अन-नूर · 59/64
अनुवाद उच्चारण — सूरा अन-नूर
وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنكُمُ الْحُلُمَ فَلْيَسْتَأْذِنُوا كَمَا اسْتَأْذَنَ الَّذِينَ مِن قَبْلِهِمْ ۚ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ ۝٥٩
Wa izaa balaghal atfaalu minkumul huluma fal yastaazinoo kamas taazanal lazeena min qablihim; kazaalika yubaiyinul laahu lakum Aayaatih; wallaahu `Aleemun Hakeem
📖 नेपाली अर्थ
र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक छ कि अनुमति लिएर (तिम्रो कोठामा) प्रवेश गर्ने गरुन् जुनप्रकारले उनीहरूभन्दा अगाडिका मानिसहरूले अनुमति लिंदै गरेका थिए । यसप्रकार अल्लाहले तिम्रो निम्ति आफ्ना आयतहरू स्पष्ट पार्दछ । अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 57-61 — सूरा अन-नूर

57لَا تَحْسَبَنَّ الَّذِينَ كَفَرُوا مُعْجِزِينَ فِي الْأَرْضِ ۚ وَمَأْوَاهُمُ النَّارُ ۖ وَلَبِئْسَ الْمَصِيرُ
काफिरहरू यस्तो कहिले नठानुन् कि उनीहरू हामीलाई जमिनमा हराउने छन् (नियन्त्रित गर्नेछन्), यिनीहरूको बासस्थान त नर्क नै हो र त्यो साह्रै नराम्रो बासस्थान हो ।
58يَا أَيُّهَا الَّذِينَ آمَنُوا لِيَسْتَأْذِنكُمُ الَّذِينَ مَلَكَتْ أَيْمَانُكُمْ وَالَّذِينَ لَمْ يَبْلُغُوا الْحُلُمَ مِنكُمْ ثَلَاثَ مَرَّاتٍ ۚ مِّن قَبْلِ صَلَاةِ الْفَجْرِ وَحِينَ تَضَعُونَ ثِيَابَكُم مِّنَ الظَّهِيرَةِ وَمِن بَعْدِ صَلَاةِ الْعِشَاءِ ۚ ثَلَاثُ عَوْرَاتٍ لَّكُمْ ۚ لَيْسَ عَلَيْكُمْ وَلَا عَلَيْهِمْ جُنَاحٌ بَعْدَهُنَّ ۚ طَوَّافُونَ عَلَيْكُم بَعْضُكُمْ عَلَىٰ بَعْضٍ ۚ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
हे मोमिनहरू ! तिमीमध्येका तिम्रा दास, दासीहरू र नाबालकहरूको लागि आवश्यक छ कि तीन समयहरूमा तिमीसित अनुमति लिइहालुन् प्रभातकालिन नमाजे फज्रभन्दा अगाडि, र जब दिउँसो तिमीले आरामको निम्ति आफ्ना लुगाहरू फुकाइदिन्छौ, र (तेस्रो) इशाको नमाज पश्चात । (यी) तीन समय तिम्रो एकान्त र पर्दाका हुन् । यी समय बाहेक (अन्य समयहरूमा) न तिमीमाथि कुनै दोष छ र न उनीहरू माथि । जुन कि (कामको लागि) एक अर्काको पासमा आइरहन्छौ । यसप्रकार अल्लाहले आफ्नो आयतहरूलाई स्पष्टरूपले वर्णन गर्दछ र अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।
59وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنكُمُ الْحُلُمَ فَلْيَسْتَأْذِنُوا كَمَا اسْتَأْذَنَ الَّذِينَ مِن قَبْلِهِمْ ۚ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ ۗ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ
र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक छ कि अनुमति लिएर (तिम्रो कोठामा) प्रवेश गर्ने गरुन् जुनप्रकारले उनीहरूभन्दा अगाडिका मानिसहरूले अनुमति लिंदै गरेका थिए । यसप्रकार अल्लाहले तिम्रो निम्ति आफ्ना आयतहरू स्पष्ट पार्दछ । अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ ।
60وَالْقَوَاعِدُ مِنَ النِّسَاءِ اللَّاتِي لَا يَرْجُونَ نِكَاحًا فَلَيْسَ عَلَيْهِنَّ جُنَاحٌ أَن يَضَعْنَ ثِيَابَهُنَّ غَيْرَ مُتَبَرِّجَاتٍ بِزِينَةٍ ۖ وَأَن يَسْتَعْفِفْنَ خَيْرٌ لَّهُنَّ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ
र ठूलो उमेरकी स्त्रीहरू जसलाई विवाहको आशा र इच्छा छैन, र उनीहरूले लुगा फुकाएर टाउको खुला गर्ने गर्दछिन् भने उनीहरूमाथि कुनै दोष छैन, तर यस शर्तमा कि उनीहरूले आफ्नो श्रृंगारको प्रदर्शन गर्ने होइनन् । तैपनि यदि यसबाट पनि सावधानी राख्छिन भने (यो) उनीहरूको निम्ति राम्रो हुन्छ र अल्लाह राम्ररी सुन्दछ, जान्दछ ।
61لَّيْسَ عَلَى الْأَعْمَىٰ حَرَجٌ وَلَا عَلَى الْأَعْرَجِ حَرَجٌ وَلَا عَلَى الْمَرِيضِ حَرَجٌ وَلَا عَلَىٰ أَنفُسِكُمْ أَن تَأْكُلُوا مِن بُيُوتِكُمْ أَوْ بُيُوتِ آبَائِكُمْ أَوْ بُيُوتِ أُمَّهَاتِكُمْ أَوْ بُيُوتِ إِخْوَانِكُمْ أَوْ بُيُوتِ أَخَوَاتِكُمْ أَوْ بُيُوتِ أَعْمَامِكُمْ أَوْ بُيُوتِ عَمَّاتِكُمْ أَوْ بُيُوتِ أَخْوَالِكُمْ أَوْ بُيُوتِ خَالَاتِكُمْ أَوْ مَا مَلَكْتُم مَّفَاتِحَهُ أَوْ صَدِيقِكُمْ ۚ لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَن تَأْكُلُوا جَمِيعًا أَوْ أَشْتَاتًا ۚ فَإِذَا دَخَلْتُم بُيُوتًا فَسَلِّمُوا عَلَىٰ أَنفُسِكُمْ تَحِيَّةً مِّنْ عِندِ اللَّهِ مُبَارَكَةً طَيِّبَةً ۚ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَعْقِلُونَ
अन्धाको लागि, लङ्गडोको लागि र रोगीको लागि र तिम्रो आफैको निम्ति कुनै दोष छैन कि आफ्ना घरहरूबाट खान्छौ वा आफ्नो पिताहरूका घरहरूबाट वा आफ्नो आमाको घरबाट वा आफनो दाइभाइहरूका घरहरूबाट वा आफ्नो दिदी बहिनीहरूका घरहरूबाट वा आफ्नो काकाहरूका घरहरूबाट वा आफ्नो फुपूmहरूका घरबाट वा आफ्नो मामाहरूका घरहरूबाट वा आफ्नो (खालाहरू) आमाको दिदी बहिनीहरूका घरहरूबाट वा जसको साँचोहरूको तिमी स्वामी भएका छौ वा आफ्नो मित्रहरूकहाँ, यस कुरामा तिमीलाई कुनै दोष छैन, कि तिमी मिलीजुली खान्छौ, अथवा अलग–अलग । र जब तिमी घरहरूमा प्रवेश गर्दछौ, तब आफ्ना घरवालाहरूलाई सलाम गर्नेगर । (यो) अल्लाहको तर्फबाट प्रदान अत्यन्त फाइदावाला पवित्र उपहार हो । यसप्रकार स्पष्टरूपले आफ्नो पवित्र वाणीलाई अल्लाहले वर्णन गर्दछ ताकि तिमी बुद्धिले काम लेऊ ।
अन-नूरकुरान अनुक्रमणिका
64आयत
MedinanRevelation
59आयत

अनुवाद — अन-नूर 59

सूरा अन-नूर आयत 59 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब तिम्रो बच्चाहरू युवावस्था प्राप्त गर्दछन् तब उनीहरूलाई आवश्यक…

सूरा आयत 59/64 — सूरा अन-नूर النور (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नूर सुन्नुहोस्, सूरा अन-नूर अनुवाद, सूरा अन-नूर mp3, सूरा अन-नूर pdf. आयत 57–61. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers