सूरा अल-हिज्र pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-हिज्र pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-हिज्र अनुवाद. सूरा अल-हिज्र (Meccan) 99 आयत.
Related
- सूरा अल-हिज्र अनुवादनेपाली
- सूरा अल-हिज्र mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-हिज्र

ﭑﭒﭓﭔﭕﭖﭗﭘ
15:1
अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।
ﭙﭚﭛﭜﭝﭞﭟﭠ
15:2
त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।
ﭡﭢﭣﭤﭥﭦﭧﭨﭩ
15:3
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।
ﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
15:4
कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺ
15:5
कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।
ﭻﭼﭽﭾﭿﮀﮁﮂﮃ
15:6
उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌ
15:7
यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’
ﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖ
15:8
(भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।
ﮗﮘﮙﮚﮛﮜﮝﮞ
15:9
(निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।
ﮟﮠﮡﮢﮣﮤﮥﮦ
15:10
हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।
ﮧﮨﮩﮪﮫﮬﮭﮮﮯ
15:11
र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।
ﮰﮱﯓﯔﯕﯖ
15:12
यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞ
15:13
(तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।
ﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
15:14
र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।
ﯩﯪﯫﯬﯭﯮﯯﯰﯱ
15:15
तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’
ﭑﭒﭓﭔﭕﭖﭗﭘ
15:16
निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।
ﭙﭚﭛﭜﭝﭞ
15:17
र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦ
15:18
तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।
ﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
15:19
र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
15:20
र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
15:21
र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔ
15:22
र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।
ﮕﮖﮗﮘﮙﮚﮛ
15:23
र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣ
15:24
जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।
ﮤﮥﮦﮧﮨﮩﮪﮫﮬ
15:25
तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।
ﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
15:26
निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞ
15:27
र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।
ﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫ
15:28
र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’
ﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵ
15:29
जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।
ﯶﯷﯸﯹﯺ
15:30
तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।
ﯻﯼﯽﯾﯿﰀﰁﰂ
15:31
तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙ
15:32
(अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।
ﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥ
15:33
उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।
ﭦﭧﭨﭩﭪﭫ
15:34
अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।
ﭬﭭﭮﭯﭰﭱﭲ
15:35
र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।
ﭳﭴﭵﭶﭷﭸﭹ
15:36
(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।
ﭺﭻﭼﭽﭾ
15:37
आदेश भयो कि तँलाई छूट दिइन्छ ।
ﭿﮀﮁﮂﮃ
15:38
निर्धारित समय (कियामत) को दिनसम्म ।
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎ
15:39
(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
ﮏﮐﮑﮒﮓ
15:40
तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
ﮔﮕﮖﮗﮘﮙ
15:41
(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
ﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥ
15:42
जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।
ﮦﮧﮨﮩﮪ
15:43
निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।
ﮫﮬﮭﮮﮯﮰﮱﯓﯔ
15:44
त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।
ﯕﯖﯗﯘﯙﯚ
15:45
जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।
ﯛﯜﯝﯞ
15:46
(भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।
ﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
15:47
र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱﯲ
15:48
तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।
ﯳﯴﯵﯶﯷﯸﯹﯺ
15:49
(हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।
ﯻﯼﯽﯾﯿﰀ
15:50
र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।
ﰁﰂﰃﰄﰅ
15:51
र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
15:52
कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢ
15:53
(अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’
ﭣﭤﭥﭦﭧﭨﭩﭪﭫ
15:54
(उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’
ﭬﭭﭮﭯﭰﭱﭲﭳ
15:55
तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।
ﭴﭵﭶﭷﭸﭹﭺﭻﭼ
15:56
(इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।
ﭽﭾﭿﮀﮁﮂ
15:57
अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ
ﮃﮄﮅﮆﮇﮈﮉ
15:58
तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।
ﮊﮋﮌﮍﮎﮏﮐ
15:59
तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।
ﮑﮒﮓﮔﮕﮖﮗ
15:60
तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।
ﮘﮙﮚﮛﮜﮝ
15:61
अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।
ﮞﮟﮠﮡﮢ
15:62
तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’
ﮣﮤﮥﮦﮧﮨﮩﮪ
15:63
तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।
ﮫﮬﮭﮮﮯ
15:64
र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟ
15:65
तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।
ﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
15:66
र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।
ﯪﯫﯬﯭﯮ
15:67
र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे
ﯯﯰﯱﯲﯳﯴﯵ
15:68
लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
ﯶﯷﯸﯹﯺ
15:69
अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
ﯻﯼﯽﯾﯿﰀ
15:70
तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं
ﭑﭒﭓﭔﭕﭖﭗ
15:71
(उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।
ﭘﭙﭚﭛﭜﭝ
15:72
(हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।
ﭞﭟﭠﭡ
15:73
तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।
ﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
15:74
र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।
ﭫﭬﭭﭮﭯﭰ
15:75
निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।
ﭱﭲﭳﭴ
15:76
यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
ﭵﭶﭷﭸﭹﭺ
15:77
र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।
ﭻﭼﭽﭾﭿﮀ
15:78
एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।
ﮁﮂﮃﮄﮅﮆ
15:79
तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।
ﮇﮈﮉﮊﮋﮌ
15:80
र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
ﮍﮎﮏﮐﮑﮒ
15:81
हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।
ﮓﮔﮕﮖﮗﮘﮙ
15:82
तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
ﮚﮛﮜﮝ
15:83
तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
ﮞﮟﮠﮡﮢﮣﮤ
15:84
तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।
ﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
15:85
र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।
ﯗﯘﯙﯚﯛﯜ
15:86
यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।
ﯝﯞﯟﯠﯡﯢﯣﯤ
15:87
र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।
ﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴ
15:88
तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।
ﯵﯶﯷﯸﯹﯺ
15:89
र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।
ﯻﯼﯽﯾﯿ
15:90
जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
ﭑﭒﭓﭔﭕ
15:91
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
ﭖﭗﭘﭙ
15:92
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
ﭚﭛﭜﭝ
15:93
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
ﭞﭟﭠﭡﭢﭣﭤ
15:94
तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
ﭥﭦﭧﭨ
15:95
जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।
ﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
15:96
जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺ
15:97
हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ
ﭻﭼﭽﭾﭿﮀﮁ
15:98
तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।
ﮂﮃﮄﮅﮆﮇ
15:99
र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







