सूरा अल-मुल्क
PDF —
30 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-मुल्क pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-मुल्क pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मुल्क अनुवाद. अल-मुल्क (Meccan) 30 आयत.



सूरा अल-मुल्क
30 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामथ्र्यवान छ ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧ
जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ ।
ﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼ
जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ
ﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ ।
ﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं ।
ﮖﮗﮘﮙﮚﮛﮜﮝﮞ
र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो ।
ﮟﮠﮡﮢﮣﮤﮥﮦﮧ
जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ ।
ﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗ
यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’
ﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪ
उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ ।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶ
र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं ।
ﯷﯸﯹﯺﯻﯼ
यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नारकीहरू टाढा रहुन् ।
ﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆ
निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डरने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
तिमीहरूले कुरा लुकाएर भन वा प्रकटरूपले, उसले हृदयका रहस्यहरूसमेत जान्दछ ।
ﭜﭝﭞﭟﭠﭡﭢﭣ
के उसले जान्ने छैन जसले सृष्टि गरेको छ ? जबकि ऊ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि छ ।
ﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳ
उही त हो जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्यो । ताकि तिमीले उसका बाटोहरूमा हिंड्डुल गर्नेगर र अल्लाहद्धारा प्रदान गरिएको जीविका उपभोग गर, र तिमीले उसैको पासमा दोस्रोपटक जीवित भएर जानुपर्नेछ ।
ﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीलाई धरतीमा गाडिदेओस् अनि त्यसबेला पृथ्वीमा कम्पन हुनथालोस् ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍ
वा के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीमाथि पथरको वर्षा गरिदेओस् ? अनि तिमीलाई थाहा भइहाल्नेछ कि मेरो चेतावनी कस्तो थियो ।
ﮎﮏﮐﮑﮒﮓﮔﮕﮖ
र यिनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा ठहराएका थिए, अतः हेरिहाल कि उनीमाथि मेरो यातना कस्तो भयो
ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
के यिनीहरूले आफ्ना टाउकाहरूमाथि पखेटा फैलाएर वा खुम्च्याएर उडिराखेका पंक्षिहरूलाई देखेनन् ? अल्लाहले नै उनीहरूलाई हावामा थामी राखेको हुन्छ । निःसन्देह त्यसले हरेक कुरालाई देखिराखेको छ ।
ﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚ
अल्लाह बाहेक तिम्रो कुन चाहिं सेना छ, जसले तिम्रो सहायता गर्न सकोस् । काफिरहरू त भ्रममा छन् ।
ﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
यदि अल्लाहले आफ्नो जीविका बन्द गरिदिन्छ भने भन त्यो को हो जसले तिमीलाई जीविका दिन्छ ? तर यिनीहरू अटेरीपना र घृणामा अल्झेका छन् ।
ﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵ
त्यो व्यक्ति बढी मार्गदर्शन प्राप्त गरेको छ जो टाउको टेकेर हिँडछ वा त्यो व्यक्ति जसले सोझो (खुट्टा टेकेर) बाटोमा हिंड्छ
ﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃ
भनिदिनुस् त्यो अल्लाह नै हो, जसले तिमीलाई पैदा गर्यो र तिम्रा कान, आँखा र हृदयको रचना गर्यो तर तिमीले कम कृतज्ञता देखाउँछौ ।
ﰄﰅﰆﰇﰈﰉﰊﰋﰌ
भनिदिनुस् कि उही हो, जसले तिमीलाई धरतीमा फैलायो र उसैको सामु तिमीहरू एकत्रित गरिनेछौ ।
ﰍﰎﰏﰐﰑﰒﰓﰔ
काफिरहरूले भन्दछन्ः कि यदि तिमी साँचो हौ भने त्यो वाचा कहिले हुनेछ बताऊ
ﰕﰖﰗﰘﰙﰚﰛﰜﰝﰞ
तपाई भनिदिनुस् कि यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म स्पष्टरूपले डर सुनाउनेवाला हूँ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞ
जब उनीहरूले त्यस वचालाई नजिकबाट हेर्नेछन् त काफिहरूको अनुहार त्यसबेला बिग्रीहल्नेछ र उनीहरूसित भनिनेछ कि यो त्यही हो जसको तिमीले मांग गर्ने गर्दथ्यौ ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮ
तपाई भनिदिनुस् कि हेर यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई नष्ट गरिदेओस् वा हामीमाथि दया गरोस्, त को छ जसले काफिरहरूलाई दुःखद यातनाबाट बचाउन सक्दछ
ﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽ
तपाई भनिदिनुस् कि उही अल्लाह–रहमान हो, हामीले उसैमाथि ईमान ल्याएका छौं र उसैमाथि भरोसा गर्दछौं । तिमीलाई छिट्टै थाहा भइहाल्ने छ कि खुल्ला मार्ग विचलिनमा को छ
ﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈ
तपाई भनिदिनुस् कि यो त बताऊ कि यदि तिम्रो (पिउने) पानी सुखिहाल्छ भने को छ जसले तिमीलाई निर्मल जल प्रवाहित गरिदिनेछ

पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers