنَّهُم مِّنَ الصَّالِحِينَ ٨٦
📖 अनुवाद
आयत 86
उनीहरूलाई हामीले आफ्नो दयालुतामा प्रवेश गरायौं यी सबै असल मानिसहरू थिए ।
وَذَا النُّونِ إِذ ذَّهَبَ مُغَاضِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ فَنَادَىٰ فِي الظُّلُمَاتِ أَن لَّا إِلَٰهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ ٨٧
📖 अनुवाद
आयत 87
र ‘‘जन्नून’’ (यूनूस) लाई सम्झ ! जब उनी क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ निःसन्देह म नै अपराधी थिएँ ।
فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ ۚ وَكَذَٰلِكَ نُنجِي الْمُؤْمِنِينَ ٨٨
📖 अनुवाद
आयत 88
अनि हामीले उनको प्रार्थना स्वीकार गरिहालें र चिन्ताबाट उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं ।
وَزَكَرِيَّا إِذْ نَادَىٰ رَبَّهُ رَبِّ لَا تَذَرْنِي فَرْدًا وَأَنتَ خَيْرُ الْوَارِثِينَ ٨٩
📖 अनुवाद
आयत 89
र ‘‘जÞकरीया’’ (अलैहिस्सलाम) लाई सम्झ जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! मलाई एक्लो नछाड, तिमी सबैभन्दा असल वारिस छौ ।
فَاسْتَجَبْنَا لَهُ وَوَهَبْنَا لَهُ يَحْيَىٰ وَأَصْلَحْنَا لَهُ زَوْجَهُ ۚ إِنَّهُمْ كَانُوا يُسَارِعُونَ فِي الْخَيْرَاتِ وَيَدْعُونَنَا رَغَبًا وَرَهَبًا ۖ وَكَانُوا لَنَا خَاشِعِينَ ٩٠
📖 अनुवाद
आयत 90
हामीले उनको पुकार प्रार्थना स्वीकार गरेर उनलाई ‘‘यह्या’’ प्रदान गर्यौं र उनकी श्रीमतीलाई सन्तानको योग्य बनाइहाल्यौं । यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे र हाम्रो अगाडि याचना गर्दथे ।
وَالَّتِي أَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِيهَا مِن رُّوحِنَا وَجَعَلْنَاهَا وَابْنَهَا آيَةً لِّلْعَالَمِينَ ٩١
📖 अनुवाद
आयत 91
र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं ।
إِنَّ هَٰذِهِ أُمَّتُكُمْ أُمَّةً وَاحِدَةً وَأَنَا رَبُّكُمْ فَاعْبُدُونِ ٩٢
📖 अनुवाद
आयत 92
यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर ।
وَتَقَطَّعُوا أَمْرَهُم بَيْنَهُمْ ۖ كُلٌّ إِلَيْنَا رَاجِعُونَ ٩٣
📖 अनुवाद
आयत 93
तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् ।
فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ ٩٤
📖 अनुवाद
आयत 94
फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं ।
وَحَرَامٌ عَلَىٰ قَرْيَةٍ أَهْلَكْنَاهَا أَنَّهُمْ لَا يَرْجِعُونَ ٩٥
📖 अनुवाद
आयत 95
र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् ।
حَتَّىٰ إِذَا فُتِحَتْ يَأْجُوجُ وَمَأْجُوجُ وَهُم مِّن كُلِّ حَدَبٍ يَنسِلُونَ ٩٦
📖 अनुवाद
आयत 96
यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् ।
وَاقْتَرَبَ الْوَعْدُ الْحَقُّ فَإِذَا هِيَ شَاخِصَةٌ أَبْصَارُ الَّذِينَ كَفَرُوا يَا وَيْلَنَا قَدْ كُنَّا فِي غَفْلَةٍ مِّنْ هَٰذَا بَلْ كُنَّا ظَالِمِينَ ٩٧
📖 अनुवाद
आयत 97
र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’
إِنَّكُمْ وَمَا تَعْبُدُونَ مِن دُونِ اللَّهِ حَصَبُ جَهَنَّمَ أَنتُمْ لَهَا وَارِدُونَ ٩٨
📖 अनुवाद
आयत 98
(काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ ।
لَوْ كَانَ هَٰؤُلَاءِ آلِهَةً مَّا وَرَدُوهَا ۖ وَكُلٌّ فِيهَا خَالِدُونَ ٩٩
📖 अनुवाद
आयत 99
यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् ।
لَهُمْ فِيهَا زَفِيرٌ وَهُمْ فِيهَا لَا يَسْمَعُونَ ١٠٠
📖 अनुवाद
आयत 100
त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् ।
إِنَّ الَّذِينَ سَبَقَتْ لَهُم مِّنَّا الْحُسْنَىٰ أُولَٰئِكَ عَنْهَا مُبْعَدُونَ ١٠١
📖 अनुवाद
आयत 101
तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट टाढा राखिनेछन् ।
لَا يَسْمَعُونَ حَسِيسَهَا ۖ وَهُمْ فِي مَا اشْتَهَتْ أَنفُسُهُمْ خَالِدُونَ ١٠٢
📖 अनुवाद
आयत 102
उनीहरूले त नर्कको आहट पनि सुन्नेछैनन् र जुन कुराको तिनीहरूलाई इच्छा हुन्छ त्यसैमा रमाइरहनेछन् ।
لَا يَحْزُنُهُمُ الْفَزَعُ الْأَكْبَرُ وَتَتَلَقَّاهُمُ الْمَلَائِكَةُ هَٰذَا يَوْمُكُمُ الَّذِي كُنتُمْ تُوعَدُونَ ١٠٣
📖 अनुवाद
आयत 103
उनीहरूलाई (यस दिनको) ठूलो त्रासले पनि चिन्तित गर्नेछैन र फरिश्ताहरूले तिनीहरूको स्वागत गर्नेछन् (र भन्नेछन) कि यही त्यो दिन हो जसको तिमीसित वाचा गर्ने गरिन्थ्यो ।
يَوْمَ نَطْوِي السَّمَاءَ كَطَيِّ السِّجِلِّ لِلْكُتُبِ ۚ كَمَا بَدَأْنَا أَوَّلَ خَلْقٍ نُّعِيدُهُ ۚ وَعْدًا عَلَيْنَا ۚ إِنَّا كُنَّا فَاعِلِينَ ١٠٤
📖 अनुवाद
आयत 104
जुन दिन हामीले आकाशलाई यसरी बेर्नेछौं, जसरी पञ्जीकामा दस्तावेजका पानाहरू बेरिन्छन् । जसरी हामीले सृष्टिको प्रारम्भ गरेका थियौं त्यस्तै हामीले त्यसको पुनरावृत्ति गर्नेछौं । यो हाम्रो जिम्मामा भएको एउटा वाचा हो, निश्चय नै हामीलाई यो (पूरा) गर्नु नै छ ।
وَلَقَدْ كَتَبْنَا فِي الزَّبُورِ مِن بَعْدِ الذِّكْرِ أَنَّ الْأَرْضَ يَرِثُهَا عِبَادِيَ الصَّالِحُونَ ١٠٥
📖 अनुवाद
आयत 105
हामीले ‘‘जबूरमा’’ (दाऊदमाथि उत्रेको किताब) उपदेश पछि यो लेखिसकेका छौं कि धरतीको उत्तराधिकारी मेरा असल भक्तहरू हुनेछन् ।’’
إِنَّ فِي هَٰذَا لَبَلَاغًا لِّقَوْمٍ عَابِدِينَ ١٠٦
📖 अनुवाद
आयत 106
उपासना गर्ने सेवकहरूको लागि यसमा एउटा ठूलो सन्देश छ ।
وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ ١٠٧
📖 अनुवाद
आयत 107
र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) हामीले तपाईलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं ।
قُلْ إِنَّمَا يُوحَىٰ إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ ۖ فَهَلْ أَنتُم مُّسْلِمُونَ ١٠٨
📖 अनुवाद
आयत 108
भनिदिनुस् ‘‘मेरो पासमा ‘‘वह्य’’ (अल्लाहको संदेश) आउँछ कि तिम्रो पूज्य एउटै छ त के तिमी उसको आज्ञापालन गर्नेवाला छौ
فَإِن تَوَلَّوْا فَقُلْ آذَنتُكُمْ عَلَىٰ سَوَاءٍ ۖ وَإِنْ أَدْرِي أَقَرِيبٌ أَم بَعِيدٌ مَّا تُوعَدُونَ ١٠٩
📖 अनुवाद
आयत 109
फेरि यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुस् कि ‘‘मैले तिमी सबैलाई सामान्य रूपले सावधान गरिसकेको छु । मलाई यो कुरा थाहा छैन कि जुन कुराको तिमीसित वाचा गरिदैछ त्यो निकट छ वा टाढा’’।
إِنَّهُ يَعْلَمُ الْجَهْرَ مِنَ الْقَوْلِ وَيَعْلَمُ مَا تَكْتُمُونَ ١١٠
📖 अनुवाद
आयत 110
तर अल्लाह प्रत्यक्ष र परोक्ष सबै कुरा जान्दछ र जुन तिमी लुकाएर गर्दछौ, त्यसलाई पनि जान्दछ ।
وَإِنْ أَدْرِي لَعَلَّهُ فِتْنَةٌ لَّكُمْ وَمَتَاعٌ إِلَىٰ حِينٍ ١١١
📖 अनुवाद
आयत 111
मलाई यो पनि थाहा छैन कि कदाचित यो तिम्रो निम्ति एउटा परीक्षा हो र एउटा निश्चित समयसम्मको लागि फाइदा (पुर्याउनु) हो
قَالَ رَبِّ احْكُم بِالْحَقِّ ۗ وَرَبُّنَا الرَّحْمَٰنُ الْمُسْتَعَانُ عَلَىٰ مَا تَصِفُونَ ١١٢
📖 अनुवाद
आयत 112
संदेष्टा (पैगम्बर) स्वयम्ले भने कि हे मेरो पालनकर्ता ! इन्साफको साथ निर्णय गरिदेऊ र हाम्रो पालनहार बडो दयावान छ, जसबाट मद्दतको लागि याचना गरिन्छ ती कुराहरूमा जुन तिमीले वर्णन गर्दछौ ।
पढ्नुहोस् सूरा अल-अम्बिया नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

