अन-नूर · 32/64
अनुवाद उच्चारण — सूरा अन-नूर
وَأَنكِحُوا الْأَيَامَىٰ مِنكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ ۚ إِن يَكُونُوا فُقَرَاءَ يُغْنِهِمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ ۝٣٢
Wa ankihul ayaamaa minkum was saaliheena min `ibaadikum wa imaa`kum; iny-yakoonoo fuqaraaa`a yughni himul laahu min fadlih; wal laahu Waasi`un `Aleem
📖 नेपाली अर्थ
र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा अन-नूर

30قُل لِّلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ وَيَحْفَظُوا فُرُوجَهُمْ ۚ ذَٰلِكَ أَزْكَىٰ لَهُمْ ۗ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا يَصْنَعُونَ
मोमिन पुरुषहरूसित भनिदिनुस् कि आफ्नो दृष्टि तल राख्ने गरुन् र गोप्याङ्गहरूको रक्षा गरुन्, यो उनीहरूको निम्ति बडो पवित्रताको कुरो हो । मानिसहरू जुन काम गर्छन, अल्लाहलाई त्यो सबै थाहा छ ।
31وَقُل لِّلْمُؤْمِنَاتِ يَغْضُضْنَ مِنْ أَبْصَارِهِنَّ وَيَحْفَظْنَ فُرُوجَهُنَّ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَا ۖ وَلْيَضْرِبْنَ بِخُمُرِهِنَّ عَلَىٰ جُيُوبِهِنَّ ۖ وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوْ آبَائِهِنَّ أَوْ آبَاءِ بُعُولَتِهِنَّ أَوْ أَبْنَائِهِنَّ أَوْ أَبْنَاءِ بُعُولَتِهِنَّ أَوْ إِخْوَانِهِنَّ أَوْ بَنِي إِخْوَانِهِنَّ أَوْ بَنِي أَخَوَاتِهِنَّ أَوْ نِسَائِهِنَّ أَوْ مَا مَلَكَتْ أَيْمَانُهُنَّ أَوِ التَّابِعِينَ غَيْرِ أُولِي الْإِرْبَةِ مِنَ الرِّجَالِ أَوِ الطِّفْلِ الَّذِينَ لَمْ يَظْهَرُوا عَلَىٰ عَوْرَاتِ النِّسَاءِ ۖ وَلَا يَضْرِبْنَ بِأَرْجُلِهِنَّ لِيُعْلَمَ مَا يُخْفِينَ مِن زِينَتِهِنَّ ۚ وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَ الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ
र मोमिन स्त्रीहरूसित भनिदिनुस् कि उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो पवित्रताको रक्षा गरुन् र आफ्नो श्रृंगार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ र आफ्नो वक्षस्थललाई दुपट्टाहरूले छोपिराखुन् र आफ्नो श्रृंगार कसैलाई प्रकट नगरुन्, आफ्ना पतिहरू वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा वा आफ्नो छोरा वा आफ्नो पतिको छोरा वा आफ्ना खासै भाइहरू वा भतिजाहरू वा आफ्ना भान्जिहरू वा आफ्नो मेलजोलका स्त्रीहरू वा जो लौंडीहरू र उनीहरूको अधीनस्थ यस्ता पुरुषहरू जसमा स्त्रीको आवश्यकता हुँदैन, वा ती बच्चाहरू जो कि स्त्रीहरूको कुरोसित परिचित हुँदैनन् तिनीहरू बाहेक । र आफ्ना खुट्टाहरू भूईंमा बजारेर नहिड्नु कि उनीहरूको लुकेको श्रृंगार थाहा भइहालोस् । र मोमिनहरू हो ! तिमी सबै अल्लाहको अगाडि प्रयश्चित गर ताकि तिमी मुक्ति पाउन सक ।
32وَأَنكِحُوا الْأَيَامَىٰ مِنكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ ۚ إِن يَكُونُوا فُقَرَاءَ يُغْنِهِمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।
33وَلْيَسْتَعْفِفِ الَّذِينَ لَا يَجِدُونَ نِكَاحًا حَتَّىٰ يُغْنِيَهُمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَالَّذِينَ يَبْتَغُونَ الْكِتَابَ مِمَّا مَلَكَتْ أَيْمَانُكُمْ فَكَاتِبُوهُمْ إِنْ عَلِمْتُمْ فِيهِمْ خَيْرًا ۖ وَآتُوهُم مِّن مَّالِ اللَّهِ الَّذِي آتَاكُمْ ۚ وَلَا تُكْرِهُوا فَتَيَاتِكُمْ عَلَى الْبِغَاءِ إِنْ أَرَدْنَ تَحَصُّنًا لِّتَبْتَغُوا عَرَضَ الْحَيَاةِ الدُّنْيَا ۚ وَمَن يُكْرِههُّنَّ فَإِنَّ اللَّهَ مِن بَعْدِ إِكْرَاهِهِنَّ غَفُورٌ رَّحِيمٌ
र जसले विवाहको अवसर पाइराखेका छैनन् उनीहरूले सच्चरित्र रहनु आवश्यक छ । यहाँसम्म कि अल्लाहले आफ्नो अनुग्रहबाट उनीहरूलाई समृद्ध गरिहालोस् । र तिम्रो दासहरूमध्ये जसले तिमीलाई केही दिएर स्वतन्त्र भएको लिखत गराउन चाहन्छ, भने तिमी उनीहरूलाई भद्र र नेक पाउँछौ भने उनीहरूसित मुकातबत् (मालिक र दासबीच स्वतन्त्रता सम्बन्धी सम्झौता) गरिहाल र अल्लाहले जुन सम्पति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरूलाई पनि देऊ र आफ्नो दासीहरूलाई यदि उनीहरू पवित्र रहन चाहन्छिन्, भने सांसारिक जीवनको फाइदा प्राप्त गर्नुको निम्ति उनीहरूलाई व्यभिचारको लागि बाध्य नगर्नु । र जसले उनलाई बाध्य गर्नेछ । त निश्चय नै उनीहरूलाई बाध्य गरिए पश्चात अल्लाहले उनीहरूको यस गल्तीको लागि क्षमा प्रदान गर्नेवाला छ ।
34وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُّبَيِّنَاتٍ وَمَثَلًا مِّنَ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ وَمَوْعِظَةً لِّلْمُتَّقِينَ
हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।
अन-नूरकुरान अनुक्रमणिका
64आयत
MedinanRevelation
32आयत

अनुवाद — अन-नूर 32

सूरा अन-नूर आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने…

सूरा आयत 32/64 — सूरा अन-नूर النور (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नूर सुन्नुहोस्, सूरा अन-नूर अनुवाद, सूरा अन-नूर mp3, सूरा अन-नूर pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers