PDF —
59 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अद-दुखान pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अद-दुखान pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अद-दुखान अनुवाद. सूरा अद-दुखान (Meccan) 59 आयत.



59 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒ
44:1 हा. मीम
ﭓﭔﭕ
44:2 र स्पष्ट किताबको कसम
ﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟ
44:3 निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।
ﭠﭡﭢﭣﭤﭥ
44:4 त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।
ﭦﭧﭨﭩﭪﭫﭬﭭ
44:5 हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।
ﭮﭯﭰﭱﭲﭳﭴﭵﭶ
44:6 तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।
ﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀ
44:7 आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।
ﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌ
44:8 उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।
ﮍﮎﮏﮐﮑﮒ
44:9 तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।
ﮓﮔﮕﮖﮗﮘﮙ
44:10 तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।
ﮚﮛﮜﮝﮞﮟﮠ
44:11 जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।
ﮡﮢﮣﮤﮥﮦﮧ
44:12 भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।
ﮨﮩﮪﮫﮬﮭﮮﮯ
44:13 अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।
ﮰﮱﯓﯔﯕﯖﯗ
44:14 अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।
ﯘﯙﯚﯛﯜﯝﯞﯟ
44:15 हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।
ﯠﯡﯢﯣﯤﯥﯦ
44:16 जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।
ﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰ
44:17 र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।
ﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻ
44:18 यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
44:19 र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।
ﭜﭝﭞﭟﭠﭡﭢ
44:20 र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
ﭣﭤﭥﭦﭧﭨ
44:21 र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।
ﭩﭪﭫﭬﭭﭮﭯ
44:22 तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
ﭰﭱﭲﭳﭴﭵ
44:23 (आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
ﭶﭷﭸﭹﭺﭻﭼﭽ
44:24 र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
ﭾﭿﮀﮁﮂﮃ
44:25 उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
ﮄﮅﮆﮇ
44:26 र खेतीहरू र राम्रा घरहरू
ﮈﮉﮊﮋﮌ
44:27 र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।
ﮍﮎﮏﮐﮑﮒ
44:28 यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।
ﮓﮔﮕﮖﮗﮘﮙﮚﮛ
44:29 अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣ
44:30 र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।
ﮤﮥﮦﮧﮨﮩﮪﮫﮬ
44:31 जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।
ﮭﮮﮯﮰﮱﯓﯔ
44:32 र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।
ﯕﯖﯗﯘﯙﯚﯛﯜ
44:33 र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।
ﯝﯞﯟﯠ
44:34 यिनीहरूले यो नै भन्छन्
ﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
44:35 कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।
ﯪﯫﯬﯭﯮﯯ
44:36 यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।
ﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽ
44:37 के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।
ﯾﯿﰀﰁﰂﰃﰄﰅ
44:38 हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।
ﰆﰇﰈﰉﰊﰋﰌﰍﰎ
44:39 बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।
ﭑﭒﭓﭔﭕﭖ
44:40 निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।
ﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡ
44:41 जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।
ﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
44:42 किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
ﭫﭬﭭﭮ
44:43 निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
ﭯﭰﭱ
44:44 गुनेहगारहरूको भोजन हुनेछ
ﭲﭳﭴﭵﭶ
44:45 पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।
ﭷﭸﭹ
44:46 जस्तो कि पानी उम्लिन्छ ।
ﭺﭻﭼﭽﭾﭿ
44:47 यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇ
44:48 अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।
ﮈﮉﮊﮋﮌﮍ
44:49 स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।
ﮎﮏﮐﮑﮒﮓﮔ
44:50 यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
ﮕﮖﮗﮘﮙﮚ
44:51 निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
ﮛﮜﮝﮞ
44:52 बगैचाहरू र श्रोतहरूमा
ﮟﮠﮡﮢﮣﮤ
44:53 रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
ﮥﮦﮧﮨﮩ
44:54 यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।
ﮪﮫﮬﮭﮮﮯ
44:55 त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
44:56 त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।
ﯝﯞﯟﯠﯡﯢﯣﯤﯥ
44:57 यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।
ﯦﯧﯨﯩﯪﯫ
44:58 हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।
ﯬﯭﯮﯯ
44:59 अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers