PDF —
20 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-मुज्जम्मिल pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-मुज्जम्मिल pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मुज्जम्मिल अनुवाद. सूरा अल-मुज्जम्मिल (Meccan) 20 आयत.

← अल-जिन्नसूरा अल-मुज्जम्मिल अल-मुद्दस्सिर →


20 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓ
73:1 हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका
ﭔﭕﭖﭗﭘ
73:2 राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
ﭙﭚﭛﭜﭝﭞ
73:3 आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
ﭟﭠﭡﭢﭣﭤﭥ
73:4 वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
ﭦﭧﭨﭩﭪﭫ
73:5 निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
73:6 निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
ﭵﭶﭷﭸﭹﭺﭻ
73:7 दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
ﭼﭽﭾﭿﮀﮁﮂ
73:8 तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌ
73:9 पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
ﮍﮎﮏﮐﮑﮒﮓﮔ
73:10 र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
ﮕﮖﮗﮘﮙﮚﮛ
73:11 र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
ﮜﮝﮞﮟﮠ
73:12 निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
ﮡﮢﮣﮤﮥﮦ
73:13 र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ
ﮧﮨﮩﮪﮫﮬﮭﮮﮯ
73:14 जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
73:15 (हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।
ﯝﯞﯟﯠﯡﯢﯣ
73:16 फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।
ﯤﯥﯦﯧﯨﯩﯪﯫﯬ
73:17 यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइदिनेछ ।
ﯭﯮﯯﯰﯱﯲﯳﯴ
73:18 जुन दिन आकाश फाटिहाल्नेछ । यो अल्लाहको वाचा पूरा भएर नै रहनेछ ।
ﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
73:19 यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩ
73:20 निःसन्देह तपाईको पालनकर्ताले जान्दछ कि तपाई र तपाईको, साथीहरूको एक समूह लगभग दुई–तिहाई रात, आधी रात र एक–तिहाई रातीसम्म (नमाजको निम्ति) उभिने गर्दछ । रात र दिनको पूरा अनुमान अल्लाहले गर्दछ । उसलाई राम्ररी थाहा छ कि तिमीहरू त्यसलाई सधैं निर्वाह गर्न सक्दैनौ, त उसले तिमीहरूमाथि कृपा गर्यो अतः तिमीहरूको लागि जति कुरआन पढ्नु सजिलो छ उत्तिकै पढ्ने गर । उसलाई थाहा छ कि तिमीमध्ये केही विरामी पनि होलान्, र केही अन्य मानिसहरू अल्लाहको आदर अनुग्रहलाई खोज्दै धरतीमा जीविकाको खोजी गर्नेछन्, र केही अन्य अल्लाहको मार्गमा युद्ध गर्नेछन् । अतः सजिलोसँग त्यस कुरआनबाट जति पढ्न सक्दछौ पढ र नमाज पढ र जकात दिंदै गर, र अल्लाहलाई राम्रो ऋण देऊ, र तिमीले जुन भलाई आफ्नो निम्ति अगाडि बढाउनेछौ त्यसलाई अल्लाहकहाँ अति उत्तम र प्रतिफलको दृष्टिले धेरै बढी पाउनेछौ । अल्लाहसित क्षमायाचना गरिराख । निःसन्देह अल्लाह, अत्यन्त क्षमादाता र अत्यन्त दयावान छ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers