सूरा अस-साफ्फात अरबी र नेपाली
सूरा अस-साफ्फात पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (182 आयत — مكية). अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf.सूरा अस-साफ्फात पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
رَّبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ الْمَشَارِقِ ٥
📖 अनुवाद
आयत 5
आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
إِنَّا زَيَّنَّا السَّمَاءَ الدُّنْيَا بِزِينَةٍ الْكَوَاكِبِ ٦
📖 अनुवाद
आयत 6
हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
وَحِفْظًا مِّن كُلِّ شَيْطَانٍ مَّارِدٍ ٧
📖 अनुवाद
आयत 7
अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
لَّا يَسَّمَّعُونَ إِلَى الْمَلَإِ الْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ ٨
📖 अनुवाद
आयत 8
माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ ٩
📖 अनुवाद
आयत 9
र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
إِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَأَتْبَعَهُ شِهَابٌ ثَاقِبٌ ١٠
📖 अनुवाद
आयत 10
हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।
فَاسْتَفْتِهِمْ أَهُمْ أَشَدُّ خَلْقًا أَم مَّنْ خَلَقْنَا ۚ إِنَّا خَلَقْنَاهُم مِّن طِينٍ لَّازِبٍ ١١
📖 अनुवाद
आयत 11
यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।
بَلْ عَجِبْتَ وَيَسْخَرُونَ ١٢
📖 अनुवाद
आयत 12
बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
وَإِذَا ذُكِّرُوا لَا يَذْكُرُونَ ١٣
📖 अनुवाद
आयत 13
र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
وَإِذَا رَأَوْا آيَةً يَسْتَسْخِرُونَ ١٤
📖 अनुवाद
आयत 14
र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
وَقَالُوا إِنْ هَٰذَا إِلَّا سِحْرٌ مُّبِينٌ ١٥
📖 अनुवाद
आयत 15
र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَبْعُوثُونَ ١٦
📖 अनुवाद
आयत 16
के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं
قُلْ نَعَمْ وَأَنتُمْ دَاخِرُونَ ١٨
📖 अनुवाद
आयत 18
तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ ١٩
📖 अनुवाद
आयत 19
त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
وَقَالُوا يَا وَيْلَنَا هَٰذَا يَوْمُ الدِّينِ ٢٠
📖 अनुवाद
आयत 20
र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ ٢١
📖 अनुवाद
आयत 21
यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ ٢٢
📖 अनुवाद
आयत 22
अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ ٢٣
📖 अनुवाद
आयत 23
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ ٢٤
📖 अनुवाद
आयत 24
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
مَا لَكُمْ لَا تَنَاصَرُونَ ٢٥
📖 अनुवाद
आयत 25
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ ٢٧
📖 अनुवाद
आयत 27
तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
قَالُوا إِنَّكُمْ كُنتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ ٢٨
📖 अनुवाद
आयत 28
भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’
قَالُوا بَل لَّمْ تَكُونُوا مُؤْمِنِينَ ٢٩
📖 अनुवाद
आयत 29
उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।
وَمَا كَانَ لَنَا عَلَيْكُم مِّن سُلْطَانٍ ۖ بَلْ كُنتُمْ قَوْمًا طَاغِينَ ٣٠
📖 अनुवाद
आयत 30
र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।
فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَا ۖ إِنَّا لَذَائِقُونَ ٣١
📖 अनुवाद
आयत 31
अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।
فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ ٣٢
📖 अनुवाद
आयत 32
अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’
فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ ٣٣
📖 अनुवाद
आयत 33
अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।
إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ ٣٤
📖 अनुवाद
आयत 34
हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।
إِنَّهُمْ كَانُوا إِذَا قِيلَ لَهُمْ لَا إِلَٰهَ إِلَّا اللَّهُ يَسْتَكْبِرُونَ ٣٥
📖 अनुवाद
आयत 35
उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।
وَيَقُولُونَ أَئِنَّا لَتَارِكُو آلِهَتِنَا لِشَاعِرٍ مَّجْنُونٍ ٣٦
📖 अनुवाद
आयत 36
र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’
بَلْ جَاءَ بِالْحَقِّ وَصَدَّقَ الْمُرْسَلِينَ ٣٧
📖 अनुवाद
आयत 37
‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।
إِنَّكُمْ لَذَائِقُو الْعَذَابِ الْأَلِيمِ ٣٨
📖 अनुवाद
आयत 38
निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ ٣٩
📖 अनुवाद
आयत 39
तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ٤٠
📖 अनुवाद
आयत 40
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَّعْلُومٌ ٤١
📖 अनुवाद
आयत 41
उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
فَوَاكِهُ ۖ وَهُم مُّكْرَمُونَ ٤٢
📖 अनुवाद
आयत 42
हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।
يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍ ٤٥
📖 अनुवाद
आयत 45
उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ
بَيْضَاءَ لَذَّةٍ لِّلشَّارِبِينَ ٤٦
📖 अनुवाद
आयत 46
जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ ٤٧
📖 अनुवाद
आयत 47
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
وَعِندَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ ٤٨
📖 अनुवाद
आयत 48
र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ ٥٠
📖 अनुवाद
आयत 50
अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।
قَالَ قَائِلٌ مِّنْهُمْ إِنِّي كَانَ لِي قَرِينٌ ٥١
📖 अनुवाद
आयत 51
उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।
يَقُولُ أَإِنَّكَ لَمِنَ الْمُصَدِّقِينَ ٥٢
📖 अनुवाद
आयत 52
जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ
أَإِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَامًا أَإِنَّا لَمَدِينُونَ ٥٣
📖 अनुवाद
आयत 53
के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’
قَالَ هَلْ أَنتُم مُّطَّلِعُونَ ٥٤
📖 अनुवाद
आयत 54
(अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’
فَاطَّلَعَ فَرَآهُ فِي سَوَاءِ الْجَحِيمِ ٥٥
📖 अनुवाद
आयत 55
(यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।
قَالَ تَاللَّهِ إِن كِدتَّ لَتُرْدِينِ ٥٦
📖 अनुवाद
आयत 56
भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ ٥٧
📖 अनुवाद
आयत 57
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ ٥٩
📖 अनुवाद
आयत 59
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ ٦٠
📖 अनुवाद
आयत 60
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ ٦١
📖 अनुवाद
आयत 61
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ ٦٢
📖 अनुवाद
आयत 62
के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष
إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ ٦٣
📖 अनुवाद
आयत 63
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ ٦٤
📖 अनुवाद
आयत 64
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ ٦٥
📖 अनुवाद
आयत 65
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ ٦٦
📖 अनुवाद
आयत 66
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ ٦٧
📖 अनुवाद
आयत 67
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى الْجَحِيمِ ٦٨
📖 अनुवाद
आयत 68
अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
إِنَّهُمْ أَلْفَوْا آبَاءَهُمْ ضَالِّينَ ٦٩
📖 अनुवाद
आयत 69
निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
فَهُمْ عَلَىٰ آثَارِهِمْ يُهْرَعُونَ ٧٠
📖 अनुवाद
आयत 70
रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।
وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ الْأَوَّلِينَ ٧١
📖 अनुवाद
आयत 71
उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।
وَلَقَدْ أَرْسَلْنَا فِيهِم مُّنذِرِينَ ٧٢
📖 अनुवाद
आयत 72
जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।
فَانظُرْ كَيْفَ كَانَ عَاقِبَةُ الْمُنذَرِينَ ٧٣
📖 अनुवाद
आयत 73
तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ٧٤
📖 अनुवाद
आयत 74
हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।
وَلَقَدْ نَادَانَا نُوحٌ فَلَنِعْمَ الْمُجِيبُونَ ٧٥
📖 अनुवाद
आयत 75
र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।
وَنَجَّيْنَاهُ وَأَهْلَهُ مِنَ الْكَرْبِ الْعَظِيمِ ٧٦
📖 अनुवाद
आयत 76
हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।
وَجَعَلْنَا ذُرِّيَّتَهُ هُمُ الْبَاقِينَ ٧٧
📖 अनुवाद
आयत 77
र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ ٧٨
📖 अनुवाद
आयत 78
र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
سَلَامٌ عَلَىٰ نُوحٍ فِي الْعَالَمِينَ ٧٩
📖 अनुवाद
आयत 79
सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ٨٠
📖 अनुवाद
आयत 80
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
۞ وَإِنَّ مِن شِيعَتِهِ لَإِبْرَاهِيمَ ٨٣
📖 अनुवाद
आयत 83
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
إِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ ٨٤
📖 अनुवाद
आयत 84
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ ٨٥
📖 अनुवाद
आयत 85
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
أَئِفْكًا آلِهَةً دُونَ اللَّهِ تُرِيدُونَ ٨٦
📖 अनुवाद
आयत 86
के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ
فَمَا ظَنُّكُم بِرَبِّ الْعَالَمِينَ ٨٧
📖 अनुवाद
आयत 87
यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ
فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ ٩٠
📖 अनुवाद
आयत 90
यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ ٩١
📖 अनुवाद
आयत 91
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ
فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ ٩٣
📖 अनुवाद
आयत 93
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ ٩٥
📖 अनुवाद
आयत 95
उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
وَاللَّهُ خَلَقَكُمْ وَمَا تَعْمَلُونَ ٩٦
📖 अनुवाद
आयत 96
जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
قَالُوا ابْنُوا لَهُ بُنْيَانًا فَأَلْقُوهُ فِي الْجَحِيمِ ٩٧
📖 अनुवाद
आयत 97
उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
فَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَسْفَلِينَ ٩٨
📖 अनुवाद
आयत 98
उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।
وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهْدِينِ ٩٩
📖 अनुवाद
आयत 99
र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
رَبِّ هَبْ لِي مِنَ الصَّالِحِينَ ١٠٠
📖 अनुवाद
आयत 100
हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
فَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ ١٠١
📖 अनुवाद
आयत 101
तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَ قَالَ يَا بُنَيَّ إِنِّي أَرَىٰ فِي الْمَنَامِ أَنِّي أَذْبَحُكَ فَانظُرْ مَاذَا تَرَىٰ ۚ قَالَ يَا أَبَتِ افْعَلْ مَا تُؤْمَرُ ۖ سَتَجِدُنِي إِن شَاءَ اللَّهُ مِنَ الصَّابِرِينَ ١٠٢
📖 अनुवाद
आयत 102
अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।
فَلَمَّا أَسْلَمَا وَتَلَّهُ لِلْجَبِينِ ١٠٣
📖 अनुवाद
आयत 103
अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।
وَنَادَيْنَاهُ أَن يَا إِبْرَاهِيمُ ١٠٤
📖 अनुवाद
आयत 104
तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम
قَدْ صَدَّقْتَ الرُّؤْيَا ۚ إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ١٠٥
📖 अनुवाद
आयत 105
निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’
إِنَّ هَٰذَا لَهُوَ الْبَلَاءُ الْمُبِينُ ١٠٦
📖 अनुवाद
आयत 106
वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
وَفَدَيْنَاهُ بِذِبْحٍ عَظِيمٍ ١٠٧
📖 अनुवाद
आयत 107
र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ ١٠٨
📖 अनुवाद
आयत 108
र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं
كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ١١٠
📖 अनुवाद
आयत 110
असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ١١١
📖 अनुवाद
आयत 111
निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
وَبَشَّرْنَاهُ بِإِسْحَاقَ نَبِيًّا مِّنَ الصَّالِحِينَ ١١٢
📖 अनुवाद
आयत 112
र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
وَبَارَكْنَا عَلَيْهِ وَعَلَىٰ إِسْحَاقَ ۚ وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِّنَفْسِهِ مُبِينٌ ١١٣
📖 अनुवाद
आयत 113
र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَارُونَ ١١٤
📖 अनुवाद
आयत 114
निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ ١١٥
📖 अनुवाद
आयत 115
र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
وَنَصَرْنَاهُمْ فَكَانُوا هُمُ الْغَالِبِينَ ١١٦
📖 अनुवाद
आयत 116
र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
وَآتَيْنَاهُمَا الْكِتَابَ الْمُسْتَبِينَ ١١٧
📖 अनुवाद
आयत 117
र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ ١١٨
📖 अनुवाद
आयत 118
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ ١١٩
📖 अनुवाद
आयत 119
र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ ١٢٠
📖 अनुवाद
आयत 120
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ١٢١
📖 अनुवाद
आयत 121
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ١٢٢
📖 अनुवाद
आयत 122
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ ١٢٣
📖 अनुवाद
आयत 123
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ ١٢٤
📖 अनुवाद
आयत 124
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ ١٢٥
📖 अनुवाद
आयत 125
के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ
اللَّهَ رَبَّكُمْ وَرَبَّ آبَائِكُمُ الْأَوَّلِينَ ١٢٦
📖 अनुवाद
आयत 126
अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ ١٢٧
📖 अनुवाद
आयत 127
तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ١٢٨
📖 अनुवाद
आयत 128
हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ ١٢٩
📖 अनुवाद
आयत 129
हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ١٣١
📖 अनुवाद
आयत 131
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ١٣٢
📖 अनुवाद
आयत 132
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ ١٣٣
📖 अनुवाद
आयत 133
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ ١٣٤
📖 अनुवाद
आयत 134
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ ١٣٥
📖 अनुवाद
आयत 135
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ ١٣٧
📖 अनुवाद
आयत 137
र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
وَبِاللَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ ١٣٨
📖 अनुवाद
आयत 138
र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ
وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ ١٣٩
📖 अनुवाद
आयत 139
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ ١٤١
📖 अनुवाद
आयत 141
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ ١٤٢
📖 अनुवाद
आयत 142
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ ١٤٣
📖 अनुवाद
आयत 143
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
لَلَبِثَ فِي بَطْنِهِ إِلَىٰ يَوْمِ يُبْعَثُونَ ١٤٤
📖 अनुवाद
आयत 144
त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
۞ فَنَبَذْنَاهُ بِالْعَرَاءِ وَهُوَ سَقِيمٌ ١٤٥
📖 अनुवाद
आयत 145
अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।
وَأَنبَتْنَا عَلَيْهِ شَجَرَةً مِّن يَقْطِينٍ ١٤٦
📖 अनुवाद
आयत 146
र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।
وَأَرْسَلْنَاهُ إِلَىٰ مِائَةِ أَلْفٍ أَوْ يَزِيدُونَ ١٤٧
📖 अनुवाद
आयत 147
र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।
فَآمَنُوا فَمَتَّعْنَاهُمْ إِلَىٰ حِينٍ ١٤٨
📖 अनुवाद
आयत 148
अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।
فَاسْتَفْتِهِمْ أَلِرَبِّكَ الْبَنَاتُ وَلَهُمُ الْبَنُونَ ١٤٩
📖 अनुवाद
आयत 149
उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन्
أَمْ خَلَقْنَا الْمَلَائِكَةَ إِنَاثًا وَهُمْ شَاهِدُونَ ١٥٠
📖 अनुवाद
आयत 150
वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’
أَلَا إِنَّهُم مِّنْ إِفْكِهِمْ لَيَقُولُونَ ١٥١
📖 अनुवाद
आयत 151
सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।
وَلَدَ اللَّهُ وَإِنَّهُمْ لَكَاذِبُونَ ١٥٢
📖 अनुवाद
आयत 152
कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
أَصْطَفَى الْبَنَاتِ عَلَى الْبَنِينَ ١٥٣
📖 अनुवाद
आयत 153
के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ
فَأْتُوا بِكِتَابِكُمْ إِن كُنتُمْ صَادِقِينَ ١٥٧
📖 अनुवाद
आयत 157
यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
وَجَعَلُوا بَيْنَهُ وَبَيْنَ الْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ الْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ ١٥٨
📖 अनुवाद
आयत 158
र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
سُبْحَانَ اللَّهِ عَمَّا يَصِفُونَ ١٥٩
📖 अनुवाद
आयत 159
उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ١٦٠
📖 अनुवाद
आयत 160
तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।
مَا أَنتُمْ عَلَيْهِ بِفَاتِنِينَ ١٦٢
📖 अनुवाद
आयत 162
(अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।
إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ ١٦٣
📖 अनुवाद
आयत 163
तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَّعْلُومٌ ١٦٤
📖 अनुवाद
आयत 164
र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
وَإِنَّا لَنَحْنُ الصَّافُّونَ ١٦٥
📖 अनुवाद
आयत 165
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ ١٦٦
📖 अनुवाद
आयत 166
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ الْأَوَّلِينَ ١٦٨
📖 अनुवाद
आयत 168
कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ١٦٩
📖 अनुवाद
आयत 169
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ ١٧٠
📖 अनुवाद
आयत 170
तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ ١٧١
📖 अनुवाद
आयत 171
र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
وَإِنَّ جُندَنَا لَهُمُ الْغَالِبُونَ ١٧٣
📖 अनुवाद
आयत 173
र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्
وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ ١٧٥
📖 अनुवाद
आयत 175
र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ ١٧٦
📖 अनुवाद
आयत 176
के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَاءَ صَبَاحُ الْمُنذَرِينَ ١٧٧
📖 अनुवाद
आयत 177
तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ ١٧٨
📖 अनुवाद
आयत 178
एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ ١٧٩
📖 अनुवाद
आयत 179
र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ ١٨٠
📖 अनुवाद
आयत 180
पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ ١٨٢
📖 अनुवाद
आयत 182
र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
पढ्नुहोस् सूरा अस-साफ्फात नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

