PDF —
52 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-कलम pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-कलम pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-कलम अनुवाद. सूरा अल-कलम (Meccan) 52 आयत.



52 आयत · Meccan · नेपाली
bismillah
ﮉﮊﮋﮌﮍﮎ
68:1 नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
ﮏﮐﮑﮒﮓﮔ
68:2 कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
ﮕﮖﮗﮘﮙﮚ
68:3 र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
ﮛﮜﮝﮞﮟ
68:4 निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
ﮠﮡﮢ
68:5 अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
ﮣﮤﮥ
68:6 कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱ
68:7 निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
ﯓﯔﯕﯖ
68:8 तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
ﯗﯘﯙﯚﯛ
68:9 तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
ﯜﯝﯞﯟﯠﯡ
68:10 र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
ﯢﯣﯤﯥ
68:11 बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
ﯦﯧﯨﯩﯪ
68:12 (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
ﯫﯬﯭﯮﯯ
68:13 घमण्डी र त्यो पनि जारज ।
ﯰﯱﯲﯳﯴﯵ
68:14 उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ
ﯶﯷﯸﯹﯺﯻﯼﯽ
68:15 जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
ﯾﯿﰀﰁ
68:16 हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
68:17 निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
ﭜﭝﭞ
68:18 र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्
ﭟﭠﭡﭢﭣﭤﭥﭦ
68:19 तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
ﭧﭨﭩ
68:20 तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती
ﭪﭫﭬ
68:21 जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
ﭭﭮﭯﭰﭱﭲﭳﭴ
68:22 कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
ﭵﭶﭷﭸ
68:23 फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
ﭹﭺﭻﭼﭽﭾﭿ
68:24 कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
ﮀﮁﮂﮃﮄ
68:25 र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
ﮅﮆﮇﮈﮉﮊ
68:26 जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं
ﮋﮌﮍﮎ
68:27 होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
ﮏﮐﮑﮒﮓﮔﮕﮖ
68:28 एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ
ﮗﮘﮙﮚﮛﮜﮝ
68:29 तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं
ﮞﮟﮠﮡﮢﮣ
68:30 अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले
ﮤﮥﮦﮧﮨﮩ
68:31 भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
ﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕ
68:32 आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
ﯖﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠ
68:33 (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
ﯡﯢﯣﯤﯥﯦﯧ
68:34 निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
ﯨﯩﯪﯫ
68:35 के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं
ﯬﯭﯮﯯﯰ
68:36 तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
ﯱﯲﯳﯴﯵﯶ
68:37 के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ
ﯷﯸﯹﯺﯻﯼ
68:38 कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
ﯽﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉ
68:39 वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
ﰊﰋﰌﰍﰎ
68:40 उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो
ﰏﰐﰑﰒﰓﰔﰕﰖﰗ
68:41 के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
ﰘﰙﰚﰛﰜﰝﰞﰟﰠﰡ
68:42 जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛﭜﭝ
68:43 आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।
ﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩ
68:44 अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
ﭪﭫﭬﭭﭮﭯﭰ
68:45 मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
ﭱﭲﭳﭴﭵﭶﭷﭸ
68:46 के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
ﭹﭺﭻﭼﭽﭾ
68:47 वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊ
68:48 अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
ﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
68:49 यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।
ﮖﮗﮘﮙﮚﮛ
68:50 अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
68:51 र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।
ﮩﮪﮫﮬﮭﮮ
68:52 वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers