PDF —
96 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-वाकिया pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-वाकिया pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-वाकिया अनुवाद. सूरा अल-वाकिया (Meccan) 96 आयत.

← अर-रहमानसूरा अल-वाकिया अल-हदीद →


96 आयत · Meccan · नेपाली
bismillah
ﮃﮄﮅﮆ
56:1 जब कयामत घटित भइहाल्ने छ ।
ﮇﮈﮉﮊ
56:2 त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
ﮋﮌﮍ
56:3 कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
ﮎﮏﮐﮑﮒ
56:4 जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
ﮓﮔﮕﮖ
56:5 र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
ﮗﮘﮙﮚ
56:6 अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
ﮛﮜﮝﮞ
56:7 र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
ﮟﮠﮡﮢﮣﮤ
56:8 त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
ﮥﮦﮧﮨﮩﮪ
56:9 र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
ﮫﮬﮭ
56:10 र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
ﮮﮯﮰ
56:11 तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
ﮱﯓﯔﯕ
56:12 अनुकम्पाले भरिएको जन्नतमा छन् ।
ﯖﯗﯘﯙ
56:13 धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
ﯚﯛﯜﯝ
56:14 र थोरै पछिकाहरूमध्येबाट ।
ﯞﯟﯠﯡ
56:15 यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
ﯢﯣﯤﯥ
56:16 एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
ﭑﭒﭓﭔﭕ
56:17 उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
ﭖﭗﭘﭙﭚﭛ
56:18 अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
ﭜﭝﭞﭟﭠﭡ
56:19 जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
ﭢﭣﭤﭥ
56:20 र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
ﭦﭧﭨﭩﭪ
56:21 र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
ﭫﭬﭭ
56:22 र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू
ﭮﭯﭰﭱ
56:23 जो लुकेको मोती जस्ती हुनेछिन् ।
ﭲﭳﭴﭵﭶ
56:24 यो उनीहरूको कर्मको प्रतिफल हो ।
ﭷﭸﭹﭺﭻﭼﭽ
56:25 त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
ﭾﭿﮀﮁﮂ
56:26 उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
ﮃﮄﮅﮆﮇﮈ
56:27 र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
ﮉﮊﮋﮌ
56:28 उनी काँडा नभएका बयरहरू
ﮍﮎﮏ
56:29 र गुच्छेदार केराहरू
ﮐﮑﮒ
56:30 र परसम्म फैलिएका छाँयाहरू
ﮓﮔﮕ
56:31 र पानीका झरनाहरू
ﮖﮗﮘ
56:32 र प्रशस्त फलहरूमा (हुनेछन्)
ﮙﮚﮛﮜﮝ
56:33 जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
ﮞﮟﮠ
56:34 र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
ﮡﮢﮣﮤ
56:35 हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
ﮥﮦﮧ
56:36 अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
ﮨﮩﮪ
56:37 समान उमेरकी र मायालु ।
ﮫﮬﮭ
56:38 दाहिने हातवालाहरूको निम्ति हुन् ।
ﮮﮯﮰﮱ
56:39 यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
ﯓﯔﯕﯖ
56:40 र पछिल्लामध्येका पनि धेरै हुनेछन्
ﯗﯘﯙﯚﯛﯜ
56:41 र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
ﯝﯞﯟﯠ
56:42 गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
ﯡﯢﯣﯤ
56:43 र कालो धुवाँको छाँयामा
ﯥﯦﯧﯨﯩ
56:44 जुन न चिसो छ न रुचाउने योग्य ।
ﯪﯫﯬﯭﯮﯯ
56:45 निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
ﯰﯱﯲﯳﯴﯵ
56:46 र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
ﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
56:47 र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
ﰀﰁﰂ
56:48 र के हाम्रा बाबु बाजे पनि
ﰃﰄﰅﰆﰇ
56:49 तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
ﰈﰉﰊﰋﰌﰍ
56:50 सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
ﭑﭒﭓﭔﭕﭖ
56:51 अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
ﭗﭘﭙﭚﭛﭜ
56:52 थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
ﭝﭞﭟﭠ
56:53 र यसैले पेट भर्ने छौ
ﭡﭢﭣﭤﭥ
56:54 र यसमाथि उम्लिराखेको पानी पिउनेछौ
ﭦﭧﭨﭩ
56:55 र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो
ﭪﭫﭬﭭﭮ
56:56 कयामतको दिन उनीहरूको सत्कार हो यो
ﭯﭰﭱﭲﭳ
56:57 हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ
ﭴﭵﭶﭷ
56:58 हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ
ﭸﭹﭺﭻﭼﭽ
56:59 के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं
ﭾﭿﮀﮁﮂﮃﮄﮅ
56:60 हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏ
56:61 कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
ﮐﮑﮒﮓﮔﮕﮖ
56:62 तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ
ﮗﮘﮙﮚ
56:63 अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ
ﮛﮜﮝﮞﮟﮠ
56:64 के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं
ﮡﮢﮣﮤﮥﮦﮧ
56:65 यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
ﮨﮩﮪ
56:66 (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं
ﮫﮬﮭﮮ
56:67 बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
ﮯﮰﮱﯓﯔ
56:68 अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
ﯕﯖﯗﯘﯙﯚﯛﯜ
56:69 उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
ﯝﯞﯟﯠﯡﯢﯣ
56:70 यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
ﯤﯥﯦﯧﯨ
56:71 हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
ﯩﯪﯫﯬﯭﯮﯯ
56:72 (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
ﯰﯱﯲﯳﯴﯵ
56:73 हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
ﯶﯷﯸﯹﯺ
56:74 अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
ﯻﯼﯽﯾﯿﰀ
56:75 म खस्ने ताराहरूको कसम खान्छु ।
ﰁﰂﰃﰄﰅﰆ
56:76 र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो
ﭑﭒﭓﭔ
56:77 निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो
ﭕﭖﭗﭘ
56:78 जो एउटा सुरक्षित किताबमा अंकित छ ।
ﭙﭚﭛﭜﭝ
56:79 त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
ﭞﭟﭠﭡﭢ
56:80 सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
ﭣﭤﭥﭦﭧ
56:81 के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
ﭨﭩﭪﭫﭬ
56:82 र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
ﭭﭮﭯﭰﭱ
56:83 अनि जब प्राण कण्ठमा आइपुग्दछ
ﭲﭳﭴﭵ
56:84 र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ
ﭶﭷﭸﭹﭺﭻﭼﭽ
56:85 र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
ﭾﭿﮀﮁﮂﮃ
56:86 अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
ﮄﮅﮆﮇﮈ
56:87 र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
ﮉﮊﮋﮌﮍﮎ
56:88 अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
ﮏﮐﮑﮒﮓ
56:89 भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
ﮔﮕﮖﮗﮘﮙﮚ
56:90 र जो दाहिने हातावालामध्येको छ
ﮛﮜﮝﮞﮟﮠ
56:91 तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
ﮡﮢﮣﮤﮥﮦﮧ
56:92 तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
ﮨﮩﮪﮫ
56:93 त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ
ﮬﮭﮮ
56:94 र (फेरि) नर्कमा जानु छ ।
ﮯﮰﮱﯓﯔﯕ
56:95 निःसन्देह यो (खबर) पूरै सत्य हो ।
ﯖﯗﯘﯙﯚ
56:96 अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers