PDF —
56 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-मुद्दस्सिर pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-मुद्दस्सिर pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मुद्दस्सिर अनुवाद. सूरा अल-मुद्दस्सिर (Meccan) 56 आयत.

← अल-मुज्जम्मिलसूरा अल-मुद्दस्सिर अल-कियामा →


56 आयत · Meccan · नेपाली
bismillah
ﮪﮫﮬ
74:1 हे (मुहम्मद !) लुगा बेर्नेवाला
ﮭﮮﮯ
74:2 उठ र सावधान गरीदिनु ।
ﮰﮱﯓ
74:3 र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।
ﯔﯕﯖ
74:4 र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।
ﯗﯘﯙ
74:5 फोहोरपनालाई छाडिदिनु ।
ﯚﯛﯜﯝ
74:6 र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।
ﯞﯟﯠ
74:7 र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।
ﯡﯢﯣﯤﯥ
74:8 जब सूरमा फूँक मारिनेछ ।
ﯦﯧﯨﯩﯪ
74:9 त्यो दिन बडो कठोर दिन हुनेछ ।
ﯫﯬﯭﯮﯯ
74:10 काफिरहरूको लागि सजिलो हुनेछैन ।
ﯰﯱﯲﯳﯴ
74:11 मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।
ﯵﯶﯷﯸﯹ
74:12 र प्रशस्त माल–सम्पत्ति दियौं ।
ﯺﯻﯼ
74:13 हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।
ﯽﯾﯿﰀ
74:14 मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।
ﰁﰂﰃﰄﰅ
74:15 अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।
ﰆﰇﰈﰉﰊﰋﰌ
74:16 यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ
ﰍﰎﰏ
74:17 शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।
ﰐﰑﰒﰓ
74:18 उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।
ﭑﭒﭓﭔ
74:19 नष्ट होस् उसले कस्तो अड्कल गर्यो
ﭕﭖﭗﭘﭙ
74:20 फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो
ﭚﭛﭜ
74:21 उसले फेरि देख्यो ।
ﭝﭞﭟﭠ
74:22 फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
ﭡﭢﭣﭤ
74:23 अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
ﭥﭦﭧﭨﭩﭪﭫ
74:24 अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
ﭬﭭﭮﭯﭰﭱ
74:25 यो मात्र मानिसको वाणी नै हो ।
ﭲﭳﭴ
74:26 हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
ﭵﭶﭷﭸﭹ
74:27 र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
ﭺﭻﭼﭽﭾ
74:28 (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
ﭿﮀﮁ
74:29 र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
ﮂﮃﮄﮅ
74:30 त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣﯤ
74:31 र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।
ﯥﯦﯧ
74:32 साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
ﯨﯩﯪﯫ
74:33 र रातको जब कि त्यसले पछाडि हट्दछ ।
ﯬﯭﯮﯯ
74:34 र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
ﯰﯱﯲﯳ
74:35 निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
ﯴﯵﯶ
74:36 मानिसहरूको निम्ति भयको कारण ।
ﯷﯸﯹﯺﯻﯼﯽﯾ
74:37 तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
ﯿﰀﰁﰂﰃﰄ
74:38 हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
ﰅﰆﰇﰈ
74:39 तर दायाँ हात वालाहरू ।
ﰉﰊﰋﰌ
74:40 उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।
ﰍﰎﰏ
74:41 अपराधीहरूसँग
ﰐﰑﰒﰓﰔ
74:42 (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो
ﰕﰖﰗﰘﰙﰚ
74:43 उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।
ﰛﰜﰝﰞﰟ
74:44 र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ
ﰠﰡﰢﰣﰤ
74:45 र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
ﰥﰦﰧﰨﰩ
74:46 र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
ﰪﰫﰬﰭ
74:47 यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
ﭑﭒﭓﭔﭕ
74:48 अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
ﭖﭗﭘﭙﭚﭛ
74:49 उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
ﭜﭝﭞﭟ
74:50 जस्तो कि तर्सेको गधहा हुन् ।
ﭠﭡﭢﭣ
74:51 जो बाघ देखेर भागेका छन् ।
ﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭ
74:52 बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
ﭮﭯﭰﭱﭲﭳﭴ
74:53 यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
ﭵﭶﭷﭸ
74:54 साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
ﭹﭺﭻﭼ
74:55 अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
ﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉ
74:56 र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers