सूरा अल-इनशिकाक pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-इनशिकाक pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-इनशिकाक अनुवाद. सूरा अल-इनशिकाक (Meccan) 25 आयत.
Related
- सूरा अल-इनशिकाक अनुवादनेपाली
- सूरा अल-इनशिकाक mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-इनशिकाक

ﭣﭤﭥﭦ
84:1
जब आकाश छिया–छिया परिहाल्नेछ ।
ﭧﭨﭩﭪ
84:2
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
ﭫﭬﭭﭮ
84:3
र जब धरतीलाई समतल पारिदिइनेछ ।
ﭯﭰﭱﭲﭳ
84:4
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
ﭴﭵﭶﭷ
84:5
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
ﭸﭹﭺﭻﭼﭽﭾﭿﮀ
84:6
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
ﮁﮂﮃﮄﮅﮆ
84:7
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
ﮇﮈﮉﮊﮋ
84:8
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
ﮌﮍﮎﮏﮐ
84:9
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
ﮑﮒﮓﮔﮕﮖﮗ
84:10
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
ﮘﮙﮚﮛ
84:11
त त्यसले मृत्युलाई पुकार्ने छ ।
ﮜﮝﮞ
84:12
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
ﮟﮠﮡﮢﮣﮤ
84:13
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
ﮥﮦﮧﮨﮩﮪ
84:14
र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
ﮫﮬﮭﮮﮯﮰﮱﯓ
84:15
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
ﯔﯕﯖﯗ
84:16
मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
ﯘﯙﯚﯛ
84:17
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
ﯜﯝﯞﯟ
84:18
र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
ﯠﯡﯢﯣﯤ
84:19
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
ﯥﯦﯧﯨﯩ
84:20
त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱ
84:21
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
ﯲﯳﯴﯵﯶ
84:22
बरु काफिरहरूले झुठ्लाउँछन् ।
ﯷﯸﯹﯺﯻ
84:23
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
ﯼﯽﯾﯿ
84:24
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
84:25
हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







