अल-अम्बिया · 75/112
अनुवाद उच्चारण — अल-अम्बिया
وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا ۖ إِنَّهُ مِنَ الصَّالِحِينَ ۝٧٥
Wa adkhalnaahu fee rahmatinaa innahoo minas saalihee
📖 नेपाली अर्थ
र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।
🎧 सुन्नुहोस्

📜 आयत 73-77 — अल-अम्बिया

73وَجَعَلْنَاهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا وَأَوْحَيْنَا إِلَيْهِمْ فِعْلَ الْخَيْرَاتِ وَإِقَامَ الصَّلَاةِ وَإِيتَاءَ الزَّكَاةِ ۖ وَكَانُوا لَنَا عَابِدِينَ
र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।
74وَلُوطًا آتَيْنَاهُ حُكْمًا وَعِلْمًا وَنَجَّيْنَاهُ مِنَ الْقَرْيَةِ الَّتِي كَانَت تَّعْمَلُ الْخَبَائِثَ ۗ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَاسِقِينَ
हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।
75وَأَدْخَلْنَاهُ فِي رَحْمَتِنَا ۖ إِنَّهُ مِنَ الصَّالِحِينَ
र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।
76وَنُوحًا إِذْ نَادَىٰ مِن قَبْلُ فَاسْتَجَبْنَا لَهُ فَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ
र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।
77وَنَصَرْنَاهُ مِنَ الْقَوْمِ الَّذِينَ كَذَّبُوا بِآيَاتِنَا ۚ إِنَّهُمْ كَانُوا قَوْمَ سَوْءٍ فَأَغْرَقْنَاهُمْ أَجْمَعِينَ
र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।
अल-अम्बियाकुरान अनुक्रमणिका
112आयत
MeccanRevelation
75आयत

अनुवाद — अल-अम्बिया 75

सूरा अल-अम्बिया आयत 75 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल…

सूरा आयत 75/112 — अल-अम्बिया الأنبياء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अम्बिया सुन्नुहोस्, अल-अम्बिया अनुवाद, अल-अम्बिया mp3, अल-अम्बिया pdf. आयत 73–77. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers