सूरा अल-कमर अरबी र नेपाली
सूरा अल-कमर पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (55 आयत — مكية). अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf.सूरा अल-कमर पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
اقْتَرَبَتِ السَّاعَةُ وَانشَقَّ الْقَمَرُ ١
📖 अनुवाद
आयत 1
कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।
وَإِن يَرَوْا آيَةً يُعْرِضُوا وَيَقُولُوا سِحْرٌ مُّسْتَمِرٌّ ٢
📖 अनुवाद
आयत 2
र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।
وَكَذَّبُوا وَاتَّبَعُوا أَهْوَاءَهُمْ ۚ وَكُلُّ أَمْرٍ مُّسْتَقِرٌّ ٣
📖 अनुवाद
आयत 3
उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।
وَلَقَدْ جَاءَهُم مِّنَ الْأَنبَاءِ مَا فِيهِ مُزْدَجَرٌ ٤
📖 अनुवाद
आयत 4
र निश्चितरूपले उनीहरूछेउ (अतीतका) यस्ता सूचनाहरू पुगिसकेका छन्, जसमा हप्कीदप्की र नसीहतको कुरा छ ।
حِكْمَةٌ بَالِغَةٌ ۖ فَمَا تُغْنِ النُّذُرُ ٥
📖 अनुवाद
आयत 5
अतः पूर्ण बुद्धिमत्ताको कुरा पनि छ, किन्तु चेतावनीहरू उनीहरूको कुनै काम आइरहेको छैन ।
فَتَوَلَّ عَنْهُمْ ۘ يَوْمَ يَدْعُ الدَّاعِ إِلَىٰ شَيْءٍ نُّكُرٍ ٦
📖 अनुवाद
आयत 6
अतः हे नबी तपाई उनीहरूबाट विमुख भइहाल्नुस्, जुन दिन पुकार्नेवाला एक अत्यन्त अप्रिय कुरातिर बोलाउने छ ।
خُشَّعًا أَبْصَارُهُمْ يَخْرُجُونَ مِنَ الْأَجْدَاثِ كَأَنَّهُمْ جَرَادٌ مُّنتَشِرٌ ٧
📖 अनुवाद
आयत 7
तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् ।
مُّهْطِعِينَ إِلَى الدَّاعِ ۖ يَقُولُ الْكَافِرُونَ هَٰذَا يَوْمٌ عَسِرٌ ٨
📖 अनुवाद
आयत 8
त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ ।
۞ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ فَكَذَّبُوا عَبْدَنَا وَقَالُوا مَجْنُونٌ وَازْدُجِرَ ٩
📖 अनुवाद
आयत 9
यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए ।
فَدَعَا رَبَّهُ أَنِّي مَغْلُوبٌ فَانتَصِرْ ١٠
📖 अनुवाद
आयत 10
तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर ।
فَفَتَحْنَا أَبْوَابَ السَّمَاءِ بِمَاءٍ مُّنْهَمِرٍ ١١
📖 अनुवाद
आयत 11
तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं ।
وَفَجَّرْنَا الْأَرْضَ عُيُونًا فَالْتَقَى الْمَاءُ عَلَىٰ أَمْرٍ قَدْ قُدِرَ ١٢
📖 अनुवाद
आयत 12
र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।
وَحَمَلْنَاهُ عَلَىٰ ذَاتِ أَلْوَاحٍ وَدُسُرٍ ١٣
📖 अनुवाद
आयत 13
र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।
تَجْرِي بِأَعْيُنِنَا جَزَاءً لِّمَن كَانَ كُفِرَ ١٤
📖 अनुवाद
आयत 14
त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।
وَلَقَد تَّرَكْنَاهَا آيَةً فَهَلْ مِن مُّدَّكِرٍ ١٥
📖 अनुवाद
आयत 15
र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।
وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ ١٧
📖 अनुवाद
आयत 17
र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस्
كَذَّبَتْ عَادٌ فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ ١٨
📖 अनुवाद
आयत 18
‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो
إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ رِيحًا صَرْصَرًا فِي يَوْمِ نَحْسٍ مُّسْتَمِرٍّ ١٩
📖 अनुवाद
आयत 19
हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।
تَنزِعُ النَّاسَ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ مُّنقَعِرٍ ٢٠
📖 अनुवाद
आयत 20
त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।
وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ ٢٢
📖 अनुवाद
आयत 22
निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस्
كَذَّبَتْ ثَمُودُ بِالنُّذُرِ ٢٣
📖 अनुवाद
आयत 23
‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए ।
فَقَالُوا أَبَشَرًا مِّنَّا وَاحِدًا نَّتَّبِعُهُ إِنَّا إِذًا لَّفِي ضَلَالٍ وَسُعُرٍ ٢٤
📖 अनुवाद
आयत 24
र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं ।
أَأُلْقِيَ الذِّكْرُ عَلَيْهِ مِن بَيْنِنَا بَلْ هُوَ كَذَّابٌ أَشِرٌ ٢٥
📖 अनुवाद
आयत 25
के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो ।
سَيَعْلَمُونَ غَدًا مَّنِ الْكَذَّابُ الْأَشِرُ ٢٦
📖 अनुवाद
आयत 26
उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो ।
إِنَّا مُرْسِلُو النَّاقَةِ فِتْنَةً لَّهُمْ فَارْتَقِبْهُمْ وَاصْطَبِرْ ٢٧
📖 अनुवाद
आयत 27
निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर ।
وَنَبِّئْهُمْ أَنَّ الْمَاءَ قِسْمَةٌ بَيْنَهُمْ ۖ كُلُّ شِرْبٍ مُّحْتَضَرٌ ٢٨
📖 अनुवाद
आयत 28
हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।
فَنَادَوْا صَاحِبَهُمْ فَتَعَاطَىٰ فَعَقَرَ ٢٩
📖 अनुवाद
आयत 29
उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।
إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ صَيْحَةً وَاحِدَةً فَكَانُوا كَهَشِيمِ الْمُحْتَظِرِ ٣١
📖 अनुवाद
आयत 31
हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।
وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ ٣٢
📖 अनुवाद
आयत 32
र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस्
كَذَّبَتْ قَوْمُ لُوطٍ بِالنُّذُرِ ٣٣
📖 अनुवाद
आयत 33
‘‘लूतको’’ कौम (जातिबन्धु) ले पनि डराउनेहरूलाई झूठा भने ।
إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ حَاصِبًا إِلَّا آلَ لُوطٍ ۖ نَّجَّيْنَاهُم بِسَحَرٍ ٣٤
📖 अनुवाद
आयत 34
तब हामीले उनीहरूमाथि गिट्टीले भरिएको हावा चलायौं, तर ‘‘लूतका’’ परिवार बाहेक तिनीहरूलाई हामीले प्रातःकाल नै बचाइहाल्यौं ।
نِّعْمَةً مِّنْ عِندِنَا ۚ كَذَٰلِكَ نَجْزِي مَن شَكَرَ ٣٥
📖 अनुवाद
आयत 35
हामी यस्तै प्रकारले त्यस व्यक्तिलाई आफ्नो अनुकम्पाबाट प्रतिफल दिन्छौं जसले कृतज्ञता देखाउँछ ।
وَلَقَدْ أَنذَرَهُم بَطْشَتَنَا فَتَمَارَوْا بِالنُّذُرِ ٣٦
📖 अनुवाद
आयत 36
र (लूतले) उनीहरूलाई हाम्रो पकडबाट डराएका पनि थिए तर तिनीहरूले त्यसमा शंका गर्दैरहे ।
وَلَقَدْ رَاوَدُوهُ عَن ضَيْفِهِ فَطَمَسْنَا أَعْيُنَهُمْ فَذُوقُوا عَذَابِي وَنُذُرِ ٣٧
📖 अनुवाद
आयत 37
उनीहरूले लूत (अलैहिस्सलाम)लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।
وَلَقَدْ صَبَّحَهُم بُكْرَةً عَذَابٌ مُّسْتَقِرٌّ ٣٨
📖 अनुवाद
आयत 38
र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।
وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ ٤٠
📖 अनुवाद
आयत 40
र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।
وَلَقَدْ جَاءَ آلَ فِرْعَوْنَ النُّذُرُ ٤١
📖 अनुवाद
आयत 41
र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।
كَذَّبُوا بِآيَاتِنَا كُلِّهَا فَأَخَذْنَاهُمْ أَخْذَ عَزِيزٍ مُّقْتَدِرٍ ٤٢
📖 अनुवाद
आयत 42
उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।
أَكُفَّارُكُمْ خَيْرٌ مِّنْ أُولَٰئِكُمْ أَمْ لَكُم بَرَاءَةٌ فِي الزُّبُرِ ٤٣
📖 अनुवाद
आयत 43
(हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ
أَمْ يَقُولُونَ نَحْنُ جَمِيعٌ مُّنتَصِرٌ ٤٤
📖 अनुवाद
आयत 44
के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ
سَيُهْزَمُ الْجَمْعُ وَيُوَلُّونَ الدُّبُرَ ٤٥
📖 अनुवाद
आयत 45
शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।
بَلِ السَّاعَةُ مَوْعِدُهُمْ وَالسَّاعَةُ أَدْهَىٰ وَأَمَرُّ ٤٦
📖 अनुवाद
आयत 46
उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।
إِنَّ الْمُجْرِمِينَ فِي ضَلَالٍ وَسُعُرٍ ٤٧
📖 अनुवाद
आयत 47
निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।
يَوْمَ يُسْحَبُونَ فِي النَّارِ عَلَىٰ وُجُوهِهِمْ ذُوقُوا مَسَّ سَقَرَ ٤٨
📖 अनुवाद
आयत 48
जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।
إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ ٤٩
📖 अनुवाद
आयत 49
निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।
وَمَا أَمْرُنَا إِلَّا وَاحِدَةٌ كَلَمْحٍ بِالْبَصَرِ ٥٠
📖 अनुवाद
आयत 50
र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
وَلَقَدْ أَهْلَكْنَا أَشْيَاعَكُمْ فَهَلْ مِن مُّدَّكِرٍ ٥١
📖 अनुवाद
आयत 51
र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ ٥٢
📖 अनुवाद
आयत 52
र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
وَكُلُّ صَغِيرٍ وَكَبِيرٍ مُّسْتَطَرٌ ٥٣
📖 अनुवाद
आयत 53
(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَنَهَرٍ ٥٤
📖 अनुवाद
आयत 54
निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
فِي مَقْعَدِ صِدْقٍ عِندَ مَلِيكٍ مُّقْتَدِرٍ ٥٥
📖 अनुवाद
आयत 55
(अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
पढ्नुहोस् सूरा अल-कमर नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

