PDF —
28 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-जिन्न pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-जिन्न pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-जिन्न अनुवाद. सूरा अल-जिन्न (Meccan) 28 आयत.

← नूहसूरा अल-जिन्न अल-मुज्जम्मिल →


28 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝﭞ
72:1 (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् कि मेरो पासमा वह्य आएको छ कि जिन्नहरूको एउटा समूहले (किताबलाई) सुनेर भन्न थाले कि हामीले एउटा आश्चर्य लाग्दो ‘‘कुरआन’’ सुन्यौं ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩ
72:2 जसले भलाईको बाटो देखाउँछ, तसर्थ हामीले त्यसमाथि ईमान ल्यायौं । (अब) हामीले आफ्नो पालनकर्तासँग कसैलाई कदापि साझेदार बनाउने छैनौं ।
ﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳ
72:3 र निश्चितरूपले हाम्रो पालनकर्ताको गौरव अत्यन्त उच्च छ उसले आफ्नो निम्ति कसैलाई न पत्नी बनायो न कुनै सन्तान
ﭴﭵﭶﭷﭸﭹﭺﭻ
72:4 र यो कि हामीमध्ये केही मूर्खले अल्लाहको बारेमा असत्य कुरा रच्दछन्
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
72:5 र हामीले यो ठानेका थियौं कि मानिस र जिन्नहरू अल्लाहको बारेमा झूठ बोल्दैनन् ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒ
72:6 कुरो यो हो कि केही मानिसहरूले केही जिन्नहरूको शरण माँग्दथे, जसबाट उनको अटेरीपना झन् बढीहालेको थियो ।
ﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
72:7 र मानिसहरूले पनि तिमी जिन्नहरू जस्तै अनुमान गरेका थिए कि अल्लाहले कसैलाई पठाउने छैन, (वा पुर्नजीवित गर्नेछैन) ।
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥ
72:8 र यो कि हामीहरूले आकाशमा चियायौं, त त्यसलाई बलिया पहरेदार र प्रज्वलित आगोले भरिएको पायौं
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔ
72:9 र यो कि पहिला हामी आकाशमा कैयन् ठाउँहरूमा कुरा सुन्नको निम्ति बस्ने गर्दथ्यौं । त अहिले जो पनि कान लगाउँछ एक आगोको झिल्का आफ्नोतिर पाउँछ ।
ﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢ
72:10 र यो हामी जान्दैनौं कि तिनीहरूको साथ जो धरतीमा छन् नराम्रो कुराको इरादा गरिएको छ वा उनीहरूको पालनकर्ताले उनीहरूको लागि भलो गर्ने विचार गरेको छ ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬﯭ
72:11 र यो कि हामीमध्ये कोही नेक छन् र कोही विपरित प्रकारको पनि छन् । हामी विभिन्न किसिमले बाँडिएका छौं
ﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹ
72:12 र (यो कि) हामीले विश्वास गरिसकेछौं कि हामी धरतीमा अल्लाहलाई पराजित गर्न सक्दैनौ र नभागेर उसलाई थकाउन सक्छौं
ﯺﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉ
72:13 र हामीले त मार्गदर्शन (को किताब) सुन्यौं, त त्यसमाथि ईमान ल्याइहाल्यौं र जसले आफ्नो पालनकर्तामाथि ईमान ल्याउँछ उसलाई न कुनै हानिको डर हुन्छ, न अत्याचारको
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜ
72:14 र यो कि हामीमध्ये केही आज्ञाकारी छन् र केही अवज्ञाकारी छन्, तसर्थ जो आज्ञाकारी भए, उनीहरू त सोझो मार्गमा हिंडे
ﭝﭞﭟﭠﭡﭢ
72:15 र जो पापी(अपराधी) भए उनीहरू नर्कको इन्धन भए
ﭣﭤﭥﭦﭧﭨﭩﭪ
72:16 र (हे पैगम्बर ! यो पनि उनीहरूसित भनिदिनुस्) कि यदि यिनीहरू सोझो मार्गमा रहेको भए हामीले उनीहरूको निम्ति पिउनको लागि प्रशस्त पानी दिन्थ्यौं
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶ
72:17 ताकि यसबाट उनको परीक्षा गरौं र जुन मानिसले आफ्नो पालनकर्ताको स्मरणबाट मुख फर्काउनेछ, अल्लाहले उसलाई दुःखद यातनामा प्रविष्ट गर्नेछ
ﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
72:18 र यो कि मस्जिदहरू अल्लाहकै लागि मात्र हुन्, तसर्थ अल्लाहसँग कुनै अरुको पूजा नगर
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊ
72:19 र जब अल्लाहका भक्त (मुहम्मद), उसको पूजाको निम्ति उभे त काफिरहरूले उनलाई चारैतर्फबाट घेरी उनीमाथि आक्रमण गर्नेवाला थिए ।
ﮋﮌﮍﮎﮏﮐﮑﮒﮓ
72:20 भनिदिनुस् कि म त आफ्नो पालनकर्तालाई मात्र पूजा गर्दछु । र उसको साथ कसैलाई शम्मिलित गर्दिन ।
ﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
72:21 यो पनि भनिदेऊः कि मलाई तिम्रो हकमा नाफा नोक्सानको कुनै अधिकार छैन
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩ
72:22 यो पनि भनिदिनुस् कि अल्लाह (को यातना) बाट मलाई कसैले बचाउन सक्दैन र म उस बाहेक अन्य कतै शरणको ठाउँ देख्दिन
ﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜ
72:23 हो, अल्लाहको तर्फबाट आदेशहरू र उसको सन्देशहरू पुर्याउने काम (नै मेरो जिम्मामा छ) र जुन मानिसले अल्लाह र उसको पैगम्बरको अवज्ञा गर्नेछ त यस्ताको लागि जहन्नमको आगो छ, सधैं त्यसमा रहनेछन्
ﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨ
72:24 यहाँसम्म कि अब यिनीहरूले त्यो (दिन) देखिहाल्नेछन्, जसको उनीसित वाचा गरिएको थियो, तब उनलाई थाहा भइहाल्ने छ कि कसका सहायकहरू कमजोर र कसको संख्या थोरै छ
ﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴ
72:25 भनिदिनुस् कि जुन तिमीसित वाचा गरिन्छ, मलाई थाहा छैन कि त्यो नजिक छ वा मेरो पालनकर्ताले त्यसको अवधि लामो गरिदिएको छ
ﯵﯶﯷﯸﯹﯺﯻﯼ
72:26 ऊ अदृश्य जान्नेवाला छ र कसैलाई आफ्नो परोक्षको कुरा प्रकट गर्दैन
ﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊ
72:27 हो, जुन पैगम्बरलाई रुचाउँछ, उस बाहेक, तर उनको अगाडि र पछाडि पनि रक्षकहरू खटाइदिन्छ
ﰋﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘ
72:28 ताकि जानकारी लियोस् कि उनीहरूले आफ्नो पालनकर्ताको सन्देश पुर्याइदिएका छन् र उसले उनीहरूका सबै कुराहरूलाई नियन्त्रित गरेको छ र हरेक कुरालाई गनिसकेको छ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers