सूरा अन-नज्म अरबी र नेपाली
सूरा अन-नज्म पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (62 आयत — مكية). अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf.सूरा अन-नज्म पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَىٰ ٢
📖 अनुवाद
आयत 2
तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।
عَلَّمَهُ شَدِيدُ الْقُوَىٰ ٥
📖 अनुवाद
आयत 5
उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।
فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَىٰ ٩
📖 अनुवाद
आयत 9
अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।
فَأَوْحَىٰ إِلَىٰ عَبْدِهِ مَا أَوْحَىٰ ١٠
📖 अनुवाद
आयत 10
अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
مَا كَذَبَ الْفُؤَادُ مَا رَأَىٰ ١١
📖 अनुवाद
आयत 11
जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
أَفَتُمَارُونَهُ عَلَىٰ مَا يَرَىٰ ١٢
📖 अनुवाद
आयत 12
के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ
عِندَ سِدْرَةِ الْمُنتَهَىٰ ١٤
📖 अनुवाद
आयत 14
अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
عِندَهَا جَنَّةُ الْمَأْوَىٰ ١٥
📖 अनुवाद
आयत 15
त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
إِذْ يَغْشَى السِّدْرَةَ مَا يَغْشَىٰ ١٦
📖 अनुवाद
आयत 16
त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
مَا زَاغَ الْبَصَرُ وَمَا طَغَىٰ ١٧
📖 अनुवाद
आयत 17
उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
لَقَدْ رَأَىٰ مِنْ آيَاتِ رَبِّهِ الْكُبْرَىٰ ١٨
📖 अनुवाद
आयत 18
उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
أَلَكُمُ الذَّكَرُ وَلَهُ الْأُنثَىٰ ٢١
📖 अनुवाद
आयत 21
के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू
إِنْ هِيَ إِلَّا أَسْمَاءٌ سَمَّيْتُمُوهَا أَنتُمْ وَآبَاؤُكُم مَّا أَنزَلَ اللَّهُ بِهَا مِن سُلْطَانٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ وَمَا تَهْوَى الْأَنفُسُ ۖ وَلَقَدْ جَاءَهُم مِّن رَّبِّهِمُ الْهُدَىٰ ٢٣
📖 अनुवाद
आयत 23
उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
أَمْ لِلْإِنسَانِ مَا تَمَنَّىٰ ٢٤
📖 अनुवाद
आयत 24
के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ
فَلِلَّهِ الْآخِرَةُ وَالْأُولَىٰ ٢٥
📖 अनुवाद
आयत 25
आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।
۞ وَكَم مِّن مَّلَكٍ فِي السَّمَاوَاتِ لَا تُغْنِي شَفَاعَتُهُمْ شَيْئًا إِلَّا مِن بَعْدِ أَن يَأْذَنَ اللَّهُ لِمَن يَشَاءُ وَيَرْضَىٰ ٢٦
📖 अनुवाद
आयत 26
र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।
إِنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ لَيُسَمُّونَ الْمَلَائِكَةَ تَسْمِيَةَ الْأُنثَىٰ ٢٧
📖 अनुवाद
आयत 27
निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् ।
وَمَا لَهُم بِهِ مِنْ عِلْمٍ ۖ إِن يَتَّبِعُونَ إِلَّا الظَّنَّ ۖ وَإِنَّ الظَّنَّ لَا يُغْنِي مِنَ الْحَقِّ شَيْئًا ٢٨
📖 अनुवाद
आयत 28
जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन ।
فَأَعْرِضْ عَن مَّن تَوَلَّىٰ عَن ذِكْرِنَا وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا ٢٩
📖 अनुवाद
आयत 29
तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् ।
ذَٰلِكَ مَبْلَغُهُم مِّنَ الْعِلْمِ ۚ إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِمَنِ اهْتَدَىٰ ٣٠
📖 अनुवाद
आयत 30
यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो ।
وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ لِيَجْزِيَ الَّذِينَ أَسَاءُوا بِمَا عَمِلُوا وَيَجْزِيَ الَّذِينَ أَحْسَنُوا بِالْحُسْنَى ٣١
📖 अनुवाद
आयत 31
र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
الَّذِينَ يَجْتَنِبُونَ كَبَائِرَ الْإِثْمِ وَالْفَوَاحِشَ إِلَّا اللَّمَمَ ۚ إِنَّ رَبَّكَ وَاسِعُ الْمَغْفِرَةِ ۚ هُوَ أَعْلَمُ بِكُمْ إِذْ أَنشَأَكُم مِّنَ الْأَرْضِ وَإِذْ أَنتُمْ أَجِنَّةٌ فِي بُطُونِ أُمَّهَاتِكُمْ ۖ فَلَا تُزَكُّوا أَنفُسَكُمْ ۖ هُوَ أَعْلَمُ بِمَنِ اتَّقَىٰ ٣٢
📖 अनुवाद
आयत 32
जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।
أَفَرَأَيْتَ الَّذِي تَوَلَّىٰ ٣٣
📖 अनुवाद
आयत 33
के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
أَعِندَهُ عِلْمُ الْغَيْبِ فَهُوَ يَرَىٰ ٣٥
📖 अनुवाद
आयत 35
के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ
أَمْ لَمْ يُنَبَّأْ بِمَا فِي صُحُفِ مُوسَىٰ ٣٦
📖 अनुवाद
आयत 36
वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन
أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ٣٨
📖 अनुवाद
आयत 38
कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ ٣٩
📖 अनुवाद
आयत 39
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ ٤٥
📖 अनुवाद
आयत 45
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
وَأَنَّ عَلَيْهِ النَّشْأَةَ الْأُخْرَىٰ ٤٧
📖 अनुवाद
आयत 47
र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
وَأَنَّهُ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ ٤٨
📖 अनुवाद
आयत 48
र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
وَأَنَّهُ هُوَ رَبُّ الشِّعْرَىٰ ٤٩
📖 अनुवाद
आयत 49
र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ ٥٢
📖 अनुवाद
आयत 52
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
فَبِأَيِّ آلَاءِ رَبِّكَ تَتَمَارَىٰ ٥٥
📖 अनुवाद
आयत 55
अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ
هَٰذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَىٰ ٥٦
📖 अनुवाद
आयत 56
यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
لَيْسَ لَهَا مِن دُونِ اللَّهِ كَاشِفَةٌ ٥٨
📖 अनुवाद
आयत 58
त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
पढ्नुहोस् सूरा अन-नज्म नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

