PDF —
37 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-जासिया pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-जासिया pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-जासिया अनुवाद. सूरा अल-जासिया (Meccan) 37 आयत.

← अद-दुखानसूरा अल-जासिया अल-अहकाफ →


37 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒ
45:1 हा. मीम
ﭓﭔﭕﭖﭗﭘﭙ
45:2 यस किताबको अवतरण अल्लाहको तर्फबाट भएको हो, जो अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
ﭚﭛﭜﭝﭞﭟﭠ
45:3 निःसन्देह आकाशहरू र धरतीमा ईमानवालाहरूका निम्ति धेरै निशानीहरू छन् ।
ﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
45:4 र तिम्रो संरचनामा पनि र जनावरहरूमा पनि, जसलाई त्यसैले फैलाउँछ, विश्वास गर्नेहरूको निम्ति धेरै निशानीहरू छन् ।
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
45:5 र रात र दिनको फेरबदलमा पनि, र त्यस रोजी (जीविका)मा पनि जसलाई अल्लाहले आकाशबाट अवतरित गरेर उसद्वारा धरतीलाई त्यसको मृत्यु भइसके पश्चात जीवित पार्दछ र वायुहरूको परिवर्तनकालमा पनि ती मानिसहरूका निम्ति धेरै निशानीहरू छन् जो बुद्धिमान छन् ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍ
45:6 यी अल्लाहका आयतहरू हुनु, हामीले उनीहरूलाई सत्यताको साथ सुनाइराखे छौं । अब अल्लाह र त्यसका आयतहरू पश्चात अन्य कुन कुरो छ जसमा उनीहरूले विश्वास गर्नेछन् ।
ﮎﮏﮐﮑﮒ
45:7 प्रत्येक झूठा गुनहगारलाई ‘‘वैल’’ सत्यानाश छ
ﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢ
45:8 जुन अल्लाहका आयतहरूलाई सुन्दछ जुन पढेर सुनाइन्छ तर घमण्ड गरी यस्तो जिद गर्छ, मानौं तिनलाई सुनेकै छैन, त यस्ता व्यक्तिहरूलाई दुःखदिने यातनाको शुभसमाचार सुनाइदेऊ ।
ﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯ
45:9 र जब हाम्रा केही आयतहरूबारे उनीहरूलाई थाहा हुन्छ, तब तिनका उपहास गर्दछन्, यस्ता व्यक्तिहरूको निम्ति अपमानजनक यातना छ ।
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦ
45:10 उनीहरूको पछाडि नर्क छ, र जुन काम उनीहरूले गरिरहे, उनीहरूको कुनै पनि काम आउँनेछैन, र न ती नै जसलाई उनीहरूले अल्लाह बाहेक पूज्य बनाएका थिए । र उनीहरूको निम्ति ठूलो यातना छ ।
ﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳ
45:11 यो (कुरआन) सर्वथा मार्गदर्शन हो । र जुन मानिसले आफ्नो पालनकर्ताका आयतहरूलाई इन्कार गरे, उनीहरूको निम्ति अत्यन्त कष्टदायक यातना छ ।
ﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃ
45:12 त्यो अल्लाह नै हो जसले समुन्द्रलाई तिम्रो वशीभूत गरिदिएको छ, ताकि उसको आदेशले त्यसमा डुङ्गाहरू चलुन्, र ताकि तिमीले उसको उदार अनुग्रह खोजः र यसकारण कि तिमी कृतज्ञता देखाऊ ।
ﰄﰅﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕ
45:13 जे–जाति कुरा आकाशहरूमा छन् र जे–जाति धरतीमा छन्, त्यसले ती सबैलाई आफ्नो तर्फबाट तिम्रो अधिकारमा लगाइराखेको छ । निश्चय नै यसमा ती मानिसहरूको निम्ति निशानीहरू छन्, जसले बुद्धिले काम लिन्छन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟ
45:14 मोमिनहरूलाई भनिदेऊः कि ‘‘जुन मानिसहरूले अल्लाहको (नराम्रो) दिनको आशा गर्दैनन् उनीहरूलाई क्षमा गरिदेऊन् ताकि महान अल्लाहले उनीहरूलाई उनीहरूको आफ्नो कमाईको प्रतिफल देओस् ।’’
ﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭ
45:15 जसले राम्रो कर्म गर्दछ, त्यसले आफ्नो निम्ति गर्नेछ र जसले नराम्रो कर्म गर्दछ त त्यसको हानि त्यसैले बेहोर्नु पर्नेछ, अनि तिमी आफ्नो पालनकर्तातिर फर्कनेछौ ।
ﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
45:16 निश्चय नै हामीले बनी इस्राईलको सन्तानलाई किताब र हुकूमत र पैगम्बरी प्रदान गरेका थियौं । उनीहरूलाई पवित्र जीविका पनि प्रदान गर्यौं र संसारमाथि उनलाई श्रेष्ठता प्रदान गर्यौं ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖ
45:17 र उनीहरूलाई धर्मको बारेमा स्पष्ट प्रमाणहरू प्रदान गर्यौं, अनि उनीहरूले जुन विवाद गरे, (त्यो) ज्ञान आइसके पश्चात आपसी ज्यादतीको कारणले गरे । निश्चय नै तिम्रो पालनकर्ता कियामतको दिन उनीहरूबीच ती कुराको बारेमा फैसला गरिदिनेछ, जसमा उनीहरू आपसमा विवाद गरिराखेका छन् ।
ﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤ
45:18 अनि हामीले तिमीलाई धर्मको खुला मार्गमा स्थापित गर्यौं, तसर्थ त्यसैको अनुशरण गर र अज्ञानीहरूको इच्छाहरूको पछि पछि नलाग्नु ।
ﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗ
45:19 यिनीहरू अल्लाहको सामु तिम्रो कुनै काम आउने छैनन्, अत्याचारीहरू एक अर्काका मित्र हुन्छन् र अल्लाह परहेजगारहरूको मित्र हो ।
ﯘﯙﯚﯛﯜﯝﯞﯟ
45:20 यो (कुरआन) मानिसहरूको निम्ति हिक्मतको कुरा हो, जसले विश्वास गर्दछन् उनीहरूको निम्ति मार्गदर्शन र दयालुता हो ।
ﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲ
45:21 जसले नराम्रो कर्म गर्दछन्, के उनीहरूले यो ठान्दछन्, कि हामीले उनीलाई ती मानिसहरू जस्तो बनाइदिन्छौं, जसले विश्वास गरे, र असल कर्म गरिरहे (र) उनीहरूको जीवन र मृत्यु एकनास हुनेछ ? यिनीहरूले जो निर्णय गर्दछन् ती सबै नराम्रा छन् ।
ﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀ
45:22 र अल्लाहले आकाशहरू र धरतीलाई संतुलनको साथ सृष्टि गर्यौ र यसकारण, कि प्रत्येक व्यक्तिलाई उसको कमाईको प्रतिफल दिइयोस्, र उनीमाथि अत्याचार गरिने छैन ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
45:23 के तिमीले त्यस व्यक्तिलाई पनि देख्यौ ? जसले आफ्नो हवसलाई उपास्य बनाइहाल्यो ? अल्लाहले ज्ञानको बावजूद उसलाई मार्गबिचलनमा पारिदियो, र उसका कान र हृदयमाथि ठप्पा लगाइदियो र उनीको आँखाहरूमाथि आवरण हालिदियो । अब अल्लाह पश्चात कसले उसलाई मार्गमा ल्याउन सक्छ ? के तिमीले शिक्षा ग्रहण गर्दैनौ
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂ
45:24 र उनीहरूले भन्दछन्ः कि ‘‘हाम्रो जीवन त मात्र सांसारिक जीवन नै हो । हामी मर्दछौं, जिउँदछौ र बाँच्दछौं । र हामीलाई त मात्र जमाना नै विनष्ट गर्दछ ।’’ उनीहरूको पासमा यसको कुनै ज्ञान छैन, उनीहरूले त मात्र अटकलबाजी गर्दछन् ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓ
45:25 र जब उनीहरूको सामु हाम्रा स्पष्ट आयतहरू पढिन्छन, त उनीहरूको यही हुज्जत (प्रमाण) हुन्छ कि यदि साँचो हौ भने हाम्रा बाबु बाजेलाई ल्याऊ ।
ﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦ
45:26 भनिदेऊः कि ‘‘अल्लाहले नै तिमीलाई जीवन प्रदान गर्दछ, अनि तिमीलाई मृत्यु दिन्छ, अनि तिमीलाई कियामतको दिन, जसको आउनुमा सन्देह छैन, एकत्रित गर्नेछ, तर धेरैले जान्दैनन् ।’’
ﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓ
45:27 र आकाशहरू र धरतीको बादशाही अल्लाहकै हो । र जुन दिन कयामतको घटना घटित हुनेछ त्यसदिन असत्यवादीहरू नोक्सानीमा हुनेछन् ।
ﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣ
45:28 तपाई हेर्नुहुनेछ कि प्रत्येक समूह घुँडा टेकिनिहुरी राखेछन् । प्रत्येक समूह आफ्नो किताबतिर बोलाइनेछन् । ‘‘आज तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जो तिमीहरू गर्दथियौ ।’’
ﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭﯮﯯﯰ
45:29 यो हाम्रो किताबले तिम्रो बारेमा सत्यलाई वर्णन गरिदिनेछ । निश्चय नै हामीले लेखाउँदै आइरहेका छौं, जुन कि तिमीले गर्ने गर्दथ्यौ ।
ﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿ
45:30 अतः जुन मानिसहरूले विश्वास गरे र उनीहरूले असल कर्म गरे उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुतामा प्रवेश गराउनेछ, यही नै स्पष्ट सफलता हो ।
ﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊﰋﰌ
45:31 र जसले कुफ्र गरे, (उनीहरूसित भनिनेछ कि) के हाम्रा आयतहरू तिमीलाई पढेर सुनाइन्नथे ? तर तिमीले घमण्ड गर्यौ र तिमीहरू अपराधी मानिसहरू नै थियौ ।
ﰍﰎﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘﰙﰚﰛﰜﰝﰞﰟﰠﰡﰢﰣ
45:32 र जब भनिन्थ्यो कि अल्लाहको वचन बिल्कुल्लै सत्य हो र कियामतमा कुनै सन्देह छैन, त तिमी भन्दथ्यौ कि हामीलाई थाहा छैन कि कियामत के हो ? हामीलाई त मात्र कल्पना जस्तो प्रतीत हुन्छ र हामी विश्वासै गर्दैनौं ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜ
45:33 (त्यस बेला) उनीहरूको कर्महरूको अवैधता जाहेर भइहाल्यो र उनीहरूले जुन कुरो गर्दथे ती कुराले उनीहरूलाई घेरिहाल्यो ।
ﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫ
45:34 र भनिनेछ कि जुन प्रकार तिमीले यस दिनको अउने कुरालाई बिर्सिराखेका थियौ, त्यसै प्रकार आज हामीले पनि तिमीलाई बिर्सिदिने छौं, र तिम्रो बास्स्थान नर्क हो र कोही तिम्रो सहायक छैन् ।
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽ
45:35 यो यस कारण हो कि तिमीले अल्लाहको आयतहरूलाई मजाक ठानेका थियौ र संसारिक जीवनले तिमीलाई भ्रममा पारेको थियो । आज यी मानिसहरू न त नर्कबाट निकालिनेछन् र न उनीहरूको प्रायश्चित स्वीकारिनेछ ।
ﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
45:36 अतः सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो आकाशहरूको पालनकर्ता र धरतीको पालनकर्ता र सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐ
45:37 आकाशहरू र धरतीमा उनकै सर्वोच्चता र महानता छ । र ऊ अधिपत्यशाली अत्यन्त तत्वदर्शी छ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers