📖 0/604 पढिएका पृष्ठहरू
📄 449
وَجَعَلۡنَا ذُرِّيَّتَهُۥ هُمُ ٱلۡبَاقِينَ  ۝٧٧ وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ  ۝٧٨ سَلَٰمٌ عَلَىٰ نُوحٍ فِي ٱلۡعَٰلَمِينَ  ۝٧٩ إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ  ۝٨٠ إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ  ۝٨١ ثُمَّ أَغۡرَقۡنَا ٱلۡأٓخَرِينَ  ۝٨٢ ۞ وَإِنَّ مِن شِيعَتِهِۦ لَإِبۡرَٰهِيمَ  ۝٨٣ إِذۡ جَآءَ رَبَّهُۥ بِقَلۡبٍ سَلِيمٍ  ۝٨٤ إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَاذَا تَعۡبُدُونَ  ۝٨٥ أَئِفۡكًا ءَالِهَةً دُونَ ٱللَّهِ تُرِيدُونَ  ۝٨٦ فَمَا ظَنُّكُم بِرَبِّ ٱلۡعَٰلَمِينَ  ۝٨٧ فَنَظَرَ نَظۡرَةً فِي ٱلنُّجُومِ  ۝٨٨ فَقَالَ إِنِّي سَقِيمٌ  ۝٨٩ فَتَوَلَّوۡاْ عَنۡهُ مُدۡبِرِينَ  ۝٩٠ فَرَاغَ إِلَىٰٓ ءَالِهَتِهِمۡ فَقَالَ أَلَا تَأۡكُلُونَ  ۝٩١ مَا لَكُمۡ لَا تَنطِقُونَ  ۝٩٢ فَرَاغَ عَلَيۡهِمۡ ضَرۡبَۢا بِٱلۡيَمِينِ  ۝٩٣ فَأَقۡبَلُوٓاْ إِلَيۡهِ يَزِفُّونَ  ۝٩٤ قَالَ أَتَعۡبُدُونَ مَا تَنۡحِتُونَ  ۝٩٥ وَٱللَّهُ خَلَقَكُمۡ وَمَا تَعۡمَلُونَ  ۝٩٦ قَالُواْ ٱبۡنُواْ لَهُۥ بُنۡيَٰنًا فَأَلۡقُوهُ فِي ٱلۡجَحِيمِ  ۝٩٧ فَأَرَادُواْ بِهِۦ كَيۡدًا فَجَعَلۡنَٰهُمُ ٱلۡأَسۡفَلِينَ  ۝٩٨ وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهۡدِينِ  ۝٩٩ رَبِّ هَبۡ لِي مِنَ ٱلصَّٰلِحِينَ  ۝١٠٠ فَبَشَّرۡنَٰهُ بِغُلَٰمٍ حَلِيمٍ  ۝١٠١ فَلَمَّا بَلَغَ مَعَهُ ٱلسَّعۡيَ قَالَ يَٰبُنَيَّ إِنِّيٓ أَرَىٰ فِي ٱلۡمَنَامِ أَنِّيٓ أَذۡبَحُكَ فَٱنظُرۡ مَاذَا تَرَىٰۚ قَالَ يَٰٓأَبَتِ ٱفۡعَلۡ مَا تُؤۡمَرُۖ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰبِرِينَ  ۝١٠٢
37:77
وَجَعَلۡنَا ذُرِّيَّتَهُۥ هُمُ ٱلۡبَاقِينَ  ۝٧٧
र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
37:78
وَتَرَكۡنَا عَلَيۡهِ فِي ٱلۡأٓخِرِينَ  ۝٧٨
र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
37:79
سَلَٰمٌ عَلَىٰ نُوحٍ فِي ٱلۡعَٰلَمِينَ  ۝٧٩
सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
37:80
إِنَّا كَذَٰلِكَ نَجۡزِي ٱلۡمُحۡسِنِينَ  ۝٨٠
निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
37:81
إِنَّهُۥ مِنۡ عِبَادِنَا ٱلۡمُؤۡمِنِينَ  ۝٨١
उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
37:82
ثُمَّ أَغۡرَقۡنَا ٱلۡأٓخَرِينَ  ۝٨٢
अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
37:83
۞ وَإِنَّ مِن شِيعَتِهِۦ لَإِبۡرَٰهِيمَ  ۝٨٣
र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
37:84
إِذۡ جَآءَ رَبَّهُۥ بِقَلۡبٍ سَلِيمٍ  ۝٨٤
जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
37:85
إِذۡ قَالَ لِأَبِيهِ وَقَوۡمِهِۦ مَاذَا تَعۡبُدُونَ  ۝٨٥
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
37:86
أَئِفۡكًا ءَالِهَةً دُونَ ٱللَّهِ تُرِيدُونَ  ۝٨٦
के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ
37:87
فَمَا ظَنُّكُم بِرَبِّ ٱلۡعَٰلَمِينَ  ۝٨٧
यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ
37:88
فَنَظَرَ نَظۡرَةً فِي ٱلنُّجُومِ  ۝٨٨
अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
37:89
فَقَالَ إِنِّي سَقِيمٌ  ۝٨٩
र भनेः म त बिरामी छु ।’’
37:90
فَتَوَلَّوۡاْ عَنۡهُ مُدۡبِرِينَ  ۝٩٠
यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
37:91
فَرَاغَ إِلَىٰٓ ءَالِهَتِهِمۡ فَقَالَ أَلَا تَأۡكُلُونَ  ۝٩١
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ
37:92
مَا لَكُمۡ لَا تَنطِقُونَ  ۝٩٢
तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
37:93
فَرَاغَ عَلَيۡهِمۡ ضَرۡبَۢا بِٱلۡيَمِينِ  ۝٩٣
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
37:94
فَأَقۡبَلُوٓاْ إِلَيۡهِ يَزِفُّونَ  ۝٩٤
तब उनीहरू उनको पासमा दगुर्दै आए ।
37:95
قَالَ أَتَعۡبُدُونَ مَا تَنۡحِتُونَ  ۝٩٥
उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
37:96
وَٱللَّهُ خَلَقَكُمۡ وَمَا تَعۡمَلُونَ  ۝٩٦
जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
37:97
قَالُواْ ٱبۡنُواْ لَهُۥ بُنۡيَٰنًا فَأَلۡقُوهُ فِي ٱلۡجَحِيمِ  ۝٩٧
उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
37:98
فَأَرَادُواْ بِهِۦ كَيۡدًا فَجَعَلۡنَٰهُمُ ٱلۡأَسۡفَلِينَ  ۝٩٨
उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।
37:99
وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهۡدِينِ  ۝٩٩
र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
37:100
رَبِّ هَبۡ لِي مِنَ ٱلصَّٰلِحِينَ  ۝١٠٠
हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
37:101
فَبَشَّرۡنَٰهُ بِغُلَٰمٍ حَلِيمٍ  ۝١٠١
तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
37:102
فَلَمَّا بَلَغَ مَعَهُ ٱلسَّعۡيَ قَالَ يَٰبُنَيَّ إِنِّيٓ أَرَىٰ فِي ٱلۡمَنَامِ أَنِّيٓ أَذۡبَحُكَ فَٱنظُرۡ مَاذَا تَرَىٰۚ قَالَ يَٰٓأَبَتِ ٱفۡعَلۡ مَا تُؤۡمَرُۖ سَتَجِدُنِيٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّٰبِرِينَ  ۝١٠٢
अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।


📚Juz 23 📄449 / 604



Mishary Rashid Alafasy
Mahmoud Khalil Al-Husary
Abdurrahman As-Sudais
Mohamed Siddiq Al-Minshawi
Abdul Basit Abdul Samad
Ali Al-Hudhaify
Ahmed ibn Ali al-Ajamy
Abu Bakr Ash-Shaatree
Muhammad Ayyoub
Abdullah Basfar
Abdullah Al-Juhani
Maher Al Muaiqly
0:00
0:00
-

पवित्र कुरान


Friday, August 28, 2026

Don't forget us in your sincere prayers