PDF —
78 आयत Medinan PDF
Built right in your browser — download starts automatically

सूरा अर-रहमान pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अर-रहमान pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अर-रहमान अनुवाद. सूरा अर-रहमान (Medinan) 78 आयत.

← अल-कमरसूरा अर-रहमान अल-वाकिया →


78 आयत · Medinan · नेपाली
bismillah
ﭷﭸ
55:1 रहमान (अल्लाह) ले
ﭹﭺﭻ
55:2 कुरआन सिकायो ।
ﭼﭽﭾ
55:3 उसैले मानिसहरूलाई सृष्टि गर्यो
ﭿﮀﮁ
55:4 र उसलाई बोल्न सिकायो ।
ﮂﮃﮄﮅ
55:5 सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
ﮆﮇﮈﮉ
55:6 र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
ﮊﮋﮌﮍﮎ
55:7 र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
ﮏﮐﮑﮒﮓ
55:8 ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
ﮔﮕﮖﮗﮘﮙﮚ
55:9 न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
ﮛﮜﮝﮞ
55:10 र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
ﮟﮠﮡﮢﮣﮤ
55:11 त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
ﮥﮦﮧﮨﮩ
55:12 र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
ﮪﮫﮬﮭﮮ
55:13 तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
ﮯﮰﮱﯓﯔﯕ
55:14 उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
ﯖﯗﯘﯙﯚﯛﯜ
55:15 र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
ﯝﯞﯟﯠﯡ
55:16 तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
ﯢﯣﯤﯥﯦ
55:17 ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
ﯧﯨﯩﯪﯫ
55:18 अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ
ﭑﭒﭓﭔ
55:19 उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
ﭕﭖﭗﭘﭙ
55:20 ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
ﭚﭛﭜﭝﭞ
55:21 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭟﭠﭡﭢﭣ
55:22 ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
ﭤﭥﭦﭧﭨ
55:23 अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
ﭩﭪﭫﭬﭭﭮﭯ
55:24 र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
ﭰﭱﭲﭳﭴ
55:25 तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭵﭶﭷﭸﭹ
55:26 प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
ﭺﭻﭼﭽﭾﭿﮀ
55:27 तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
ﮁﮂﮃﮄﮅ
55:28 त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑ
55:29 आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
ﮒﮓﮔﮕﮖ
55:30 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﮗﮘﮙﮚﮛ
55:31 हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
ﮜﮝﮞﮟﮠ
55:32 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓ
55:33 हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
ﯔﯕﯖﯗﯘ
55:34 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﯙﯚﯛﯜﯝﯞﯟﯠﯡ
55:35 तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
ﯢﯣﯤﯥﯦ
55:36 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
ﯧﯨﯩﯪﯫﯬﯭ
55:37 अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
ﯮﯯﯰﯱﯲ
55:38 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﯳﯴﯵﯶﯷﯸﯹﯺﯻ
55:39 अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
ﯼﯽﯾﯿﰀ
55:40 अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﰁﰂﰃﰄﰅﰆﰇ
55:41 गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
ﭑﭒﭓﭔﭕ
55:42 अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭖﭗﭘﭙﭚﭛﭜ
55:43 यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
ﭝﭞﭟﭠﭡﭢ
55:44 उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
ﭣﭤﭥﭦﭧ
55:45 तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
ﭨﭩﭪﭫﭬﭭ
55:46 र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
ﭮﭯﭰﭱﭲ
55:47 त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
ﭳﭴﭵ
55:48 ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
ﭶﭷﭸﭹﭺ
55:49 त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
ﭻﭼﭽﭾ
55:50 यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
ﭿﮀﮁﮂﮃ
55:51 त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
ﮄﮅﮆﮇﮈﮉ
55:52 ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
ﮊﮋﮌﮍﮎ
55:53 अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙ
55:54 स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
ﮚﮛﮜﮝﮞ
55:55 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
ﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
55:56 त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
ﮩﮪﮫﮬﮭ
55:57 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﮮﮯﮰﮱ
55:58 ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
ﯓﯔﯕﯖﯗ
55:59 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﯘﯙﯚﯛﯜﯝ
55:60 भलाईको बदला भलाई बाहेक अरु के हुनेछ
ﯞﯟﯠﯡﯢ
55:61 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
ﯣﯤﯥﯦ
55:62 र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
ﯧﯨﯩﯪﯫ
55:63 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
ﯬﯭ
55:64 दुवै निकै गाढा हरिया छन् ।
ﯮﯯﯰﯱﯲ
55:65 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
ﯳﯴﯵﯶ
55:66 ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
ﯷﯸﯹﯺﯻ
55:67 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﯼﯽﯾﯿﰀ
55:68 यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
ﰁﰂﰃﰄﰅ
55:69 अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭑﭒﭓﭔ
55:70 यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
ﭕﭖﭗﭘﭙ
55:71 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭚﭛﭜﭝﭞ
55:72 गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
ﭟﭠﭡﭢﭣ
55:73 त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭤﭥﭦﭧﭨﭩﭪ
55:74 जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
ﭫﭬﭭﭮﭯ
55:75 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭰﭱﭲﭳﭴﭵﭶ
55:76 उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
ﭷﭸﭹﭺﭻ
55:77 त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
ﭼﭽﭾﭿﮀﮁﮂ
55:78 ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers