युनुस · 22/109
अनुवाद उच्चारण — युनुस
هُوَ الَّذِي يُسَيِّرُكُمْ فِي الْبَرِّ وَالْبَحْرِ ۖ حَتَّىٰ إِذَا كُنتُمْ فِي الْفُلْكِ وَجَرَيْنَ بِهِم بِرِيحٍ طَيِّبَةٍ وَفَرِحُوا بِهَا جَاءَتْهَا رِيحٌ عَاصِفٌ وَجَاءَهُمُ الْمَوْجُ مِن كُلِّ مَكَانٍ وَظَنُّوا أَنَّهُمْ أُحِيطَ بِهِمْ ۙ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ لَئِنْ أَنجَيْتَنَا مِنْ هَٰذِهِ لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ ۝٢٢
Huwal lazee yusaiyirukum fil barri walbahri hattaaa izaa kuntum fil fulki wa jaraina bihim bireeh in taiyibatinw wa farihoo bihaa jaaa`at haa reehun `aasifunw wa jaaa`ahumul mawju min kulli makaaninw wa zannooo annahum uheeta bihim da`awul laaha mukhliseena lahud deena la`in anjaitanaa min haazihee lanakoonannna minash shaakireen
📖 नेपाली अर्थ
उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।
🎧 सुन्नुहोस्

📜 आयत 20-24 — युनुस

20وَيَقُولُونَ لَوْلَا أُنزِلَ عَلَيْهِ آيَةٌ مِّن رَّبِّهِ ۖ فَقُلْ إِنَّمَا الْغَيْبُ لِلَّهِ فَانتَظِرُوا إِنِّي مَعَكُم مِّنَ الْمُنتَظِرِينَ
र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
21وَإِذَا أَذَقْنَا النَّاسَ رَحْمَةً مِّن بَعْدِ ضَرَّاءَ مَسَّتْهُمْ إِذَا لَهُم مَّكْرٌ فِي آيَاتِنَا ۚ قُلِ اللَّهُ أَسْرَعُ مَكْرًا ۚ إِنَّ رُسُلَنَا يَكْتُبُونَ مَا تَمْكُرُونَ
र जब हामीले मानिसहरूलाई दुःख पुगेपछि आफ्नो दयाले सुखको स्वाद चखाउँछौ, त्यतिखेर तिनीहरूले हाम्रा आयतहरूको बारेमा षड्यन्त्र गर्न थाल्छन् । तपाई भनिदिनुस् कि अल्लाहले छिट्टै आफ्नो योजना सम्पन्न गर्नेवाला छ र जुन षड्यन्त्रपूर्ण योजना तिमीले बनाइराखेका छौ, हाम्रा फरिश्ताहरू ती सबै लेखिराखेका छन् ।
22هُوَ الَّذِي يُسَيِّرُكُمْ فِي الْبَرِّ وَالْبَحْرِ ۖ حَتَّىٰ إِذَا كُنتُمْ فِي الْفُلْكِ وَجَرَيْنَ بِهِم بِرِيحٍ طَيِّبَةٍ وَفَرِحُوا بِهَا جَاءَتْهَا رِيحٌ عَاصِفٌ وَجَاءَهُمُ الْمَوْجُ مِن كُلِّ مَكَانٍ وَظَنُّوا أَنَّهُمْ أُحِيطَ بِهِمْ ۙ دَعَوُا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ لَئِنْ أَنجَيْتَنَا مِنْ هَٰذِهِ لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ
उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य बनाएको छ, यहाँसम्म कि जब तिमीहरू डुङ्गाहरूमा (सवार) हुन्छौ र ती डुङ्गाहरूले त्यसमा यात्रा गर्नेहरूलाई लिएर अनुकूल हावाको मद्दतले हिंड्न थाल्छन् र तिनीहरू त्यसबाट निकै आनन्दित हुन्छन्, अनि एउटा तूफानी हावा चल्न थाल्छ र चारैतिरबाट तरङ्गहरू उठ्न थाल्दछन् र तिनीहरूलाई लाग्दछ कि (अहिले त) तरङ्गहरूबाट नराम्रोसंग घेराइसकेका छन्, त्यतिखेर अल्लाहलाई नै शुद्ध नीयतले पुकार्दछन् कि यदि हामीलाई यसबाट मुक्त गराइदिन्छौ भने हामी धेरै आभारी हुनेछौं ।
23فَلَمَّا أَنجَاهُمْ إِذَا هُمْ يَبْغُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ ۗ يَا أَيُّهَا النَّاسُ إِنَّمَا بَغْيُكُمْ عَلَىٰ أَنفُسِكُم ۖ مَّتَاعَ الْحَيَاةِ الدُّنْيَا ۖ ثُمَّ إِلَيْنَا مَرْجِعُكُمْ فَنُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ
तर जब अल्लाहले तिनीहरूलाई बचाइदिन्छ तब तिनीहरूले तुरुन्तै पृथ्वीमा त्यसै घृष्टतापूर्वक उपद्रव गर्न थाल्छन् । मानिसहरू हो ! तिम्रो यो उद्दण्डता तिम्रो लागि नै हानिकारक हुनेछ । सांसारिक जीवनका केही फाइदा छन् तर फेरि तिमीले हाम्रै समीपमा फर्केर आउनु पर्नेछ अनि हामीले तिमीलाई तिमीले गरेको सबै देखाउने छौं ।
24إِنَّمَا مَثَلُ الْحَيَاةِ الدُّنْيَا كَمَاءٍ أَنزَلْنَاهُ مِنَ السَّمَاءِ فَاخْتَلَطَ بِهِ نَبَاتُ الْأَرْضِ مِمَّا يَأْكُلُ النَّاسُ وَالْأَنْعَامُ حَتَّىٰ إِذَا أَخَذَتِ الْأَرْضُ زُخْرُفَهَا وَازَّيَّنَتْ وَظَنَّ أَهْلُهَا أَنَّهُمْ قَادِرُونَ عَلَيْهَا أَتَاهَا أَمْرُنَا لَيْلًا أَوْ نَهَارًا فَجَعَلْنَاهَا حَصِيدًا كَأَن لَّمْ تَغْنَ بِالْأَمْسِ ۚ كَذَٰلِكَ نُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَتَفَكَّرُونَ
संसारको जीवनको अवस्था यस्तो छ जस्तो कि हामीले आकाशबाट पानी बर्सायौं, अनि त्यसलाई पृथ्वीमा मिसाई त्यसबाट बनस्पति उब्जायौं, जसलाई मानिस र पशुहरूले खान्छन् । यहाँसम्म कि पृथ्वी बनस्पतिले मनोरम र विभूषित भइहाल्यौ र मानिसहरूले ठान्नथाले कि त्यसमाथि तिनीहरूको पूरा अधिकार भइसक्यो । अनि एक्कासि राति वा दिनमा हाम्रो आदेश आइपुग्यो, अनि हामीले त्यसलाई काटेर यस्तो गरिहाल्यौं जस्तो कि त्यहाँ हिजोसम्म केही छँदै थिएन । जो चिन्तन गर्ने मानिसहरू छन् तिनीहरूको निम्ति यसरी नै हामीले आफ्ना निशानीहरू खुलस्त रूपमा वर्णन गर्दछौं ।
युनुसकुरान अनुक्रमणिका
109आयत
MeccanRevelation
22आयत

अनुवाद — युनुस 22

सूरा युनुस आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उही अल्लाह हो, जसले तिमीलाई जंगल र समुन्द्रमा हिंडने योग्य…

सूरा आयत 22/109 — युनुस يونس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युनुस सुन्नुहोस्, युनुस अनुवाद, युनुस mp3, युनुस pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers