सूरा अल-गाशिया pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-गाशिया pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-गाशिया अनुवाद. सूरा अल-गाशिया (Meccan) 26 आयत.
Related
- सूरा अल-गाशिया अनुवादनेपाली
- सूरा अल-गाशिया mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-गाशिया

ﭽﭾﭿﮀﮁ
88:1
के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ
ﮂﮃﮄﮅ
88:2
त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
ﮆﮇﮈ
88:3
कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
ﮉﮊﮋﮌ
88:4
उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
ﮍﮎﮏﮐﮑ
88:5
उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
ﮒﮓﮔﮕﮖﮗﮘ
88:6
उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।
ﮙﮚﮛﮜﮝﮞﮟ
88:7
जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।
ﮠﮡﮢﮣ
88:8
त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
ﮤﮥﮦ
88:9
आफ्नो प्रयासमा प्रसन्न ।
ﮧﮨﮩﮪ
88:10
उच्च र शानदार स्वर्गमा हुनेछन् ।
ﮫﮬﮭﮮﮯ
88:11
जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
ﮰﮱﯓﯔ
88:12
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
ﯕﯖﯗﯘ
88:13
र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
ﯙﯚﯛ
88:14
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
ﯜﯝﯞ
88:15
र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
ﯟﯠﯡ
88:16
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
ﯢﯣﯤﯥﯦﯧﯨ
88:17
के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।
ﯩﯪﯫﯬﯭ
88:18
र आकाशतिर के कस्तो उच्च गरिएकोछ
ﯮﯯﯰﯱﯲ
88:19
र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ
ﯳﯴﯵﯶﯷ
88:20
र धरतीतिर कि कसरी बिछाइएको छ
ﯸﯹﯺﯻﯼ
88:21
तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।
ﯽﯾﯿﰀ
88:22
तपाई उनीहरूमाथि संरक्षक होइनौ ।
ﭑﭒﭓﭔﭕ
88:23
हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।
ﭖﭗﭘﭙﭚ
88:24
त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ
ﭛﭜﭝﭞ
88:25
निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।
ﭟﭠﭡﭢﭣ
88:26
अनि हामीले नै उनको हिसाब लिनेछौं ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







