अल-बकरा · 248/286
अनुवाद उच्चारण — अल-बकरा
وَقَالَ لَهُمْ نَبِيُّهُمْ إِنَّ آيَةَ مُلْكِهِ أَن يَأْتِيَكُمُ التَّابُوتُ فِيهِ سَكِينَةٌ مِّن رَّبِّكُمْ وَبَقِيَّةٌ مِّمَّا تَرَكَ آلُ مُوسَىٰ وَآلُ هَارُونَ تَحْمِلُهُ الْمَلَائِكَةُ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لَّكُمْ إِن كُنتُم مُّؤْمِنِينَ ۝٢٤٨
Wa qaala lahum Nabiyyuhum inna Aayata mulkiheee ai yaatiyakumut Taabootu feei sakeenatummir Rabbikum wa baqiyyatummimmaa taraka Aalu Moosa wa Aalu Haaroona tahmiluhul malaaa`ikah; inna fee zaalika la Aayatal lakum in kuntum mu`mineen
📖 नेपाली अर्थ
उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।

🎧 सुन्नुहोस्


📜 आयत 246-250 — अल-बकरा

246أَلَمْ تَرَ إِلَى الْمَلَإِ مِن بَنِي إِسْرَائِيلَ مِن بَعْدِ مُوسَىٰ إِذْ قَالُوا لِنَبِيٍّ لَّهُمُ ابْعَثْ لَنَا مَلِكًا نُّقَاتِلْ فِي سَبِيلِ اللَّهِ ۖ قَالَ هَلْ عَسَيْتُمْ إِن كُتِبَ عَلَيْكُمُ الْقِتَالُ أَلَّا تُقَاتِلُوا ۖ قَالُوا وَمَا لَنَا أَلَّا نُقَاتِلَ فِي سَبِيلِ اللَّهِ وَقَدْ أُخْرِجْنَا مِن دِيَارِنَا وَأَبْنَائِنَا ۖ فَلَمَّا كُتِبَ عَلَيْهِمُ الْقِتَالُ تَوَلَّوْا إِلَّا قَلِيلًا مِّنْهُمْ ۗ وَاللَّهُ عَلِيمٌ بِالظَّالِمِينَ
के तिमीले बनी इस्राईलको मुखियाहरूलाई देखेनौं ? जसले मूसापछि आफ्ना पैगम्बरसित भने कि तपाईँले हाम्रो लागि एउटा राजा नियुक्त गरिदिनुस् ताकि हामी अल्लाहको मार्गमा धर्मयुद्ध गरौं । पैगम्बरले भने कि यदि तिमीहरूको लागि जिहादको आदेश अनिवार्य हुन्छ भने, बेर छैन कि युद्ध गर्न अस्वीकार गरिहाल । तिनीहरूले भन्नथाले कि हामी अल्लाहको मार्गमा किन युद्ध गर्दैनौं जब कि हामी आफ्ना वतनबाट निष्कासित र सन्तानहरूबाट अलग गरिएका छौं । फेरि जब तिनीहरूमाथि युद्धको आदेश आयो तब केही मानिसहरू बाहेक सबैले इन्कार गरिहाले, अल्लाह अत्याचारीहरूलाई राम्ररी चिन्दछ ।
247وَقَالَ لَهُمْ نَبِيُّهُمْ إِنَّ اللَّهَ قَدْ بَعَثَ لَكُمْ طَالُوتَ مَلِكًا ۚ قَالُوا أَنَّىٰ يَكُونُ لَهُ الْمُلْكُ عَلَيْنَا وَنَحْنُ أَحَقُّ بِالْمُلْكِ مِنْهُ وَلَمْ يُؤْتَ سَعَةً مِّنَ الْمَالِ ۚ قَالَ إِنَّ اللَّهَ اصْطَفَاهُ عَلَيْكُمْ وَزَادَهُ بَسْطَةً فِي الْعِلْمِ وَالْجِسْمِ ۖ وَاللَّهُ يُؤْتِي مُلْكَهُ مَن يَشَاءُ ۚ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
र तिनीहरूको, पैगम्बरले तिनीहरूसित भने कि अल्लाहले तिम्रा लागि ‘‘तालूत’’ लाई (राजा) नियुक्त गरेको छ । तिनीहरूले भने कि त्यसलाई हामीमाथि शासन गर्ने अधिकार कसरी हुन सक्दछ, राजसत्ताको अधिकारी त हामी हौं र त्योसँग त धेरै धन सम्पत्ति पनि छैन । नबीले भने कि अल्लाहले त्यसलाई तिमीहरूमाथि चुनेको छ तथा उसलाई बढी ज्ञान र शारीरिक शक्ति प्रशस्त प्रदान गरेको छ । कुरो यो छ कि अल्लाहले जसलाई चाहन्छ राजगद्दी प्रदान गर्दछ । त्यो सर्वव्यापी र सर्वज्ञाता छ ।
248وَقَالَ لَهُمْ نَبِيُّهُمْ إِنَّ آيَةَ مُلْكِهِ أَن يَأْتِيَكُمُ التَّابُوتُ فِيهِ سَكِينَةٌ مِّن رَّبِّكُمْ وَبَقِيَّةٌ مِّمَّا تَرَكَ آلُ مُوسَىٰ وَآلُ هَارُونَ تَحْمِلُهُ الْمَلَائِكَةُ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لَّكُمْ إِن كُنتُم مُّؤْمِنِينَ
उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।
249فَلَمَّا فَصَلَ طَالُوتُ بِالْجُنُودِ قَالَ إِنَّ اللَّهَ مُبْتَلِيكُم بِنَهَرٍ فَمَن شَرِبَ مِنْهُ فَلَيْسَ مِنِّي وَمَن لَّمْ يَطْعَمْهُ فَإِنَّهُ مِنِّي إِلَّا مَنِ اغْتَرَفَ غُرْفَةً بِيَدِهِ ۚ فَشَرِبُوا مِنْهُ إِلَّا قَلِيلًا مِّنْهُمْ ۚ فَلَمَّا جَاوَزَهُ هُوَ وَالَّذِينَ آمَنُوا مَعَهُ قَالُوا لَا طَاقَةَ لَنَا الْيَوْمَ بِجَالُوتَ وَجُنُودِهِ ۚ قَالَ الَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَاقُو اللَّهِ كَم مِّن فِئَةٍ قَلِيلَةٍ غَلَبَتْ فِئَةً كَثِيرَةً بِإِذْنِ اللَّهِ ۗ وَاللَّهُ مَعَ الصَّابِرِينَ
(तसर्थ) जब ‘‘तालूत’’ आफ्ना सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यसबाट पानी पिउँछ त्यो मेरो होइन र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिले काहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।
250وَلَمَّا بَرَزُوا لِجَالُوتَ وَجُنُودِهِ قَالُوا رَبَّنَا أَفْرِغْ عَلَيْنَا صَبْرًا وَثَبِّتْ أَقْدَامَنَا وَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ
जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
248आयत

अनुवाद — अल-बकरा 248

सूरा अल-बकरा आयत 248 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह…

सूरा आयत 248/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 246–250. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers