PDF —
52 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-हाक्का pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-हाक्का pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-हाक्का अनुवाद. सूरा अल-हाक्का (Meccan) 52 आयत.

← अल-कलमसूरा अल-हाक्का अल-मआरिज →


52 आयत · Meccan · नेपाली
bismillah
ﮯﮰ
69:1 वास्तवमा भएर नै छाड्नेवाला
ﮱﯓﯔ
69:2 प्रमाणित हुनेवाला के हो
ﯕﯖﯗﯘﯙ
69:3 र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
ﯚﯛﯜﯝﯞ
69:4 त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
ﯟﯠﯡﯢﯣ
69:5 जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
ﯤﯥﯦﯧﯨﯩﯪ
69:6 र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻ
69:7 जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
ﯼﯽﯾﯿﰀﰁ
69:8 के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ
ﭑﭒﭓﭔﭕﭖﭗ
69:9 ‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।
ﭘﭙﭚﭛﭜﭝﭞ
69:10 र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦ
69:11 जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।
ﭧﭨﭩﭪﭫﭬﭭ
69:12 ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।
ﭮﭯﭰﭱﭲﭳﭴ
69:13 तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ
ﭵﭶﭷﭸﭹﭺﭻ
69:14 र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
ﭼﭽﭾﭿ
69:15 त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
ﮀﮁﮂﮃﮄﮅ
69:16 र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐ
69:17 र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।
ﮑﮒﮓﮔﮕﮖﮗ
69:18 त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।
ﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡ
69:19 अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।
ﮢﮣﮤﮥﮦﮧ
69:20 मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
ﮨﮩﮪﮫﮬ
69:21 अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
ﮭﮮﮯﮰ
69:22 उच्चा, भव्य स्वर्गमा
ﮱﯓﯔ
69:23 जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
ﯕﯖﯗﯘﯙﯚﯛﯜﯝ
69:24 (उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
ﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
69:25 तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
ﯩﯪﯫﯬﯭ
69:26 र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
ﯮﯯﯰﯱ
69:27 ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
ﯲﯳﯴﯵﯶﯷ
69:28 (आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
ﯸﯹﯺﯻ
69:29 (आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
ﯼﯽﯾ
69:30 (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
ﯿﰀﰁﰂ
69:31 अनि यसलाई नर्कमा हालिदेऊ ।
ﰃﰄﰅﰆﰇﰈﰉﰊ
69:32 अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
ﰋﰌﰍﰎﰏﰐﰑ
69:33 निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
ﰒﰓﰔﰕﰖﰗ
69:34 र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
ﰘﰙﰚﰛﰜﰝ
69:35 अतः आज यसको यहाँ न कोही मित्र छ ।
ﭑﭒﭓﭔﭕﭖ
69:36 र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
ﭗﭘﭙﭚﭛ
69:37 जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
ﭜﭝﭞﭟﭠ
69:38 अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
ﭡﭢﭣﭤ
69:39 र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
ﭥﭦﭧﭨﭩ
69:40 कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
ﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
69:41 र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
ﭳﭴﭵﭶﭷﭸﭹﭺ
69:42 र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
ﭻﭼﭽﭾﭿ
69:43 (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
ﮀﮁﮂﮃﮄﮅ
69:44 र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
ﮆﮇﮈﮉ
69:45 त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
ﮊﮋﮌﮍﮎ
69:46 अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
ﮏﮐﮑﮒﮓﮔﮕ
69:47 अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
ﮖﮗﮘﮙ
69:48 र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
ﮚﮛﮜﮝﮞﮟ
69:49 र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
ﮠﮡﮢﮣﮤ
69:50 साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
ﮥﮦﮧﮨ
69:51 यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।
ﮩﮪﮫﮬﮭ
69:52 अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers