सूरा अल-मुज्जम्मिल अरबी र नेपाली

सूरा अल-मुज्जम्मिल पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (20 आयत — مكية). अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf.

सूरा अल-मुज्जम्मिल पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
يَا أَيُّهَا الْمُزَّمِّلُ ۝١
📖 अनुवाद आयत 1
हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका
قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا ۝٢
📖 अनुवाद आयत 2
राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
نِّصْفَهُ أَوِ انقُصْ مِنْهُ قَلِيلًا ۝٣
📖 अनुवाद आयत 3
आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
أَوْ زِدْ عَلَيْهِ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا ۝٤
📖 अनुवाद आयत 4
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
إِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا ۝٥
📖 अनुवाद आयत 5
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
إِنَّ نَاشِئَةَ اللَّيْلِ هِيَ أَشَدُّ وَطْئًا وَأَقْوَمُ قِيلًا ۝٦
📖 अनुवाद आयत 6
निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
إِنَّ لَكَ فِي النَّهَارِ سَبْحًا طَوِيلًا ۝٧
📖 अनुवाद आयत 7
दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا ۝٨
📖 अनुवाद आयत 8
तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।
رَّبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ لَا إِلَٰهَ إِلَّا هُوَ فَاتَّخِذْهُ وَكِيلًا ۝٩
📖 अनुवाद आयत 9
पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
وَاصْبِرْ عَلَىٰ مَا يَقُولُونَ وَاهْجُرْهُمْ هَجْرًا جَمِيلًا ۝١٠
📖 अनुवाद आयत 10
र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
وَذَرْنِي وَالْمُكَذِّبِينَ أُولِي النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِيلًا ۝١١
📖 अनुवाद आयत 11
र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
إِنَّ لَدَيْنَا أَنكَالًا وَجَحِيمًا ۝١٢
📖 अनुवाद आयत 12
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
وَطَعَامًا ذَا غُصَّةٍ وَعَذَابًا أَلِيمًا ۝١٣
📖 अनुवाद आयत 13
र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ
يَوْمَ تَرْجُفُ الْأَرْضُ وَالْجِبَالُ وَكَانَتِ الْجِبَالُ كَثِيبًا مَّهِيلًا ۝١٤
📖 अनुवाद आयत 14
जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
إِنَّا أَرْسَلْنَا إِلَيْكُمْ رَسُولًا شَاهِدًا عَلَيْكُمْ كَمَا أَرْسَلْنَا إِلَىٰ فِرْعَوْنَ رَسُولًا ۝١٥
📖 अनुवाद आयत 15
(हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।
فَعَصَىٰ فِرْعَوْنُ الرَّسُولَ فَأَخَذْنَاهُ أَخْذًا وَبِيلًا ۝١٦
📖 अनुवाद आयत 16
फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।
فَكَيْفَ تَتَّقُونَ إِن كَفَرْتُمْ يَوْمًا يَجْعَلُ الْوِلْدَانَ شِيبًا ۝١٧
📖 अनुवाद आयत 17
यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइदिनेछ ।
السَّمَاءُ مُنفَطِرٌ بِهِ ۚ كَانَ وَعْدُهُ مَفْعُولًا ۝١٨
📖 अनुवाद आयत 18
जुन दिन आकाश फाटिहाल्नेछ । यो अल्लाहको वाचा पूरा भएर नै रहनेछ ।
إِنَّ هَٰذِهِ تَذْكِرَةٌ ۖ فَمَن شَاءَ اتَّخَذَ إِلَىٰ رَبِّهِ سَبِيلًا ۝١٩
📖 अनुवाद आयत 19
यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।
۞ إِنَّ رَبَّكَ يَعْلَمُ أَنَّكَ تَقُومُ أَدْنَىٰ مِن ثُلُثَيِ اللَّيْلِ وَنِصْفَهُ وَثُلُثَهُ وَطَائِفَةٌ مِّنَ الَّذِينَ مَعَكَ ۚ وَاللَّهُ يُقَدِّرُ اللَّيْلَ وَالنَّهَارَ ۚ عَلِمَ أَن لَّن تُحْصُوهُ فَتَابَ عَلَيْكُمْ ۖ فَاقْرَءُوا مَا تَيَسَّرَ مِنَ الْقُرْآنِ ۚ عَلِمَ أَن سَيَكُونُ مِنكُم مَّرْضَىٰ ۙ وَآخَرُونَ يَضْرِبُونَ فِي الْأَرْضِ يَبْتَغُونَ مِن فَضْلِ اللَّهِ ۙ وَآخَرُونَ يُقَاتِلُونَ فِي سَبِيلِ اللَّهِ ۖ فَاقْرَءُوا مَا تَيَسَّرَ مِنْهُ ۚ وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَأَقْرِضُوا اللَّهَ قَرْضًا حَسَنًا ۚ وَمَا تُقَدِّمُوا لِأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللَّهِ هُوَ خَيْرًا وَأَعْظَمَ أَجْرًا ۚ وَاسْتَغْفِرُوا اللَّهَ ۖ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝٢٠
📖 अनुवाद आयत 20
निःसन्देह तपाईको पालनकर्ताले जान्दछ कि तपाई र तपाईको, साथीहरूको एक समूह लगभग दुई–तिहाई रात, आधी रात र एक–तिहाई रातीसम्म (नमाजको निम्ति) उभिने गर्दछ । रात र दिनको पूरा अनुमान अल्लाहले गर्दछ । उसलाई राम्ररी थाहा छ कि तिमीहरू त्यसलाई सधैं निर्वाह गर्न सक्दैनौ, त उसले तिमीहरूमाथि कृपा गर्यो अतः तिमीहरूको लागि जति कुरआन पढ्नु सजिलो छ उत्तिकै पढ्ने गर । उसलाई थाहा छ कि तिमीमध्ये केही विरामी पनि होलान्, र केही अन्य मानिसहरू अल्लाहको आदर अनुग्रहलाई खोज्दै धरतीमा जीविकाको खोजी गर्नेछन्, र केही अन्य अल्लाहको मार्गमा युद्ध गर्नेछन् । अतः सजिलोसँग त्यस कुरआनबाट जति पढ्न सक्दछौ पढ र नमाज पढ र जकात दिंदै गर, र अल्लाहलाई राम्रो ऋण देऊ, र तिमीले जुन भलाई आफ्नो निम्ति अगाडि बढाउनेछौ त्यसलाई अल्लाहकहाँ अति उत्तम र प्रतिफलको दृष्टिले धेरै बढी पाउनेछौ । अल्लाहसित क्षमायाचना गरिराख । निःसन्देह अल्लाह, अत्यन्त क्षमादाता र अत्यन्त दयावान छ ।
← 72 अल-मुज्जम्मिल (73/114) 74 →
पढ्नुहोस् सूरा अल-मुज्जम्मिल नेपाली – अनुवाद, उच्चारण र अडियो

73المزمل Al-Muzzammil 📚 20 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers