📖 0/604 पढिएका पृष्ठहरू
📄 574
सूरा अल-मुज्जम्मिल

सूरा अल-मुज्जम्मिल

73:4
أَوۡ زِدۡ عَلَيۡهِ وَرَتِّلِ ٱلۡقُرۡءَانَ تَرۡتِيلًا ٤
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
73:5
إِنَّا سَنُلۡقِي عَلَيۡكَ قَوۡلًا ثَقِيلًا ٥
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
73:6
إِنَّ نَاشِئَةَ ٱلَّيۡلِ هِيَ أَشَدُّ وَطۡـًٔا وَأَقۡوَمُ قِيلًا ٦
निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
73:7
إِنَّ لَكَ فِي ٱلنَّهَارِ سَبۡحًا طَوِيلًا ٧
दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
73:8
وَٱذۡكُرِ ٱسۡمَ رَبِّكَ وَتَبَتَّلۡ إِلَيۡهِ تَبۡتِيلًا ٨
तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।
73:9
رَّبُّ ٱلۡمَشۡرِقِ وَٱلۡمَغۡرِبِ لَآ إِلَٰهَ إِلَّا هُوَ فَٱتَّخِذۡهُ وَكِيلًا ٩
पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
73:10
وَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَٱهۡجُرۡهُمۡ هَجۡرًا جَمِيلًا ١٠
र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
73:11
وَذَرۡنِي وَٱلۡمُكَذِّبِينَ أُوْلِي ٱلنَّعۡمَةِ وَمَهِّلۡهُمۡ قَلِيلًا ١١
र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
73:12
إِنَّ لَدَيۡنَآ أَنكَالًا وَجَحِيمًا ١٢
निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ
73:14
يَوۡمَ تَرۡجُفُ ٱلۡأَرۡضُ وَٱلۡجِبَالُ وَكَانَتِ ٱلۡجِبَالُ كَثِيبًا مَّهِيلًا ١٤
जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्
73:15
إِنَّآ أَرۡسَلۡنَآ إِلَيۡكُمۡ رَسُولًا شَٰهِدًا عَلَيۡكُمۡ كَمَآ أَرۡسَلۡنَآ إِلَىٰ فِرۡعَوۡنَ رَسُولًا ١٥
(हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।
73:16
فَعَصَىٰ فِرۡعَوۡنُ ٱلرَّسُولَ فَأَخَذۡنَٰهُ أَخۡذًا وَبِيلًا ١٦
फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।
73:17
فَكَيۡفَ تَتَّقُونَ إِن كَفَرۡتُمۡ يَوۡمًا يَجۡعَلُ ٱلۡوِلۡدَٰنَ شِيبًا ١٧
यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइदिनेछ ।
73:18
ٱلسَّمَآءُ مُنفَطِرُۢ بِهِۦۚ كَانَ وَعۡدُهُۥ مَفۡعُولًا ١٨
जुन दिन आकाश फाटिहाल्नेछ । यो अल्लाहको वाचा पूरा भएर नै रहनेछ ।
73:19
إِنَّ هَٰذِهِۦ تَذۡكِرَةٌۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ سَبِيلًا ١٩
यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।
العربيةEnglishBahasa IndonesiaTürkçeРусскийفارسیFrançaisاردوবাংলাDeutschEspañol中文हिन्दीPortuguêsItalianoภาษาไทยPolskiNederlandsShqipKiswahiliO'zbekதமிழ்MelayuBosanskiSoomaaliAzərbaycanکوردی한국어日本語SvenskaDanskNorskپښتوമലയാളംසිංහලTamazightHausaአማርኛБългарскиТоҷикӣҚазақшаFilipinoسنڌيYorùbáFulfuldeТатарчаئۇيغۇرچەКыргызчаਪੰਜਾਬੀJawaతెలుగుမြန်မာગુજરાતીOromoमराठीTiếng ViệtMalagasyНохчийнWolofދިވެހިಕನ್ನಡУкраїнськаΕλληνικάქართულიខ្មែរدریQafar afMaranaoनेपाली
पवित्र कुरान
Tuesday, September 1, 2026
Don't forget us in your sincere prayers







