सूरा अल-बय्यिना अरबी र नेपाली

सूरा अल-बय्यिना पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (8 आयत — مدنية). अल-बय्यिना सुन्नुहोस्, अल-बय्यिना अनुवाद, अल-बय्यिना mp3, अल-बय्यिना pdf.

सूरा अल-बय्यिना पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
لَمْ يَكُنِ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ وَالْمُشْرِكِينَ مُنفَكِّينَ حَتَّىٰ تَأْتِيَهُمُ الْبَيِّنَةُ ۝١
📖 अनुवाद आयत 1
अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।
رَسُولٌ مِّنَ اللَّهِ يَتْلُو صُحُفًا مُّطَهَّرَةً ۝٢
📖 अनुवाद आयत 2
अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।
فِيهَا كُتُبٌ قَيِّمَةٌ ۝٣
📖 अनुवाद आयत 3
जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
وَمَا تَفَرَّقَ الَّذِينَ أُوتُوا الْكِتَابَ إِلَّا مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَةُ ۝٤
📖 अनुवाद आयत 4
र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।
وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ حُنَفَاءَ وَيُقِيمُوا الصَّلَاةَ وَيُؤْتُوا الزَّكَاةَ ۚ وَذَٰلِكَ دِينُ الْقَيِّمَةِ ۝٥
📖 अनुवाद आयत 5
उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।
إِنَّ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ وَالْمُشْرِكِينَ فِي نَارِ جَهَنَّمَ خَالِدِينَ فِيهَا ۚ أُولَٰئِكَ هُمْ شَرُّ الْبَرِيَّةِ ۝٦
📖 अनुवाद आयत 6
किताबवालाहरूमध्येबाट जो काफिर छन् र मुश्रिकहरू सबै नर्कको आगोमा (पर्नेछन् र) तिनीहरू सधैं त्यसमा रहनेछन् । यी मानिसहरू सबै प्राणीभन्दा नराम्रा हुन् ।
إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ أُولَٰئِكَ هُمْ خَيْرُ الْبَرِيَّةِ ۝٧
📖 अनुवाद आयत 7
र जसले ईमान ल्याए र असल कर्म गरिरहे, तिनीहरू सम्पूर्ण प्राणीहरूमा राम्रा हुन् ।
جَزَاؤُهُمْ عِندَ رَبِّهِمْ جَنَّاتُ عَدْنٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۖ رَّضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ ۚ ذَٰلِكَ لِمَنْ خَشِيَ رَبَّهُ ۝٨
📖 अनुवाद आयत 8
उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।
← 97 अल-बय्यिना (98/114) 99 →
पढ्नुहोस् सूरा अल-बय्यिना नेपाली – अनुवाद, उच्चारण र अडियो

98البينة Al-Bayyinah 📚 8 आयत مدنية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers