सूरा नूह अरबी र नेपाली

सूरा नूह पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (28 आयत — مكية). नूह सुन्नुहोस्, नूह अनुवाद, नूह mp3, नूह pdf.

सूरा नूह पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
إِنَّا أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ أَنْ أَنذِرْ قَوْمَكَ مِن قَبْلِ أَن يَأْتِيَهُمْ عَذَابٌ أَلِيمٌ ۝١
📖 अनुवाद आयत 1
हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।
قَالَ يَا قَوْمِ إِنِّي لَكُمْ نَذِيرٌ مُّبِينٌ ۝٢
📖 अनुवाद आयत 2
उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ
أَنِ اعْبُدُوا اللَّهَ وَاتَّقُوهُ وَأَطِيعُونِ ۝٣
📖 अनुवाद आयत 3
कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।
يَغْفِرْ لَكُم مِّن ذُنُوبِكُمْ وَيُؤَخِّرْكُمْ إِلَىٰ أَجَلٍ مُّسَمًّى ۚ إِنَّ أَجَلَ اللَّهِ إِذَا جَاءَ لَا يُؤَخَّرُ ۖ لَوْ كُنتُمْ تَعْلَمُونَ ۝٤
📖 अनुवाद आयत 4
तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।
قَالَ رَبِّ إِنِّي دَعَوْتُ قَوْمِي لَيْلًا وَنَهَارًا ۝٥
📖 अनुवाद आयत 5
नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे
فَلَمْ يَزِدْهُمْ دُعَائِي إِلَّا فِرَارًا ۝٦
📖 अनुवाद आयत 6
तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।
وَإِنِّي كُلَّمَا دَعَوْتُهُمْ لِتَغْفِرَ لَهُمْ جَعَلُوا أَصَابِعَهُمْ فِي آذَانِهِمْ وَاسْتَغْشَوْا ثِيَابَهُمْ وَأَصَرُّوا وَاسْتَكْبَرُوا اسْتِكْبَارًا ۝٧
📖 अनुवाद आयत 7
जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।
ثُمَّ إِنِّي دَعَوْتُهُمْ جِهَارًا ۝٨
📖 अनुवाद आयत 8
अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।
ثُمَّ إِنِّي أَعْلَنتُ لَهُمْ وَأَسْرَرْتُ لَهُمْ إِسْرَارًا ۝٩
📖 अनुवाद आयत 9
अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
فَقُلْتُ اسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ غَفَّارًا ۝١٠
📖 अनुवाद आयत 10
र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।
يُرْسِلِ السَّمَاءَ عَلَيْكُم مِّدْرَارًا ۝١١
📖 अनुवाद आयत 11
उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
وَيُمْدِدْكُم بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَل لَّكُمْ جَنَّاتٍ وَيَجْعَل لَّكُمْ أَنْهَارًا ۝١٢
📖 अनुवाद आयत 12
र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।
مَّا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا ۝١٣
📖 अनुवाद आयत 13
तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ
وَقَدْ خَلَقَكُمْ أَطْوَارًا ۝١٤
📖 अनुवाद आयत 14
जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا ۝١٥
📖 अनुवाद आयत 15
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ
وَجَعَلَ الْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ الشَّمْسَ سِرَاجًا ۝١٦
📖 अनुवाद आयत 16
र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ
وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا ۝١٧
📖 अनुवाद आयत 17
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ
ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا ۝١٨
📖 अनुवाद आयत 18
अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
وَاللَّهُ جَعَلَ لَكُمُ الْأَرْضَ بِسَاطًا ۝١٩
📖 अनुवाद आयत 19
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
لِّتَسْلُكُوا مِنْهَا سُبُلًا فِجَاجًا ۝٢٠
📖 अनुवाद आयत 20
ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
قَالَ نُوحٌ رَّبِّ إِنَّهُمْ عَصَوْنِي وَاتَّبَعُوا مَن لَّمْ يَزِدْهُ مَالُهُ وَوَلَدُهُ إِلَّا خَسَارًا ۝٢١
📖 अनुवाद आयत 21
नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
وَمَكَرُوا مَكْرًا كُبَّارًا ۝٢٢
📖 अनुवाद आयत 22
र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे
وَقَالُوا لَا تَذَرُنَّ آلِهَتَكُمْ وَلَا تَذَرُنَّ وَدًّا وَلَا سُوَاعًا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسْرًا ۝٢٣
📖 अनुवाद आयत 23
र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।
وَقَدْ أَضَلُّوا كَثِيرًا ۖ وَلَا تَزِدِ الظَّالِمِينَ إِلَّا ضَلَالًا ۝٢٤
📖 अनुवाद आयत 24
र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।
مِّمَّا خَطِيئَاتِهِمْ أُغْرِقُوا فَأُدْخِلُوا نَارًا فَلَمْ يَجِدُوا لَهُم مِّن دُونِ اللَّهِ أَنصَارًا ۝٢٥
📖 अनुवाद आयत 25
अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।
وَقَالَ نُوحٌ رَّبِّ لَا تَذَرْ عَلَى الْأَرْضِ مِنَ الْكَافِرِينَ دَيَّارًا ۝٢٦
📖 अनुवाद आयत 26
र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।
إِنَّكَ إِن تَذَرْهُمْ يُضِلُّوا عِبَادَكَ وَلَا يَلِدُوا إِلَّا فَاجِرًا كَفَّارًا ۝٢٧
📖 अनुवाद आयत 27
यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।
رَّبِّ اغْفِرْ لِي وَلِوَالِدَيَّ وَلِمَن دَخَلَ بَيْتِيَ مُؤْمِنًا وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ وَلَا تَزِدِ الظَّالِمِينَ إِلَّا تَبَارًا ۝٢٨
📖 अनुवाद आयत 28
हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।
← 70 नूह (71/114) 72 →
पढ्नुहोस् सूरा नूह नेपाली – अनुवाद, उच्चारण र अडियो

71نوح Nuh 📚 28 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers