सूरा अल-हज्ज
PDF —
78 आयत Medinan PDF
Built right in your browser — download starts automatically

सूरा अल-हज्ज pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-हज्ज pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-हज्ज अनुवाद. अल-हज्ज (Medinan) 78 आयत.

Related



सूरा अल-हज्ज
78 आयत · Medinan · नेपाली
bismillah
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।
ﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुने छैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵ
हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞ
यो यसकारण हो कि अल्लाह नै सत्य छ र उसैले मृतकहरूलाई जीवित गर्दछ र उसलाई प्रत्येक कुराको लागि सामथ्र्य छ ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫ
र यो कि कियामत निश्चितरूपले आउनेवाला छ, यसमा कुनै सन्देह छैन र यो कि अवश्य महान अल्लाह सबै मानिसहरूलाई, जुन कि कब्रमा(चिहानमा) छन्, पुनः जीवित पारी उठाउनेछ ।
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹ
केही मानिसहरू जो कुनै ज्ञान, मार्गदर्शन र किताब बिना अल्लाहको बारेमा झगडा गर्दछन् ।
ﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
केही यस्ता छन् कि घमण्डले तर्कन्छन् ताकि अल्लाहको बाटोबाट विचलित गरिदेओस्, उसको लागि संसारमा अपमान छ र कियामतको दिन पनि हामीले उसलाई नर्कमा आगोको यातनाको स्वाद चखाउनेछौं ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
‘‘यो त्यस कर्मको कारणले हो जुन कि तिम्रा हातहरूले अगाडि पठाएका थिए र यसकारण कि अल्लाह भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्नेछैन ।
ﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓ
केही मानिसहरू यस्ता पनि छन् जो कि एउटा छेउमा रहेर अल्लाहको उपासना गर्दछन् । यदि उसलाई लाभ पुग्यो भने त्यसबाट सन्तुष्ट हुने गर्दछन् र यदि कुनै विपत्ति आइपर्यो भने उसैबेला विमुख भइहाल्छन् । उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा ।
ﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣ
(उनीहरूले) अल्लाहलाई छाडी त्यसलाई पुकार्दछन् जसले उनलाई न हानि पुर्याउन सक्छ र न त्यसलाई लाभ पुर्याउन सक्छ, यो नै ठूलो मार्गविचलन हो ।
ﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯ
त्यसलाई पुकार्दछन् जसबाट पुग्ने हानि त्यसबाट अपेक्षित लाभको अपेक्षा अधिक निकट छ । यी साह्रै नै नराम्रो संरक्षक हुन् र साह्रै नराम्रो साथी ।
ﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
आस्थावान र असल कर्म गर्ने मानिसहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछ, जसमुनि नहरहरू बगिराखेका हुनेछन् निःसन्देह अल्लाहले जे चाहन्छ त्यो गर्दछ ।
ﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘﰙ
जसले यो ठान्दछ कि अल्लाहले आफ्नो रसूलको मद्दत यस संसार र आखिरत दुवै ठाउँमा गर्नेछैन, त उसले अग्लो ठाउँमा आफ्नो घाँटीमा डोरी बाँधेर (आफ्नो) घाँटी काटोस्, अनि हेरोस् कि उसको चालले त्यो कुरा अलग भइहाल्छ जुन उसलाई छट्पटाइराखेको छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰ
यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथी उम्लिराखेको पानी खन्याइने छ ।
ﮱﯓﯔﯕﯖﯗﯘ
यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।
ﯙﯚﯛﯜﯝ
र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।
ﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪ
जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
(निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्ता स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
उनीहरूलाई पवित्र कुराको मार्गदर्शन गरियो र उनीहरूलाई प्रशंसित अल्लाहको मार्ग देखाइसकिएको छ ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵ
जुन मानिसहरूले अविश्वास गरे र अल्लाहको मार्गबाट रोक्दछन् र त्यस प्रतिष्ठित मस्जिद कअ्बाबाट पनि, जसलाई हामीले मानिसहरूको निम्ति त्यहाँका बासिन्दा होस् वा बाहिरबाट आएका सबैका लागि समान गरिदिएका छौं, जुन व्यक्तिले त्यस (प्रतिष्ठित मस्जिद) मा अत्याचारको साथ विभेद गर्न चाहन्छ भने, त्यसलाई हामीले कष्टपूर्ण यातनाको स्वाद चखाउनेछौं ।
ﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
स्मरण गर जब हामीले इब्राहीमको निम्ति अल्लाहको घर (कअ्बा) ठेगाना बनायौं, यस आदेशको साथ कि मेरो दाँजोमा कसैलाई साझेदार नठहराउनु मेरो घरलाई तवाफ (परिक्रमा) गर्ने, उपासना गर्ने नमाज पढ्ने (रुकूअ् र सिज्दा गर्नेहरू) हरूको निम्ति पवित्र राख ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
र मानिसहरूमा हज्जको निम्ति उद्घोषणा गरिदिनु कि तिनीहरू तिम्रो पासमा टाढा–टाढाबाट, पैदल पनि आउनेछन् र दुबला पातला ऊँटहरूबाट सवार भई अनेक बाटो भएर आउँनेछन् ।
ﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫ
(तिनीहरूले) आफ्नो लाभ प्राप्त गर्न आउन् र ती निश्चित दिनहरूमा ती चौपायाहरूमाथि अल्लाहको नाम लिउँन्, जुन पाल्तू छन् । अनि त्यसबाट स्वयम् पनि खाऊ र गरीब निमुखाहरूलाई पनि खुवाऊ ।
ﮬﮭﮮﮯﮰﮱﯓﯔﯕ
फेरि उनीहरूलाई आवश्यक छ कि आफ्ना फोहोर–मैला खतम पारुन् (कपाल इत्यादि सफा गरुन्) र आफ्ना कबोल गरेका कुराहरू (मन्नतहरू) पूरा गरुन् र अल्लाहको यस पूरातन घरको तवाफ (परिक्रमा) गरुन् ।
ﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱ
यी कुराहरूको ध्यानराख र जो कोही अल्लाहद्वारा निर्धारित मर्यादाहरूको आदर गर्दछ, यो उसको पालनकर्ताकहाँ उसैको निम्ति राम्रो हुनेछ, र तिम्रो निम्ति चौपाया पशुहरू हलाल गरिएका छन्, ती बाहेक जुन कि तिमीलाई भनिसकिएको छ । तसर्थ तिमीहरूले मूर्तिहरूको अपवित्रताबाट बच्नुपर्छ र झूठो कुराहरूबाट पनि बच्नुपर्छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧ
अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ ।
ﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् ।
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।
ﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥ
यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥ
र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
ﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼ
कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।
ﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌ
(हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜ
जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामथ्र्यवान छ ।
ﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃ
यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖ
यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।
ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠ
र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।
ﮡﮢﮣﮤﮥ
र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕ
र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो
ﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤ
धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।
ﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽ
के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠ
र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।
ﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴﭵ
(हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।
ﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤ
तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।
ﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗ
यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।
ﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮ
र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाटै नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।
ﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞ
त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्गमा) मा हुनेछन् ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧ
र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।
ﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄ
उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।
ﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘ
कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।
ﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।
ﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛ
यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।
ﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬ
के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।
ﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺ
उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭ
के तपाईले देख्नुभएन कि धरतीमा जेजति छ त्यसलाई अल्लाहले नै तिम्रो निम्ति बशीभूत गरिहालेको छ र डुङ्गा पनि उसको आदेशबाट समुद्रमा चल्छन् र उसैले आकाशलाई उसको आदेश बिना धरतीमा खस्नुबाट रोकेको छ । निःसन्देह अल्लाह मानिसहरूको लागि बडो करुणाशील र दयावान छ ।
ﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹ
उसैले तिमीलाई जीवन प्रदान गर्यो । अनि उसैले तिमीलाई मृत्यु दिन्छ र फेरि उसैले तिमीलाई जीवित पार्नेछ । निःसन्देह मानव अकृतज्ञ छ ।
ﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎ
प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।
ﮏﮐﮑﮒﮓﮔﮕﮖ
फेरि पनि यदि यिनीहरूले तपाईसित झगडा गर्दछन् भने, तपाई भनिदिनुस् कि तिमीहरूको कर्म अल्लाह राम्ररी जान्दछ ।
ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠ
निःसन्देह तिमीहरूको विवादहरूको निर्णय अल्लाहले कियामतको दिन गरिदिनेछ ।
ﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
के तपाईलाई थाहा भएन कि जे जति आकाश र धरतीमा छ अल्लाह सबै जान्दछ । निश्चय नै त्यो (कर्मपत्र) एउटा किताबमा अंकित छ, निःसन्देह त्यो (निर्णय) अल्लाहको निम्ति अत्यन्त सरल छ ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪ
र तिनीहरूले अल्लाह बाहेक उनीहरूको उपासना गर्दछन्, जसको निम्ति नत कुनै अल्लाहद्वारा प्रमाण उतरेको छ नत उनीहरूलाई नै त्यसको विषयमा कुनै ज्ञान छ र यी अत्याचारीहरूको कोही मद्दत गर्नेछैन ।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌ
जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰ
हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।
ﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈ
अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
ﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔ
जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।
ﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡ
हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागी रहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
ﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴ
र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियो रूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers