सूरा अल-अनआम
PDF —
165 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-अनआम pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-अनआम pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-अनआम अनुवाद. अल-अनआम (Meccan) 165 आयत.

Related



सूरा अल-अनआम
165 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠ
सबै प्रशंसा अल्लाहकै लागि छन् जसले आकाशहरू र पृथ्वीलाई बनायो र अँध्यारो र उज्यालोको सृष्टि गर्यो, तै पनि काफिरहरूले अरुलाई अल्लाह सरह ठान्दछन् ।
ﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱ
ऊ त्यही हो जसले तिमीलाई माटोबाट सृष्टि गर्यो, अनि एउटा समय निर्धारित गर्यो, र दोस्रो मुद्दत (कियामत) खास अल्लाहकहाँ नै छ तै पनि तिमी शंका गर्दछौ ।
ﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
र आकाशहरू र पृथ्वीमा उही एउटा (पूज्य) अल्लाह छ, ऊ तिम्रा अदृश्य र दृश्य सम्पूर्ण भेदका कुरा जान्दछ र तिमीले जुन कार्यहरू गर्दछौ, तिनलाई पनि ऊ जान्दछ ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊ
र अल्लाहका निशानीहरूमध्ये कुनै निशानी पनि तिनीहरू छेउसम्म आउँदैन, तर तिनीहरू त्यसबाट विमुख भइहाल्छन् ।
ﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗ
जब तिनीहरू नजिक सत्य किताब आयो, त तिनीहरू त्यसलाई पनि नकारिहाले, तसर्थ तिनीहरूलाई ती कुराहरूको परिणाम जसको कि तिनीहरूले हाँसो गर्दछन् छिट्टै थाहा भइहाल्ने छ ।
ﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
के तिनीहरू देखेनन् कि हामीले तिनीहरूभन्दा अगाडिका कैंयौ समुदायलाई समाप्त गरिहाल्यौं, जसलाई हामीले पृथ्वीमा त्यस्तो शक्ति दिएका थियौं जुन रूपमा कि तिमीलाई दिएका छैनौं र तिनीहरूका निम्ति आकाशबाट पर्याप्त पानी बर्षायौं र हामीले खोला–नालाहरू बनायौं पछि तिनीहरूलाई तिनीहरूको पापको कारण समाप्त गरिहाल्यौं र तिनीहरू पछि अन्य पुस्ताहरूको सृष्टि गर्यौं ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
र यदि हामीले तपाईमाथि कागजमा लेखिएको कुनै ग्रन्थ उतारेकोे भए र यिनीहरूले त्यसलाई आफ्नो हातले स्पर्श गरेको भए तापनि यी काफिरहरू यही भन्दथे कि यो त खुल्लारूपमा जादू हो ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸ
र तिनीहरू यसरी भन्दछन् कि यिनीहरू छेउ कुनेै फरिश्ता किन पठाइएन ? यदि हामीले कुनै फरिश्ता पठाएको भए सम्पूर्ण कुरा नै सिद्धिहाल्दथ्यौ, अनि तिनीहरूलाई एक छिनको समय पनि दिइदैनथ्यो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
र यदि हामीले कुनै फरिश्ता पठाउने भए, त्यसलाई पनि मानिसैको रूपमा पठाउँथे र जुन शंका तिनीहरू अहिले गर्दछन्, त्यही शंका फेरि गर्ने थिए ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨ
र यर्थाथमा तपाईभन्दा अगाडिका पैगम्बरहरूसित पनि यस्तो नै हाँसो गरियो, फेरि तिनीहरूमध्ये जुन मानिसहरूले मजाक गर्ने गर्दथे, तिनलाई त्यस (उपहासको) सजायले घेरिहाल्थ्यो ।
ﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳ
तपाई भनिदिनुस् कि पृथ्वीमा भ्रमण गर अनि हेर कि सत्यलाई झूठ (झूट्) भन्नेहरूको परिणाम कस्तो भयो
ﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑ
तपाई भन्नुस् कि आकाशहरू र पृथ्वीमा जे–जति छ कसको हो ? भनिदिनुस् कि यो सबै अल्लाहकै लागि हुन् । अल्लाहले कृपा गर्न आफ्नो जिम्मा अनिवार्य गरिहालेको छ । उसले तिमी सबैलाई कियामतको दिन जम्मा गर्नेछ यस कुरामा पनि कुनै शंका छैन जसले आफूलाई नोक्सानीमा पारिसकेका छन् तिनैले ईमान ल्याउँदैनन् ।
ﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝ
र अल्लाहकै हुन् ती जम्मै जुन कि दिन र रातीमा बस्छन् र उही नै हो जो सबै सुन्दछ, जान्दछ ।
ﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙ
तपाईले भन्नुस् कि के अल्लाह बाहेक जो आकाशहरू र पृथ्वीको स्रष्टा हो, र उसैले सबैलाई आहार दिन्छ र स्वयं कसैबाट आहार लिदैन, के अरु कसैलाई पूजनीय बनाऊँ । यो पनि भनिदिनुस् कि मलाई आदेश भएको छ कि म सबभन्दा पहिला इस्लाम स्वीकार गरूँ र यो पनि कि तिमी मुश्रिकहरूमध्येको कहिले नहुनु ।
ﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣ
यो पनि भनिदिनुस् कि यदि म आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्दछु त मलाई ठूलो दिनको सजायको भय छ ।
ﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮ
त्यास दिन यदि कोही सजायबाट मुक्त हुनेछ भने अल्लहको ठूलो कृपा हो । र त्यो खुल्लारूपमा सफलता हो ।
ﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁ
र यदि अल्लाहले तिमीलाई कुनै कष्ट पुर्याउँछ भने त्यसलाई उस बाहेक अरु कसैले हटाउन सक्तैन र यदि सुख पुर्याउँछ भने त्यो प्रत्येक कुरोमाथि सर्वशक्तिमान छ ।
ﰂﰃﰄﰅﰆﰇﰈﰉﰊ
र आफ्ना सेवकहरूमाथि उसैको वर्चस्व छ, र उही तत्वदर्शी सर्वज्ञ हो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼ
तपाईले भन्नुस् कि गवाही दिने सबभन्दा ठूलो कुरा के हो । भन्नुस् अल्लाह नै मेरो र तिम्रो बीचमा साक्षी छ र यो कुरआन ममाथि यस कारणले उतारिएको हो कि यसबाट तिमीलाई र जुन–जुन मानिससम्म यो पुग्न सक्तछ ती सबैलाई डर देखाऊँ । के तिमी साँच्चै साक्षी बन्नेछौ कि अल्लाहको साथमा अरु कोही पूजनीय छन् ? (हे मुहम्मद) भनिदिनुस् कि म यस्तो साक्ष्य दिन्न । भनिदिनुस् कि मात्र उही नै एउटा पूजा योग्य छ र जसलाई तिमीहरूले उसको साझेदार ठहराउँछौं, तिनीहरूबाट म निःसन्देह विरक्त छु ।
ﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
जुन मानिसहरूलाई हामीले किताब प्रदान गरेका छौं तिनीहरूले पैगम्बरलाई त्यस्तै चिन्दछन् जस्तो कि आफ्नै छोराहरूलाई चिन्ने गर्दछन् । जसले आफूलाई क्षति पुर्याइसकेका छन् तिनीहरूले ईमान ल्याउने छैनन् ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛ
र त्योभन्दा अन्यायी को होला जसले अल्लाहमाथि झूठा आरोप लगाउँछ वा उसका आयतहरूलाई मिथ्या ठहरयाउँछ । यस्ता अन्यायीहरूले मुक्ति पाउने छैनन् ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
र स्मर्णीय छ त्योदिन जुन दिन हामीले सबै मानिसहरूलाई एकत्रित गर्नेछौं अनि मुश्रिकहरूसित सोध्नेछौं कि (आज) तिम्रा साझेदारहरू कहाँ छन्, जसलाई पूजनीय भनी तिमीहरू दावी गर्दथ्यौ
ﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
त्यसपछि तिनीहरूको यो झूठ भन्नु बाहेक अरु कुनै उपद्रव हुँदैन कि अल्लाहको कसम ! हे हाम्रो पालनकर्ता हामी कदापि बहुदेववादी थिएनौं ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢ
अलि हेर त, कस्तो किसिमबाट तिनीहरूले आफूमाथि नै झूठा कुरा गरे, र जसको बारेमा मनगढन्त मिथ्या कुरागर्दथे ती सबै बेपत्ता भइहाले ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆ
र तिनीहरूमध्ये केही यस्ता छन् जो तपाईको कुरा सुन्ने स्वाङ पार्छन् र हामीले तिनीहरूका हृदयमाथि आवरण हालिदिएका छौं, जसले कि तिनलाई बुझ्न नसकुन् र उनको कानहरूमा बहिरोपनको सृजना गरिदिएका छौं र यदि तिनीहरूले सम्पूर्ण निशानीहरू देखे तापनि, तिनमाथि कहिले ईमान ल्याउने छैनन्, यहाँसम्म कि जब तिनीहरू तपाईको नजिक आउँछन् त बिना कारण विवाद गर्न आउँछन् त जो काफिर छन्, यसरी भन्दछन् कि यो (कुरआन) त पूर्वजहरूको दन्त कथा बाहेक अरु केही होइन ।
ﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒﰓ
र तिनीहरूले यसबाट अरुहरूलाई पनि रोकिराखेका छन् र स्वयं पनि टाढा रहन्छन् तर तिनीहरूले आफूलाई नै विनाश गरिरहेका छन् र तिनीहरू महसूस गरिरहेका छैनन् ।
ﰔﰕﰖﰗﰘﰙﰚﰛﰜﰝﰞﰟﰠﰡﰢﰣﰤ
यदि तपाईले त्यो समय हेर्नपाउने भए जब यिनीहरू नर्कछेउ उभ्याइने छन् र भन्ने छन् कि क्याराम्रो हुने थियो यदि हामीलाई फर्काइयोस् भने हामीले आफ्नो पालनकर्ताका आयतहरूलाई झूठा भन्ने थिएनौं र हामी ईमान ल्याउने थियौं ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢ
हो, यिनीहरूले जुन कुरा अघि लुकाउँदथे (आज) त्यो कुरा तिनीहरूका आँखाको अगाडि छर्लङ्ग भइसकेको छ र यिनलाई संसारमा फर्काइए पनि जुन कामबाट मनाही गरिएको थियो, त्यही काम फेरि गर्न थाल्नेछन् । निःसन्देह यिनीहरू एकदम झुट्ठा हुन् ।
ﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
र तिनीहरू भन्दछन् कि हाम्रो जो संसारिक जीवन छ, यही नै वास्तविक जिन्दगी हो, (मृत्यु पश्चात) फेरि हामी जीवित पारिने छैनौं ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃ
र तपाईले तिनीहरूलाई आफ्नो पालनकर्ताको अगाडि उभ्याइऐको बेला हेर्नु भएमा अल्लाहले सोध्नेछ, के यो कुरा सत्य होइन ? तिनीहरूले भन्ने छन्, पालनकर्ताको कसम किन नहुनु ! अल्लाहले आदेश दिनेछ अब आफ्नो कुफ्रको बदलामा सजाय चाख ।
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠ
निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको भेटलाई झूठा ठाने, तिनीहरू घाटामा छन् यहाँसम्म कि जब कियामत एक्कासी तिनीहरूमाथि आइपुग्छ, त्यतिखेर भन्न थाल्नेछन् कि अफ्सोच हाम्रो त्यस भूलमाथि जो हामीले गर्यौं । र तिनीहरूले आफना (पापका) भारी आफ्ना पिठ्युँमा बोकिराखेका हुनेछन् । हेर, जुन भारी यिनीहरूले बोकिराखने छन् त्यो साह्रै नराम्रो छ ।
ﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰ
र संसारिक जीवन त एउटा खेल र मनोरञ्जन बाहेक केही पनि होइन । र अत्यन्त राम्रो घर त आखिरतको घर हो तिनीहरूको निम्ति जो अल्लाहसित डर मान्छन्, के तिमीले बुझ्दैनौ
ﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡ
हामीलाई राम्ररी थाहा छ यिनीहरूको कुराले तपाईलाई दुःख दिन्छ तर यिनीहरूले तपाईलाई झूठा ठान्दैनन् बरु अन्यायीहरू अल्लाहका आयतहरूलाई नकार्दछन् ।
ﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺ
र तपाईभन्दा अगाडिका पैगम्बरहरूलाई पनि झूठा ठहराइन्थ्यो, तिनीहरूले अल्लाहको तर्फबाट मद्दत न पुगुन्जेल, धैर्यपूर्वक इन्कार र यातना सहने गर्दथे र अल्लाहका आदेशहरू कसैले परिवर्तन गर्न सक्तैन । र तपाईले पैगम्बरहरूको सम्बन्धमा अघि नै थाहा पाइसकेका छौ ।
ﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘﰙ
र यदि तिनीहरूको तिरस्कार तपाईलाई गाह्रो लाग्छ भने तपाईमा शक्ति छ त पृथ्वीमा कुनै सुरङ्ग वा आकाशसम्म कुनै सीढी (भर्याङ्ग) फेला पार, अनि तिनीहरू छेउ कुनै चमत्कार ल्याउनु । र यदि अल्लाह चाहेको भए सबैलाई सही मार्गमा एकत्रित गरिदिन्थ्यो, तसर्थ तपाई यी मूर्खहरूमध्येको नहुनु ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝ
सत्यलाई स्वीकार तिनैले गर्दछन् जो सुन्दछन् । र मृतकहरूलाई अल्लाहले जीवित गरी उठाउनेछ, अनि सबै उसैतिर फर्काइने छन् ।
ﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
र यिनीहरू भन्दछन् कि उसको पालनकर्ताको तर्फबाट तिनीहरूका लागि कुनै चमत्कार किन पठाइएन ? भनिदिनुस् कि अल्लाह निश्चितरूपले चमत्कार पठाउन शक्ति सम्पन्न छ, तर तिनीहरूमध्ये धेरै बेखबर छन् ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
र पृथ्वीमा जति हिंड्ने जीव छन वा उड्ने चराहरू (प्राणीहरू) छन्, तिनीहरूमा कुनै पनि किसिम यस्तो छैन जुन तिमीहरूको जस्तै समुदायहरू नहोउन् । हामीले किताबमा लेख्न कुनै कुरा छाडेका छैनौं र फेरि सबै आफ्ना पालनकर्ताको अगाडि एकत्रित हुनेछन् ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞ
र जसले हाम्रा आयतहरूलाई झूठा भन्दछन् तिनीहरू अनेक प्रकारको अन्धकारमा बहिरा र लाटा भइरहेका छन् । अल्लाह जसलाई चाहोस् पथविचलित गर्दछ । र जसलाई चाहोस् सही बाटोमा हिंडाइदिन्छ ।
ﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮ
तपाई भन्नुस् (काफिरहरू) आफ्नो मनमा विचार गर कि यदि तिमीमाथि अल्लाहको सजाय आइपरेमा वा कियामत आइपुग्छ त के तिमी अल्लाह बाहेक अरु कसैलाई गुहार्ने छौ ? यदि तिमी साँचो हौ ।
ﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
बरु, खास उसैलाई गुहार्नेछौ, अनि जसको लागि तिमी गुहार्नेछौ, यदि ऊ चाहन्छ भने त्यसलाई हटाइदिन्छ र जसलाई तिमी साझेदार ठहाराउँछौ तिनीहरूलाई बिर्सिनेछौ ।
ﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
र हामीले तिमीभन्दा अगाडि धेरै समुदायहरूतिर पैगम्बरहरू पठाएका थिएँ अनि हामीले तिनीहरूलाई दुःख र कष्टमा पारेका थिएँ कि तिनीहरू विनम्र भई विन्ती गरुन् ।
ﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷ
जब हामीबाट तिनीहरूलाई सजाय पुगेको थियो त त्यसबेला तिनीहरूले विनम्रता किन देखाएनन् ? उल्टै तिनका हृदयहरू कठोर भइदिए र शैतानले तिनका अपराधपूर्ण काम तिनीहरूका निम्ति झन् आकर्षणपूर्ण देखिने बनाइदियो ।
ﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌ
तर जब तिनीहरूले, जुन उपदेश तिनलाई दिइएको थियो त्यसलाई बिर्सिदिए, तब हामीले तिनीहरूका लागि सबै ढोकाहरू खोलिदियौं, यहाँसम्म कि जब ती कुराहरूसित जुन तिनलाई दिइएको थियो, निकै प्रसन्न भइहाले तब हामीले तिनलाई एका–एक समातिहाल्यौं र तिनीहरू त्यति बेला निराशामा डुबिहाले ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
फेरि दुष्कर्मीहरूको जरा कटिहाल्यौ र सबै प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
ﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
तपाई भन्नुस् कि विचार गर, यदि अल्लाह तिम्रो श्रवण शक्ति र दृष्टि खोसिहालेको र तिम्रो हृदयमा आफ्नो छाप लगाइदिन्छ भने अल्लाह बाहेक अरु कोही पूजनीय छ जसले यी कुराहरू पुनः पल्टाउन सकोस् ? हेर हामी कसरी आफ्ना तर्कहरूलाई विभिन्न कोंणबाट प्रस्तुत गरिराखेका छौं । तैपनि यिनीहरू विमुख हुँदै गएका छन् ।
ﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃ
तपाई भन्नुस् कि विचार गर यदि तिमीमाथि अल्लाहको सजाय एक्कासी वा खुल्लारूपले आउँछ भने के अन्यायीहरू बाहेक अरु कोही विनष्ट हुनेछन्
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔ
र हामीले पैगम्बरहरूलाई यसकालागि पठाउँदछौ कि उनीहरूले सु–समाचार देउन् र डर देखाउन् र जसले इमान ल्याए र असल मानिस भइहाले त तिनीहरूलाई न कुनै भय हुनेछ न त तिनीहरू दुःखी हुनेछन् ।
ﮕﮖﮗﮘﮙﮚﮛﮜﮝ
र जसले हाम्रा आयतहरूलाई झूठा भने, तिनीहरूलाई तिनीहरूको आज्ञा उल्लंघनको कारण सजाय हुनेछ ।
ﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞ
तपाई भनिदिनुस् कि म तिमीसित यो भन्दिन कि मसँग अल्लाहको ढुकुटी छ र नत म अन्तर्यामी हूँ, र नत म यो भन्दछु कि म फरिश्ता हूँ । म त मात्र ती आदेशहरूको पालना गर्दछु जुन मलाई अल्लाहको तर्फबाट प्राप्त हुन्छ । तपाई भन्नुस् कि के अन्धा र आँखा देख्ने एकनास हुनसक्छर ? अनि तिमी विचार किन पुर्याउँदैनौं
ﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰ
र यस कुरआनद्वारा यस्ता मानिसहरूलाई डराउने गर्नुस् जो यस कुराबाट भयभीत छन् कि आफ्नो पालनकर्ताको अगाडि उपस्थित गरिनेछन् । र जान्दछन् कि उस बाहेक अरु कोही न त तिनको सहयोगी हुनेछ र न सिफारिशवाला, ताकि तिनीहरू संयमी बन्न सकुन् ।
ﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋ
र जो मानिसहरू विहान र साँझ आफ्नो पालनकर्तासित प्रार्थना गर्दछन् र उसको खुशीको खोजीमा हुन्छन्, तिनीहरूलाई निष्काशन नगर । तिनीहरूको (क्रियाकलापहरूको) जवाफदेहि तपाईमाथि केही पनि छैन र नत तपाईको कामको जवाफदेहि तिनीहरूमाथि छ । यदि तिनीहरूलाई निकालिदिन्छौ भने तिमी अन्यायीहरूमध्येको हुनेछौ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡ
र यस्तै किसिमबाट हामीले कोहीलाई केही मानिसहरूबाट परीक्षा गरिराखेका छौं जसबाट तिनीहरू भन्दै गरुन् कि के यी नै हुन हामीमध्येका जसमाथि अल्लाहले कृपा गरेको छ ? के यस्तो छैन कि अल्लाह आभारी हुनेहरूलाई अति जान्दछ ।
ﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
र जब तिमीछेउ यस्ता मानिसहरू आउँछन् जसले हाम्रा आयतहरूमा विश्वास गर्दछन् त तिनीहरूसित (तिनीहरूको भलाईको लगि) सलामुन, अलैकुम भन्दै गर । अल्लाहले आफूमाथि कृपागर्नु अनिवार्य गरिहालेको छ । यदि तिमीहरूमध्ये कसैले अज्ञानता वश कुनै दुष्कर्म गरिहालेको छ र पछि प्रायश्चित गरिहाल्यो र आफ्नो आचरण सुधार गरिहाल्यो भने अल्लाह ठुलो मुक्तिदाता र अत्यन्त दयावान छ ।
ﭿﮀﮁﮂﮃﮄﮅ
यस्तै किसिमले हामी आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्नेगर्छौ र यस कारणले कि अपराध गर्नेहरूको काम गर्ने तरिका देखियोस् ।
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
(हे पैगम्बर) तपाई भनिदिनुस् कि अल्लाह बाहेक जसको उपासना तिमीले गर्छौ मलाई तिनीहरूको पूजा गर्नुबाट मनाही गरिएको छ । यो पनि भन्नुस् कि म तिम्रा इच्छाहरूको पछि–पछि लाग्दिन । यदि यस्तो गर्दछु भने पथविचलित हुने छु र सही मार्गप्राप्त मानिसहरूमध्येबाट हुनेछैन ।
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
भनिदिनुस् कि मेरो आफ्नो पालनकर्ताको तर्फबाट एउटा प्रमाण छ र तिमीले त्यसलाई असत्य भन्दछौ जुन कुराको लागि हतार गरिराखेका छौ त्यो मसित छैन । आदेश दिन अल्लाहकै अधिकारमा छ अरु कसैको होइन । उसले सत्यकुरा बताइदिन्छ र उही सबभन्दा राम्रो इन्साफ गर्नेवाला छ ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
भनिदिनुस् कि जुन कुरोको लागि तिमीले हतार गरिराखेका छौ, यदि त्यो मसंग भएको भए, मेरो र तिम्रोबीचको कुराको टुङ्गो लागिसक्दथ्यो र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।
ﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋ
र अदृश्य कुराको साँचो अल्लाहसँग छ जसको बारेमा उस बाहेक अरु कसैलाई थाहा छैन र जे–जति पृथ्वी र समुन्द्रमा छन् उसैलाई त्यसको ज्ञान छ । एउटा पात झर्दा पनि उसलाई थाहा हुन्छ र पृथ्वीको अँध्यारोमा कुनै दाना (गेडा) उसको जानकारी बेगैर झर्दैन कुनै हरियो, सुकेको कुरा जे–जति छन् सबै स्पष्टरूपले किताबमा (लौहेमहफूजमा) छन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨ
र उही यस्तो छ जसले कि रातीमा तिम्रो ज्यानलाई (केही अंशमा) आफ्नो नियन्त्रणमा लिन्छ र जे–जति तिमीले दिनमा गर्दछौ त्यो जान्दछ, फेरि तिमीलाई दिनमा ब्युझाइदिन्छ, ताकि निर्धारित समय पूरा गरिहालियोस्, अनि तिमीलाई उसैतिर फर्केर जानुछ । फेरि उसले तिमीलाई बताउनेछ जुन तिमीले गर्नेगरेका थियौ ।
ﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
र उही आफ्ना दासहरूमाथि अधिपत्य सम्पन्न छ श्रेष्ठछ र तिमीमाथि संरक्षक पठाएको हुन्छ, यहाँसम्म कि जब तिमीहरूमध्ये कसैको मृत्यु आउँछ, त्यतिखेर हामीले पठाएका फरिश्ताहरूले उसको प्राण झिकिहाल्छन् र आफ्नो कर्तव्य पालनमा ढिलो गर्दैनन् ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉ
अनि सबै मानिसहरू आफ्ना वास्तविक मालिक अल्लाहछेउ फिर्ता गराइनेछन् । सुनिहाल कि आदेश उसैको हो र उसले छिटै हिसाब लिनेछ ।
ﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛ
तपाई भन्नुस् तिमीलाई जंगल र समुन्द्रको बिपत्तिहरूबाट कसले मुक्ति प्रदान गर्दछ जब तिमीले उसलाई ठूलो आवाजमा वा चुपचाप विन्तीपूर्ण गुहार्छौ कि यदि तिमी हामीलाई यस संकटबाट मुक्ति प्रदान गर्दछौ भने हामी निःसन्देह धेरै आभारी हुनेवालाहरूमध्यका हुनेछौं ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦ
तपाई भन्नुस् कि अल्लाहले नै तिमीलाई त्यस (खतरा)बाट र हरेक संकटबाट मुक्ति प्रदान गर्दछ, र तैपनि तिमीले ऊसँग अरुलाई साझेदार ठहराउने गर्दछौ ।
ﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤ
तपाई भन्नुस् कि तिमीमाथि तिम्रा माथिबाट वा खुट्टा मुनिबाट कुनै सजाय पठाउन ऊ सक्षम छ । अथवा तिमीहरूलाई विभिन्न समूहमा विभाजित गरी झगडा गराइहालोस् र तिम्रो आपसको भिडन्तको स्वाद चखाइहालोस् । हेर्नुस् हामीले आफ्ना आयतहरूलाई कुन–कुन तरिकाले वर्णन गर्दछौं ताकि यिनीहरू बुझ्न सकुन् ।
ﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯ
र तपाईको समुदाय यस (कुरआन) लाई झूठो भन्दछ जबकि त्यो सत्य हो । भनिदिनुस् तिमीलाई संयमी बनाउने जिम्मेवारी ममाथि छैन ।
ﯰﯱﯲﯳﯴﯵﯶ
हरेक खबरको एउटा समय निर्धारित छ र तिमीलाई छिटै थाहा भइहाल्छ ।
ﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏ
र जब तपाईले यस्ता मानिसहरूलाई देख्नुहुन्छ जो हाम्रा आयतहरूको बारेमा अनर्गल बक्वास गरिराखेका छन् भने तिनीहरूबाट अलग भइहाल्नुस्, यहाँसम्म कि तिनीहरू अरु कुरामा व्यस्त भइहालुन् । र यदि शैतानले यो कुरा तपाइलाई विर्साइदिन्छ भने याद भए पछि अपराधीहरूको साथमा नबस्नुस् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝ
र आत्मसंयमीहरूमाथि तिनीहरूको सोधपूछको कुनै जिम्मेवारी छैन, तर हो, सम्झाउने काम उनीहरूको हो, सम्भवतः तिनीहरू पनि परहेजगार बन्न सकुन् ।
ﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎ
र जुन मानिसहरू आफ्ना धर्मलाई खेल र तमाशा बनाएका छन्, र संसारिक जीवनले तिनीहरूलाई भ्रमजालमा पारिसकेको छ त्यस्ता मानिसहरूबाट अलग्गै रहनु । तर हो यस कुरआनको माध्यमबाट उपदेश दिंदै गर्नु, ताकि कोही आफ्नो आचरणको कारण सजायमा नफसोस्, कि अल्लाह बाहेक न त तिनीहरूको कोही सहयोगी हुनेछ न त सिफारिश गर्ने मानिस । यस्तो भइहालोस् कि यदि त्यसले प्रत्येक कुरो जुनकि धरतीमा छ क्षतिपूर्तिको रूपमा दिन खोजे पनि त्यो स्वीकार्य हुनेछैन । यिनै मानिसहरू हुन् जसले कि आफ्ना कार्यको फलस्वरूप विनाशमा फँस्न पुग्दछन् । उनीहरूको कुफ्रको कारण तिनीहरूको निम्ति पिउनको लागि उम्लिराखेको पानी र कष्टदायक सजाय हुनेछ ।
ﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙ
तपाई भन्नुस् कि के हामीले अल्लाह बाहेक, यस्तो कुरालाई गुहारौं जसले न हामीलाई फाइदा गर्न सक्दछ न त नोक्सान । र जब अल्लाहले हामीलाई सहीबाटो देखाइसकेको छ, त के हामी त्यसबाट विमुख भइहालौं ? त्यो मानिस जस्तो जसलाई कि शैतानहरू जंगलमा सही मार्गबाट विचलित गरीदिएका छन् उसले यताउता घुम्दै गर्छ, उसकाकेही साथीहरू पनि छन् र उनीहरू ठीकबाटोतिर बोलाउँछन् कि हाम्रो पासमा आइहाल । भनिदिनुस् कि सहीबाटो त त्यही नै हो जुन हामीलाई अल्लाहले देखाएको छ र हामीलाई त यही आदेश प्राप्त भएको छ कि हामी आफ्नो पालनकर्ताको पूर्णरूपले आज्ञाकारी बनौं ।
ﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣ
र यो (पनि) कि नमाज् पढ्दै गर र ऊसँग डरमान्दै गर र उही नै हो जसको समीप तिमीहरूलाई भेला गरिनेछ ।
ﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁ
र उही त हो जसले आकाशहरू र पृथ्वीलाई सत्यका साथ बनाएको छ, र जुन दिन उसले यतिमात्र भन्ने छ कि भइहाल त त्यो भइहाल्छ । उसको कुरा साँचो र प्रभावकारी छ र जुन दिन सूर (सिंगा) फुकिन्छ त्यस दिन उसैको राज्य हुनेछ । दृश्य र अदृश्य कुराको ऊ ज्ञाता हो र उही नै बुद्धि सम्पन्न र सर्वज्ञ छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠ
र त्यो समय पनि याद गर्ने योग्य छ जब इब्राहीमले आफ्ना पिता आजरसित भने के तिमीले मूर्तिहरूलाई पूजनीय ठान्दछौ ? निःसंदेह म देख्छु कि तिमी र तिम्रा मानिसहरू खुल्लारूपमा मार्गविचलित छौ ।
ﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
र यस प्रकार हामीले इब्राहीम (अलैहिस्सलाम) लाई आकाशहरू र पृथ्वीका अनौठा प्राणीहरू देखाउन थाल्यौं जसबाट पक्का विश्वासी भइहालुन् ।
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼ
जब रातीको अँध्यारो फैल्यो आकाशमा एउटा तारा देखियो । भन्न थाले कि यो मेरो पालनकर्ता हो । तर जब त्यो डुब्योे त भन्न थाले कि डुबीहाल्नेहरूलाई म मायाँ गर्दिन ।
ﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐ
अनि जब चन्द्रलाई देखे कि चम्किराखेको छ, त भन्न थाले कि यो मेरो पालनकर्ता हो, तर जब त्यो पनि डुब्यो त भन्न थाले कि, यदि मेरो पालनकर्ताले मलाई सही बाटो देखाएन भने म तिनीमध्येबाट हुनेछु जो सही बाटोबाट विचलित छन् ।
ﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣ
पछि जब सूर्यलाई देखे कि टल्किराखेको छ त भन्न थाले कि यो मेरो पालनकर्ता हो, यो त सबभन्दा ठूलो छ, परन्तु जब त्यो पनि अस्ताइहाल्यो, त भन्न थाले, (हे मानिसहरू) म तिमीहरूको अल्लाहसँग कसैको साझेदारी ठहाराउनेबाट मुक्त छु ।
ﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱ
म दृढ भएर आफूलाई उसतिर प्रवृत्त गर्दछु जसले आकाशहरू र पृथ्वीको सृष्टि गरेको छ र म मुश्रिकहरूमध्येको होइन ।
ﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰ
र उनको समुदायका मानिसहरूले उनीसँग विवाद गर्न थाले तब ‘‘उनले भनेकि तिमी मसँग अल्लाहको बारेमा के विवाद गर्दछौ’’ त्यसले त मलाई सही बाटो देखाइसकेको छ र जसलाई तिमीले अल्लाहको साझेदार बनाउँछौ म तिनीसँग डराउदैन । अल्लाहको इच्छा नहुन्जेल कुनै कुरा हुँदैन । सबै कुराको जानकारी मेरो पालनकर्ताकै ज्ञानको परिधिभित्र पर्दछ । के तिमीले त्यो कुराको विचार गर्दैनौ
ﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉ
म ती कुराहरूसँग, जसलाई कि तिमीले अल्लाहको साझेदार ठहराउँछौ, कसरी डर मान्न सक्छु, जब कि तिमीलाई यस कुरोसँग भय छैन कि अल्लाहसँग अरुको साझेदारी ठहराउँछौ जसको लागि उसले कुनै प्रमाण उतारेको छैन ? अब दुईटै समूहमध्ये कुनचाँहि सुरक्षाको हकदार छ, यदि तिमीमा ज्ञान छ भने ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜ
जसले आस्था गर्दछन् र आफ्नो ईमानसँग शिर्कका कुराहरू मिसाउँदैनन्, त्यस्ताहरूकोे निम्ति सुरक्षा छ र तिनैले मार्गदर्शन प्राप्त गर्दछन् ।
ﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭ
र यो हाम्रो तर्क थियो जुन हामीले इब्राहीमलाई उनको समुदायको विरुद्ध प्रयोग गर्न प्रदान गरेका थियौं । हामीले जसलाई चाहन्छौ उच्च दर्जा प्रदान गर्दछौं । निःसन्देह तिम्रो पालनकर्ता बुद्धि सम्पन्न र सर्वज्ञ छ ।
ﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
र हामीले तिनलाई इस्हाक र यअ्कूब दियौं र सबैलाई हामीले मार्गदर्शन प्रदान गर्यौं र अघि नूहलाई पनि शिक्षा प्रदान गरेका थियौं र उनको संततिमध्ये दाऊद र सुलैमान र अय्यूब र यूसुफ र मूसा र हारूनलाई पनि, र हामीले सदाचारीहरूलाई यस्तै किसिमले पुरस्कार दिने गर्दछौ ।
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐ
र जकरीया र यह्या र ईसा र इलियासलाई पनि, यी सबै सदाचारी थिए ।
ﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚ
र इस्माईल र यस्आ र यूनुस र लूतलाई पनि र ती सबैलाई संसारका मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेका थियौं ।
ﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥ
र कसै–कसैलाई तिनीहरूका बाबु–बाजेलाई र सन्तति र दाजु भाइहरूमध्येबाट पनि, र हामीले तिनलाई रोजेका थियौं र सही बाटो देखाएका थियौं ।
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
यो अल्लाहको मार्गदर्शन नै हो जसको माध्यमबाट आफ्ना दासहरूमध्ये जसलाई चाहन्छ मार्गदर्शित गर्दछ । र यदि तिनीहरूले अल्लाहसँग अरुको साझेदारी ठहराउने भए, तिनीहरूको सबै कर्महरू बर्बाद भएर जाने थियो ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫ
यी त्यस्ता मानिसहरू थिए जसलाई हामीले किताब, बुद्धिमत्ता र नबूवत दिएका थियौं । यदि यिनीहरूले नबुवत (दूतत्व) मान्न इन्कार गर्दछन् भने, हामीले त्यसको लागि यस्ता मानिसहरूलाई नियुक्त गरिसकेका छौं कि तिनीहरूले ती कुराहरूबाट कहिल्यै इन्कार गर्ने छैनन् ।
ﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
यी त्यस्ता मानिसहरू थिए जसलाई अल्लाहले सही बाटो देखाएको थियो, यसर्थ तिनैको उपदेशका अनुयायी बन । तपाई भनिदिनुस् कि म तिमीसित यसबारे केही बदला माग्दिन । यो त संसारका मानिसहरूको लागि मात्र उपदेश हो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂ
र तिनीहरूले अल्लाहको जुन रूपमा आदर गर्न जान्नु पर्दथ्यो, त्यो जानेनन् । जब तिनीहरूले भने कि अल्लाहले मानिसमाथि केही पनि उतारेको छैन । भन्नुस् कि जुन किताब मुसाले लिएर आएका थिए, त्यसलाई कसले प्रदान गरेको छ, यसको विशेषता हो कि यो मानिसहरूको निम्ति प्रकाश र मार्गदर्शन हो र जसलाई तिमीहरूले अलग–अलग पानामा राखिराखेका छौ, त्यसका केही भागलाई त प्रकट गर्दछौ र धेरैलाई लुकाउँछौ । तिमीहरूलाई ती धेरै कुराहरू सिकाइयो जसलाई कि न तिमी जान्दथ्यौ र न त तिम्रा ठूलाबडाले । भनिदिनुस् कि (यस किताबलाई) अल्लाहले नै उतारेको छ यसर्थ तिनीहरूलाई उनको तुच्छ कुराहरूको बक्वासमा खेलिराख्न दिनुस् ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛ
यो पनि यस्तै किताब हो जसलाई हामीले उतारेका छौं जो धेरै कल्याणकारी छ, पहिलाका किताबहरूलाई प्रमाणित गर्दछ र यस कारणले कि तपाईले मक्का र त्यसको छेउछाउमा बस्ने मानिसहरूलाई डराउन सक्नुहोस्, र जुन मानिसहरूले आखिरतको दिनमा विश्वास गर्दछन्, तिनीहरू जस्तैले यस किताबमा यी पनि आस्था राख्दछन् र आफ्ना नमाजहरूबारे नित्यता गर्दैछन् ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰ
र त्योभन्दा ठूलो अत्याचारी को होला, जस्ले अल्लाहमाथि झूठो दोषारोपण गर्दछ अथवा यो भन्दछ कि ममाथि अल्लाहको बाणी आएको छ, जबकि त्यसमाथि कुनै पनि अल्लाहको बाणी आएको हुँदैन, र जसले यो भन्दछ कि जुन प्रकारको किताब अल्लाहले प्रदान गरेको छ, त्यस्तो किताब म पनि ल्याउँछु । र यदि तपाईले ती अन्यायीहरूलाई त्यतिखेर देख्नु भयो जब यी अन्यायीहरू मृत्युका कष्टपूर्ण व्यथामा हुन्छन् र फरिश्ताहरू आफ्ना हातहरू बढाइराखेका हुन्छन् यो भन्दै कि आफ्ना प्राणहरू समर्पित गर, आज तिमीहरूलाई अपमानजनक सजाय दिइनेछ, किनभने तिमीहरूले अल्लाहको विरोधमा झूठा कुरा गर्ने गर्दथ्यौ र त्यसका आयतहरूलाई तिरस्कारपूर्ण अस्वीकार गर्ने गर्दथ्यौ ।
ﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐ
र हेर जस्तो हामीले तिमीलाई प्रथम पटक सृष्टि गरेका थियौं त्यस्तै तिमी आज हाम्रो समीपमा एक्ला–एक्लै आएका छौ र जुन हामीले तिमीलाई प्रदान गरेका थियौं ती सबै कुरा आफ्ना पछाडि छोडेर आयौ, र हामीले तिम्रा साथमा भएका सिफारिश गर्नेहरूलाई पनि देख्दैनौं, जसको बारेमा तिम्रो दावी थियो कि तिनीहरू तिम्रा सहभागी हुन् । निश्चय नै तिम्रा आपसी सम्बन्धहरू त समाप्त भइहाले र जुन दावी तिमीले गर्ने गर्दथ्यौ ती सबै समाप्त भए ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦ
निःसन्देह अल्लाहले नै बिउ र गेंडालाई चीरेर बिरुवा उमार्छ, उसैले सजीवलाई निर्जीवबाट निकाल्दछ र मृतकबाट ज्यानवालालाई निकाल्दछ । यही नै अल्लाह हो, अनि तिमी दिगभ्रान्त भई किन हिंडिराखेका छौ ।
ﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
उसले (रात्रिको अंधकारबाट) विहानीको उज्यालो च्यातेर निकाल्दछ र उसैले रातिलाई विश्रामको निम्ति र सूर्य र चन्द्रलाई प्रकृयाबद्ध बनाएको छ । यो प्रमाणित कुराहो त्यो शक्तिशाली सर्वज्ञाता (अल्लाह) को ।
ﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
र त्यही त हो जसले कि तिम्रो लागि तारामण्डललाई सृष्टि गर्याे ताकि तिमी जंगलको र पानीको र अँध्यारोमा पनि बाटो थाहा पाउन सक । र बुद्धिमानहरूको निम्ति हामीले प्रमाणहरू खुल्लारूपमा वर्णन गरिसकेका छौं ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
र उही त हो जसले तिमीलाई एक व्यक्तिबाट जन्मायो, अनि तिम्रो लागि धेरै बस्ने एउटा ठाउँ र एउटा थोरै बस्ने ठाउँ बनायो । बुझ्नेहरूको निम्ति हामीले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गरेका छौं ।
ﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥ
र उही हो जसले आकाशबाट पानी बर्षायो अनि हामीले त्यसबाट थरी–थरीका हरिया कुराहरू उब्जाउँछौ अनि त्यसबाट हरिया हरियाकोपिलाहरू निकाल्दछौ र यी कोपिलाहरूबाट तिनैसँग एक आपसमा संलग्न दानाहरू निकाल्दछौ र खजूरका गाभासित झुण्डिराखेका झुप्पा र अंगूरका बगैंचाहरू र जैतून र अनार जुनकि आपसमा एक अर्का जस्तो पनि छन् र फरक – फरक पनि छन् । यी कुरा जब फल्दछन् त तिनका फलहरूमाथि र तिनका पाक्ने अवस्थालाई हेर । यिनीहरूमा त्यस्ता मानिसहरूका लागि जसले विश्वास गर्दछन् निशानीहरू छन् ।
ﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷ
र तिनीहरूले शैतानहरूलाई अल्लाहका साझेदार ठहराउँदछन् जब कि तिनीहरूलाई अल्लाहले नै सृष्टि गरेको हो र ती अज्ञानीहरूले(अल्लाहका) छोरा छोरीहरू बनाएका छन् तर ऊ (अल्लाह) यस्ता कुराहरूबाट मुक्त र पवित्र छ जुन तिनीहरूले उसको बारेमा भन्दछन् ।
ﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍ
त्यही नै आकाशहरू र पृथ्वीको स्रष्टा हो । उसलाई सन्तान कहाँबाट हुन्छ जबकि उसको कुनै पत्नी छैन र उसले प्रत्येक कुराको सृष्टि गरेको छ । र उसलाई हरेक कुराको जानकारी छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤ
यो अल्लाह नै तिम्रो पालनकर्ता हो उस बाहेक अरु कोही पूजनीय छैन उही नै प्रत्येक कुराको सृष्टिकर्ता हो । तसर्थ तिमी उसैको उपसना गर र उही सम्पूर्ण कुराहरूको सु–सञ्चालन गर्ने संयोजक हो ।
ﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯ
(त्यो यस्तो छ कि) उसलाई कसैको आँखाहरूले देख्न सक्तैनन् र उसले सबै आँखाहरूलाई देख्न सक्तछ र ऊ रहस्य जान्नेवाला सर्वज्ञ छ ।
ﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂ
अब निःसन्देह तिमीछेउ तिम्रो पालनकर्ताबाट सत्यताका प्रमाणहरू पुगिसकेका छन् तसर्थ जसले देख्यो, उसले आफ्नो भलो गरिहाल्यो र जो अन्धो बनिरह्यो त्यसले आफ्नो हकमा नराम्रो गरिहाल्यो र म तिमीहरूको हेर्नको लागि वाध्य छैन ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौ ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु भएको हो र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौ ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛ
जुन आदेश तपाईको पालनकर्ताबाट तपाईलाई आउँछ, त्यसको पालना गर्नेगर र पालनकर्ता (अल्लाह) बाहेक अरु कोही सत्य पूजनीय छैन र मुश्रिकहरूबाट पन्छिने गर्नु ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫ
र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।
ﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧ
र जसलाई यी मुश्रिकहरू अल्लाह बाहेक गुहार्छन् तिनीहरूलाई गाली नगर्नु किन भने त्यसो गरेमा यिनीहरू अज्ञानतामा अल्लाहलाई नराम्रो भन्ने छन् । यस प्रकार हामीले हरेक समूहका क्रियाकलापहरूलाई आकर्षक बनाएर देखाएका छौं । पछि तिनीहरूले आफ्नो पालनकर्ताछेउ फर्केर जानु छ । अनि उसले तिनीहरूलाई बताउने छ जे तिनीहरूले गर्ने गर्दथे ।
ﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
र यिनीहरूले जोड दिएर अल्लाहको कसम खाँदछन् कि यदि तिनीहरूको पासमा कुनै निशानी आएको भए, त त्यसलाई अवश्य नै विश्वास गर्ने थिए । तपाई भनिदिनुस् कि निशानीहरू त सबै अल्लाहकै नियन्त्रणमा छन् र तिमीलाई के थाहा छ ? निशानीहरू जब आउनेछन् तब पनि यिनीहरूले ईमान ल्याउने छैनन् ।
ﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍ
र हामीले पनि तिनका हृदय र आँखाहरूलाई फेरिदिन्छौं जस्तो कि यिनीहरू यस (कुरआन) मा पहिलो पटक ईमान ल्याएनन् । र तिनलाई छोडिदिने छौं, ताकि आफ्ना अट्टेरिपनामा भौतारी राखुन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨ
र यदि हामीले तिनीहरूछेउ फरिश्ताहरूलाई (स्वर्गदुतहरू) पठाइदिएको भए, र मृतकहरूले तिनीहरूसँग कुरा गर्न थालेको भए, र हामीले तिनीहरूको अगाडि संसारका सबै कुरा उपस्थित गराइदिएको भए पनि यिनीहरूले ईमान ल्याउने थिएनन् । जबसम्म अल्लाह स्वयम्ले चाँहदैन्, तर उनीहरूमध्ये अधिकांश अज्ञानी छन् ।
ﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂ
र यसै प्रकारले हामीले मानिस तथा जिन्नमध्येका शैतानहरूलाई हरेक पैगम्बरको शत्रु बनाएका थियौं । तिनीहरूमध्ये केहीले एक अर्काको मनमा चिल्लो चाप्लुसी कुराहरू धोखा दिने उद्देश्यले गर्दथें । यदि अल्लाहले चाहेको भए तिनीहरूले त्यस्तो काम गर्ने थिएनन् । तसर्थ तिनीहरूलाई तथा तिनीहरूले जे जति मन गढन्तरूपमा गर्दछन्, सबै छाडिदेऊ ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏ
र जुन मानिसले परलोकको दिनलाई विश्वास गर्दैनन् तिनीहरूको हृदय तिनीहरूको कुरा (धोखा) तिर प्रवृत होउन् र त्यसलाई रुचाउन् र तिनीहरूले गर्नेकाममा उनीहरू पनि लिप्त रहुन् ।
ﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩ
के म अल्लाहलाई छोडेर अरु कसैलाई न्याय गर्नको लागि खोजूँ जब कि उसले पूर्ण विस्तारकोसाथ एउटा किताब तिम्रो लागि पठाएको छ? यसका शीर्षकहरू स्पष्टसंग वर्णन गरिएका छन् । र जसलाई हामीले (पहिले) किताब प्रदान गर्यौं तिनीहरूले जान्दछन् कि त्यो सत्य किताब तिम्रो पालनकर्ताको तर्फबाट उतारिएको हो, तसर्थ तपाई शंका गर्नेमध्येको नहुनु ।
ﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
र तिम्रो पालनकर्ताको कुरा सत्यता र न्यायको दृष्टिले पूर्ण छ त्यसको आदेश कसैले परिवर्तन गर्न सक्दैन र ऊ सबै सुन्दछ र जान्दछ ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬ
प्रायः यस संसारमा धेरै यस्ता मानिसहरू छन् यदि तपाईले तिनीहरूले भनेको कुरा मान्न थाल्नु भयो भने, तिनीहरूले तपाईलाई अल्लाहको बाटोबाट विचलित गराइदिनेछन् । यिनीहरू अप्रमाणिक विचारमा लाग्दछन् र अटकलबाजीको कुरा गर्दछन् ।
ﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹ
तिम्रो पालनकर्ता तिनीहरूलाई राम्ररी जान्दछ कि को उसको बाटोबाट विचलित छ र तिनीहरूलाई पनि राम्ररी जान्दछ जो उसको बाटोमा हिंडिराखेका छन् ।
ﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄ
तसर्थः जुन जनावरमा अल्लाहको नाम लिइन्छ त्यसबाट खानु यदि तिमी अल्लाहका आयतहरूमाथि ईमान राख्दछौ भने ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱ
अनि के कारणले जुन जनावरमा अल्लाहको नाम लिइएको छ तिमीले त्यसबाट खाँदैनौ, जबकि तिम्रो लागि वर्जित गरिएका सबै जनावरहरू एक एक गरी वर्णन गरिसकिएको छ । तर त्यस अवस्था बाहेक जब कि ती कुरा खानुको निम्ति बाध्य भइहाल्छौ तर धेरै जसो मानिसहरू बिना जानी बुझी आफ्नो इच्छा पूर्तिको लागि मानिसहरूलाई ढाँटीरहेका छन् । यसमा कुनै शंका छैन कि जो सीमाभन्दा बाहिर गइहाल्छन्, तिनीहरूलाई तिम्रो पालनकर्ता राम्ररी जान्दछ ।
ﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
र तिमीले देखिने र नदेखिने हरेक प्रकारको पापलाई परित्याग गरिहाल । जुन मानिसहरूले पाप कमाउँदछन् तिनीहरू निश्चयनै निकट भविष्यमा आफ्नो यस कमाईको सजाय पाउनेछन् ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖ
जुन जनावरमा अल्लाहको नाम लिइन्न त्यसलाई नखाऊ किन भने निःसन्देह त्यो आज्ञाको उल्लंघन हो । र शैतानहरूले (यस्ताकुराहरू) आफ्ना साथीहरूको हृदयमा हालिदिन्छन्, जसकोकारण तिनीहरूले तिमीसंग झगडा गरुन् । यदि तिमी तिनीहरूले भने अनुसार हिंड्यौ भने निश्चय नै तिमी पनि मुश्रिक नै हुनछौ ।
ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰ
के त्यो व्यक्ति जुन पहिले मृत थियो र हामीले उसलाई जीवन प्रदान गर्यौं र जसको लागि एउटा प्रकाश उपलब्ध गरायौं जसको साथमा ऊ व्यक्तिहरूबिच हिडने–डुल्ने गर्दछ । के त्यस्तो व्यक्ति, त्यो व्यक्ति सरह हुनसक्तछ जुन अन्धकारमा छ र कुनै पनि तरिकाले त्यहाँबाट बाहिर निस्कन सक्दैन ? यस्तै अधर्मीहरूको लागी उनीहरूका क्रियाकलापहरू आकर्षक लाग्ने गर्दछन् ।
ﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢ
यस्तै प्रकारले हामीले प्रत्येक बस्तीमा तिनीहरूका ठूला–बडालाई नै अपराध गर्न लगायौं, जसबाट ती ठाउँमा तिनीहरूले छलकपट (षड्यन्त्र) को जाल फैलाइराखुन् । वास्तवमा तिनीहरू आफ्नो छलकपटको जालमा स्वयम् फस्दैछन् तर तिनीहरू यसबारे अनभिज्ञ छन् ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
र जब तिनीहरू सामु कुनै आयत (निशानी) आउँदछ त तिनीहरूले भन्दछन् कि, ‘‘जुन किसिमको रिसालत (दूतत्व) अल्लाहका रसूलहरूलाई दिइएको छ, त्यस्तै रिसालत हामीहरूलाई नदिऊञ्जेल हामीले कदापि ईमान ल्याउने छैनौं’’ । अल्लाहले राम्ररी जान्दछ कि, आफ्नो सन्देश पुर्याउने काम कोबाट लिने र कुन प्रकारले दिने । नजिक छ त्यो समय जब यी अपराधिहरूले आफूले गरेको क्रियाकलापको बदलामा अल्लाहकहाँ अपमानित हुनेछन् र कठोर यातना भोग्नुपर्नेछ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯ
तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि, मार्गदर्शन प्राप्त गरोस्, उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ मानौ त्यो आकाशमा चढिराखेको छ र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ, जसले ईमान ल्याउदैन ।
ﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺ
यही नै तिम्रो पालनकर्ताको सिधा मार्ग हो । हामीले उपदेश मान्ने व्यक्तिहरूको लागि यी आयतहरूलाई स्पष्ट वर्णन गरिदिएका छौं ।
ﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
तिनीहरूको लागि तिनीहरूको पालनकर्ताकहाँ शान्ति घर छ र तिनीहरूले राम्रो कर्मको नीति अपनाए बापत अल्लाह नै तिनीहरूको संरक्षक हो ।
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮ
जुन दिन अल्लाहले ती सबै प्राणी (जिन्न र मानिसहरू) लाई एकत्रित गर्नेछ र जिन्नहरूलाई सम्बोधित गर्दै भन्नेछ कि, ‘‘हे जिन्नहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ’’ । त्यसबेला मानिसमध्ये तिनका जो मित्र थिए, तिनीहरू निवेदन गर्नेछन् कि, ‘‘पालनहार ! हामीमध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौं र अब हामी त्यस म्यादमा पुगिसकेका छौं जुन तिमीले हाम्रो लागि (निर्धारित) गरिदिएका थियौ’’ अल्लाहले भन्ने छ कि, ‘‘तिमी सबैको ठेगाना अब नर्क हुनेछ । त्यसमा तिमी सदैव रहने छौ ।’’ तर जसलाई अल्लाहले बचाउन चाहन्छ, उसको कुरा अर्कैछ । निःसन्देह तिम्रो पालनकर्ता ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
ﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
र यसै प्रकार (परलोकमा) हामीले अत्याचारीहरूलाई, तिनीहरूका क्रियाकलापलेगर्दा जुन कि तिनीहरूले गर्दथे, एक अर्काको (नर्कको) साथी बनाइदिनेछौं ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶ
‘‘हे जिन्न र मानिसहरूको समूह । के तिमीहरूनिर तिमीहरूमध्येबाटै पैगम्बरहरू आएका थिएनन्, जसले मेरा आयतहरू (नियमहरू) तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिदैनथे ?’’ तिनीहरूले विन्ती गर्नेछन् कि, ‘‘हो आउँदथे हामी आफ्ना पाप आफै स्वीकार्दछौं ।’’ यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्यवम्ले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन कि, तिनिहरू काफिर थिए ।’’
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
(हे मुहम्मद ! यो यस कारण हो) कि तपाईको पालनकर्ताले कुनै बस्तीका बासिन्दाहरूलाई उनीहरूको कुफ्रको कारण यस अवस्थामा समाप्त गर्दैन कि त्यहाँका बासिन्दाहरू सत्यदेखि अपरिचित होउन् ।
ﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦ
र कर्मलाई दृष्टिगत गरी सबै व्यक्तिका दर्जाहरू निर्धारित छन् र जुन काम यिनीहरूले गर्दछन्, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।
ﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺ
र तपाईको रब धेरै सम्पन्न र दयावान छ, उसले चाहेको खण्डमा तिमी सबैलाई (दुनियाँबाट) समाप्त गर्न सक्छ र तिम्रो ठाउँमा जसलाई चाहन्छ उपस्थित गर्न सक्छ, जस्तो कि तिमीलाई उसले अरु मानिसहरूको वंशबाट सृष्टि गरेको छ ।
ﭻﭼﭽﭾﭿﮀﮁﮂﮃ
कुनै सन्देह छैन कि जुन वचन तिमीलाई दिइन्छ त्यो पूरा हुनेवाला छ र तिमीमा त्यसलाई रोक्ने सामथ्र्य छैन ।
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘ
(हे नबी) भनिदिनुस् कि मानिसहरू हो तिमीहरू आफ्नो ठाउँमा कर्म गर्दै जानु र म आफ्नो ठाउँमा कर्म गर्दै रहन्छु । चाडै नै तिमीले प्रतिफल थाहा पाउनेछौ कि आखिरतमा (वहिश्तमा) कसको घर हुनेछ । निःसन्देह यो सत्य छ कि अत्याचारीहरूलाई कहिलै सफलता प्राप्त हुँदैन ।
ﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
यिनीहरूले नै सृष्टि गरेको कुराहरू कृषि र चौपायामा अल्लाहको एक भाग निर्धारित गरेका छन् र आफ्नो विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो (मूर्तिहरूको), तसर्थ जुन (भाग) तिनीहरूको साझेदारको हुन्छ, त्यो अल्लाहतिर पुग्दैन र जुन (भाग) अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगीहाल्छ । कति नराम्रो निर्णय यिनीहरूले गर्दछन् ।
ﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳ
यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्ना सन्तानहरूलाई मारिदिने कुरा सुहाँउदो बनाइदिएका छन् । ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेउन् । र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे । तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्याकुरालाई छाडिदिनुस् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
तिनीहरूले आफ्नो विचारमा यो पनि भन्दै छन्ः कि ‘‘यो जनावर र खेती वर्जित र सुरक्षित छन् जसको उपभोग सबैको लागि जायज छैन केवल त्यस व्यक्तिले उपभोग गर्न सक्छ जसलाई हामीले चाहनेछौं ।’’ र केही चौपाया यस्ता छन् कि तिनको पिठ्युँमा चढ्न वा केही कुरा बोकाउन रोक लगाइएको छ । र केही पशुहरू यस्ता छन् जसमाथि (काट्ने जब्ह गर्ने बेला) अल्लाहको नाम लिदैनन् । यी सबै अल्लाहमाथि यिनीहरूले रचेका असत्य कुरा हुन् । अल्लाहले तिनीहरूलाई तिनको झूठको प्रतिफल छिटै नै दिनेछ ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
यो पनि भन्छन्ः कि, जुन कुरा (बच्चा) यी चौपायहरूको पेटमा छन् त्यो विशेषरूपले हाम्रा पुरुषहरूको लागि हो र हाम्रा स्वास्नी मानिसहरूका लागि त्यो होइन । यदि त्यो बच्चा मृतक जन्मन्छ भने त्यसमा सबैको साझेदारी छ (सबैले खान सक्छन्) । छिट्टै अल्लाहले तिनीहरूलाई तिनका मनगढन्त कपोलकल्पित कुराको सजाय दिनेछ । निःसन्देह ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
निःसन्देह ती मानिसहरू घाटामा परीहाले जुन आफ्नो सन्तानलाई मूर्खता र अज्ञानताको कारणले हत्या गरे र अल्लाहमाथि मिथ्या कुरागर्दा उसले प्रदान गरेको जीविकालाई वर्जित बनाए । वास्तवमा तिनीहरू पथविचलित भइहाले र कहिले पनि उनीहरू सत्य मार्गदर्शन प्राप्त गर्नेमध्येका हुने छैनन् ।
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡ
र उही हो जसले धेरै बगैचाहरू उत्पन्न गरायो । टाटी, बान्नो वा थाङ्गरामा चढने लतावाला र छानामाथि नचढने बिना लतावाला पनि । र खजूर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्यपदार्थ प्राप्त हुन्छन्, जैतून र अनार पनि जो एक–आपसमा मिल्दछन् र फरक पनि हुन्छन् । यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ तिनीहरूको भाग (दान) पनि दिनु र सीमाभन्दा अघि नबढ, अल्लाहले सीमादेखि अघि बढ्नेलाई मायाँ गर्दैन ।
ﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴ
र उसले चौपायामध्ये भारी बोक्नको लागि केही ठूलो र केही सानो जनावर सृष्टि ग¥यो । अल्लाहले तिमीलाई जुन कुरा प्रदान गरेको छ त्यसको उपभोग गर र शैतानको अनुशरण नगर किनकि त्यो तिम्रो स्पष्ट शत्रु हो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫ
उसले आठ भाले–पोथी चौपायाहरू सृष्टि गर्याे दुई भेडाबाट र दुई बाख्राबाट । हे पैगम्बर ! तिनीहरूसँग भन्नुस् कि के अल्लाहले दुवैका भालेहरूलाई त्याज्य बनाएको छ वा दुवैको पोथीहरूलाई ? वा उसलाई जुन दुवै पोथीको गर्भमा हुनेछ ? यदि तिमी साँचो हौे भने कुनै तर्कको आधारमा मलाई भन ।’’
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘ
र दुई ऊँटको जातिबाट र दुई–दुई गाईको जातिबाट (तिनीहरूसित) सोध्नुस् कि, के अल्लाहले दुवैका भालेलाई त्याज्य गरेको छ वा दुवैको पोथीहरूलाई? वा त्यसलाई जुनकि दुवै पोथीको गर्भमा छ ? के तिमी त्यस समयमा उपस्थित थियौ जब अल्लाहले (अवैध हुने) आदेश तिनीहरूलाई दिएको थियो ? र त्यस मानिसभन्दा ठूलो अन्यायी अरु को हुन सक्छ जसले मानिसहरूलाई मार्गविचलित गर्नुको लागि अज्ञानतापूर्वक अल्लाहमाथि झूठो कुराको दोषारोपण गर्दछ । कुनै सन्देह छैन कि अल्लाह अत्याचारीहरूलाई सही मार्ग देखाउँदैन ।’’
ﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢ
हे नबी, यिनीहरूलाई भन्नुस्ः ‘‘कि, जुन आदेश ममाथि ‘‘वह्य’’ मार्फत उतारिएको छ त्यसमा मैले कुनै चिज त्यस्तो पाउँदिन जुन खानेले खान्छन् तर त्यसललाई वर्जित गरिएको होस् । त्यस बाहेक यदि त्यो मृतक पशु होस् वा बगिरहेको रगत वा सुँगुरको मासु होस् किनभने यी सबै बिल्कुल अपवित्र हुन् वा अर्को कुनै कुरा जुन मर्यादाको खिलाफ होस् । जसमा अल्लाह बाहेक अरु कसैको नाम लिएको हुन्छ, तर विवश भएको अवस्था बाहेक, यस शर्तमा कि बिवशतामा खाने मानिसले स्वादको लागि खाएको नहोस् न त ऊ सीमालाई नै नाघ्ने व्यक्ति छ । तब निश्चय नै तिम्रो पालनकर्ता क्षमादाता र दयावान छ ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
र यहूदीहरूको निम्ति हामीले नङ्ग भएका सम्पूर्ण जनावरहरूलाई वर्जित बनाएका थियौं, र गाई र बाख्राको बोसो हराम गरिदिएका थियौं, तर त्यस बाहेक जुन (बोसो) तिनीहरूको पिठ्युमा टाँसिएको हुन्छ वा आन्द्रामा लागेको हुन्छ वा हाडमै टासिएको हुन्छ । यो सजाय हामीले तिनीहरूलाई तिनीहरूको बदमाशीको कारण दिएका थियौं, हामी त साँचो भन्नेवाला हौं ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞ
यदि तिनीहरूले तपाईलाई झूठा भन्छन् त भनिदिनुस् कि तिम्रो पालनकर्ता अत्यन्त दयावान छ तर अत्याचारीहरूको लागि उसको सजाय अटल छ ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
यी मुश्रिकहरूले (उत्तरमा) भन्ने छन्ः कि, यदि अल्लाहले चाहेको भए हामीले अल्लाहको साझेदार ठहराउने थिएनौं र नत हाम्रा बाबु बाजेहरूले नै गर्दथे नत हामीले कुनै कुरालाई त्याज्य ठहराउदथ्यौं, यस्तै यिनीहरूका पूर्वजले पनि सत्य कुरालाई गलत भन्ने गरेका थिए, यहाँसम्म कि हाम्रो सजायको स्वाद तिनीहरूले चाखे । (तिनीहरूलाई) भन्नुस् कि, के ‘‘तिमीहरूसँग कुनै प्रमाण छ, जसलाई हाम्रो सामु प्रस्तुत गर्न सक्छौ ? तिमीहरू त मात्र अनुमानमा हिंड्दछौ र मिथ्या कुरा गर्दछौ ।’’
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑ
भन्नुस् कि, पूरै विवाद अल्लाहकै लागि रह्यो यदि उसले चाहेको भए तिमी सबैलाई मार्गदर्शन प्रदान गर्ने थियो ।
ﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯ
भन्नुस् कि, आफ्नो साक्षीहरूलाई ल्याऊ, जसले गवाही देउन् कि अल्लाहले यी कुराहरूलाई त्याज्य बनाएको छ । अनि यदि तिनीहरू आएर गवाही दिन्छन् भने तपाई तिनीहरूको साथ साक्षी नबस्नुस् र कदापि तिनीहरूको इच्छाको पछि नहिड्नु जसले हाम्रा आयतहरूलाई गलत भनिराखेका छन् र जो परलोकको दिनमा विश्वास गर्दैनन्, र आफ्नो पालनकर्ताको समकक्ष अरुलाई पनि ठान्दछन् ।
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
(हे नबी) भन्नुस् कि (हे मानिसहरू !) आऊ म तिमीहरूलाई ती कुरा सुनाउँछु जसको (विरोध गर्न) तिम्रो पालनकर्ताले तिम्रो लागि रोक लगाएको छ, ती यी हुन् कि कुनै कुरालाई अल्लाहसँग नदाँज्नु (साझेदार नबाउनु) र आमा–बुवासँग राम्रो व्यवहार गर्नु र दरिद्राताको भयले आफ्नो सन्तानहरूलाई नमार्नु । (किनभने) तिमीलाई र उनलाई हामीले नै जीविका प्रदान गर्दछौं, र हरेक प्रकारको निर्लज्ज कुराको नजिक नजानु, खुल्लारूपमा होस् वा गोप्यरूपमा । र जुन प्राणीको ज्यान मार्न अल्लाहले रोक लगाएको छ, उसको ज्यान नलिनु । तर यस नियमको पालनामा हक–इन्साफको निम्ति गरिएका बाहेक । यी कुराहरूको पालनाको लागि अल्लाहले तिमीलाई सचेत गरेको छ, कि तिमी सम्झ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹ
र अनाथको सम्पत्तिको समीप पनि नजानु, तर यस्तो तरिकाले जुन कि तिनीहरूको हितमा होस्, तिनीहरू साबालक नहुन्जेलसम्म, र नाप–तौलको काम न्यायपूर्ण तरिकाले गर्नेगर । हामी हरेक व्यक्तिमा उत्तरदायित्वको भारी त्यति नै राख्दछौ जति कि उसको सामथ्र्य छ । र जब तिमी कुरा गर्छौ न्यायको गर, चाहे त्यो विषय तिम्रा नातेदार आफन्तीको नै किन नहोस् र अल्लाहसँग गरेको वाचा पूरा गर यी कुराहरूको लागि अल्लाहले तिमीलाई विशेष आदेश दिएको छ कि सदैंव तिमीले सम्झिराख ।
ﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍ
र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिंड्नु र अन्य मार्गमा नहिंड्नु किनभने त्यसमा हिंडे अल्लाहको मार्गबाट विचलित भैहाल्नेछौं । यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ जसबाट तिमी आत्मसंयमी बन्नसक ।
ﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟ
फेरि हामीले मुसालाई यस्तो किताब प्रदान गरेका थियौं, जुन राम्रोकाम गर्ने मानिसहरूका लागि पुरा उपहार होस्, र सम्पूर्ण वस्तुहरूबारे आवश्यक निर्देशन होस् र जसमा सही मार्गको सूचना र दयालुताको वर्णन गरिएको होस्, जसको कारण उनका अनुयायीहरूले आफ्नो पालनकर्तासंगको साक्षात्कारमा विश्वास गरुन् ।
ﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
र यो किताब (कुरआन) हामीले उतारेका हौं, भलाई र वरदानको रूपमा तसर्थ यसको अनुशरण गर र डर मान जसबाट तिमीमाथि दया गरियोस् ।
ﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘ
तिमीले यसो नभनः कि हामीभन्दा पहिला दुईवटा समूहलाई मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौं ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
वा यो नभन कि यदि हामीमाथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौं । तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट, मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ । अब त्योभन्दा ठूलो अत्याचारी को होला, जसले अल्लाहको आयतहरूलाई गलत भन्दछ र त्यसबाट अरुलाई विमुख गर्दछ । जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् (त्यस विमुखताको कारण) छिटै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिने नै छौं ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸ
के यिनीहरू यस कुराको मात्र प्रतिक्षा गरिराखेका छन् कि, तिनीहरू छेउ स्वर्गदूतहरू (फरिश्ता) आउन् वा स्वयम् तिम्रो पालनकर्ता नै आउन्, वा तिम्रो पालनकर्ताको कुनै ठूलो निशानी आओस् ? जुन दिन तिम्रो पालनकर्ताबाट कुनै विशिष्ट निशानी आउनेछ (त्यतीखेर) जसले पहिलादेखि आस्था राख्दैन उसको लागि कुनै फाइदा हुनेछैन, वा उसले आफ्नो ईमानको अवस्थामा कुनै असल कर्म गरेकै छैन । हे पैगम्बर ! तिनीहरूसित भनिदिनुस् कि तिमीहरूले प्रतिक्षा गर, हामीले पनि प्रतिक्षा गर्दछौं ।
ﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍ
निःसन्देह जुन मानिसहरूले आफ्नो धर्मलाई धेरै भागमा विभाजित गरे र स्वयं समूहमा विखण्डित भए, तिनीहरूसित तपाइको कुनै सम्बन्ध छैन । तिनीहरूको हिसाब किताब अल्लाहको जिम्मामा छ । उसैले तिनीहरूलाई बताइदिने छ, कि के कति तिनीहरूले गरेका छन् ।’’
ﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟ
जसले सत्कर्म गर्दछ उसले त्यसको दशगुणा प्रतिफल पाउनेछ र जसले दुष्कर्म गर्दछ उसले त्यतिनै सजाय पाउनेछ, जति उसले अपराध गरेको छ । र तिनीहरूमाथि कुनै अन्याय गरिने छैन ।
ﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱ
भनिदिनुस् कि मलाई मेरो पालनकर्ताले सोझो बाटो देखाइसकेको छ, त्यो एउटा सम्पूर्ण धर्म हो जुन बाटो हो इब्राहीमको जो मात्र अल्लाहको उपासक थिए र उनी मुश्रिकहरूमध्येका थिएनन् ।’’
ﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
यो पनि भनिदिनुस् कि मेरो नमाज, र मेरो सबै इबादत (उपासना) निश्चितरूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन्, जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो ।
ﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦ
उसको कुनै साझेदार छैन । र मलाई यही कुराको आदेश भएको छ र म आज्ञापालकहरूमध्ये पहिलो हूँ ।
ﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇ
तपाई भन्नुस् कि के म अल्लाह बाहेक अरु पालनकर्ता खोजूँ ? जब कि उही प्रत्येक कुराको मालिक हो । र जसले जे कर्म गर्दछ, त्यसको हानि नोक्सानी त्यसैलाई नै हुन्छ । र कसैले कसैको पापको भारी बोक्ने छैन, अनि तिमी सबैलाई आफ्नो पालनकर्ताछेउ नै फर्केर जानुपर्ने छ । अनि उसले तिमीहरूले उठाएकै प्रत्येक विवादको बारेमा तिमीहरू सामु खुलस्त पार्नेछ ।
ﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘﰙﰚﰛﰜﰝﰞ
र उही यस्तो हो जसले तिमीलाई पृथ्वीको उत्तराधिकारी (नायक) बनायो र एकलाई अर्कोमाथि उच्च ओहदा प्रदान गर्यो, जसबाट जे–जति उसले तिमीलाई प्रदान गरेको छ, त्यसमा तिम्रो परीक्षा गरोस् । निःसन्देह तिम्रो रबले छिटै सजाय दिनेवाला छ, र ठूलो क्षमादाता र दयावान पनि छ ।

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers