सूरा अल-बय्यिना pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-बय्यिना pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-बय्यिना अनुवाद. सूरा अल-बय्यिना (Medinan) 8 आयत.
Related
- सूरा अल-बय्यिना अनुवादनेपाली
- सूरा अल-बय्यिना mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-बय्यिना

ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣ
98:1
अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।
ﮤﮥﮦﮧﮨﮩﮪ
98:2
अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।
ﮫﮬﮭﮮ
98:3
जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
ﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛ
98:4
र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।
ﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭ
98:5
उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢ
98:6
किताबवालाहरूमध्येबाट जो काफिर छन् र मुश्रिकहरू सबै नर्कको आगोमा (पर्नेछन् र) तिनीहरू सधैं त्यसमा रहनेछन् । यी मानिसहरू सबै प्राणीभन्दा नराम्रा हुन् ।
ﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
98:7
र जसले ईमान ल्याए र असल कर्म गरिरहे, तिनीहरू सम्पूर्ण प्राणीहरूमा राम्रा हुन् ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄ
98:8
उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







