अल-बकरा · 231/286
अनुवाद उच्चारण — अल-बकरा
وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ سَرِّحُوهُنَّ بِمَعْرُوفٍ ۚ وَلَا تُمْسِكُوهُنَّ ضِرَارًا لِّتَعْتَدُوا ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ فَقَدْ ظَلَمَ نَفْسَهُ ۚ وَلَا تَتَّخِذُوا آيَاتِ اللَّهِ هُزُوًا ۚ وَاذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ وَمَا أَنزَلَ عَلَيْكُم مِّنَ الْكِتَابِ وَالْحِكْمَةِ يَعِظُكُم بِهِ ۚ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ ۝٢٣١
Wa izaa tallaqtumun nisaaa`a fabalaghna ajala hunna fa amsikoohunna bima`roofin law sarrihoo hunna bima`roof; wa laa tumsikoo hunna diraa rallita`tadoo; wa mai yaf`al zaalika faqad zalama nafsah; wa laa tattakhizooo aayaatillaahi huzuwaa; wazkuroo ni`matal laahi `alaikum wa maaa anzala `alaikum minal kitaabi wal ikmati ya`izukum bih; wattaqul laaha wa`lamooo annal laaha bikulli shai`i `Aleem
📖 नेपाली अर्थ
जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई या त न्यायोचित व्यवहारले निकाह अन्तर्गत नै रहन देऊ अथवा पूर्ण भद्रताका साथ बिदाई दिइहाल र अलमलमा पार्ने नीयतले तिनीहरूलाई निकाहमा नराख । जसले यस्तो गर्दछ, उसले आफैमाथि अन्याय गरेको हुन्छ । तिमीहरूले अल्लाहका आदेशहरूलाई हाँसो र ठट्टा नबनाऊ, र अल्लाहको तिमीहरूमाथि जुन उपकार छ, त्यसलाई स्मरण गर र तिमीलाई जे जति किताब र बुद्धिमानीका कुराहरू उसले प्रदान गरेको छ, जसबाट यस्तै तिमीलाई मार्गदर्शन गरिरहन्छ, तिनलाई पनि स्मरण गर र अल्लाहसित डर मान्नेगर, र जानिराख कि अल्लाह हरेक कुरो जान्दछ ।
🎧 सुन्नुहोस्

📜 आयत 229-233 — अल-बकरा

229الطَّلَاقُ مَرَّتَانِ ۖ فَإِمْسَاكٌ بِمَعْرُوفٍ أَوْ تَسْرِيحٌ بِإِحْسَانٍ ۗ وَلَا يَحِلُّ لَكُمْ أَن تَأْخُذُوا مِمَّا آتَيْتُمُوهُنَّ شَيْئًا إِلَّا أَن يَخَافَا أَلَّا يُقِيمَا حُدُودَ اللَّهِ ۖ فَإِنْ خِفْتُمْ أَلَّا يُقِيمَا حُدُودَ اللَّهِ فَلَا جُنَاحَ عَلَيْهِمَا فِيمَا افْتَدَتْ بِهِ ۗ تِلْكَ حُدُودُ اللَّهِ فَلَا تَعْتَدُوهَا ۚ وَمَن يَتَعَدَّ حُدُودَ اللَّهِ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ
यी तलाकहरू (पारपाचुके) दुई पटक गर्न सकिन्छ त्यसपश्चात या त तिनीहरूलाई (स्वास्नीलाई) राम्रो तरिकाले (पत्नीत्वमा) राख्नु अथवा सदव्यवहारको साथ विदा गर्नु र यो अनुचित छ कि जुन कुरा तिमीले तिनीहरूलाई दिसकेका छौ, त्यसमध्ये केही फिर्ता लेऊ । हो ! यो आर्कै कुरा हो कि दुवैलाई अल्लाहबाट निर्धारित गरिएका सीमाहरूको पालना नगर्न सक्ने संभावनाबाट डर होओस् यसर्थ यदि तिमीहरूलाई यो डर छ कि अल्लाहद्वारा निर्धारित सीमा कायम राख्न सक्दैनन् भने पत्नीले (पतिबाट) मुक्त हुन पाएको बदला केही दिनुमा दुवैलाई कुनै पाप लाग्दैन । यी अल्लाहबाट निर्धारित गरिएका सीमाहरू हुन्, खबरदार ! तिनीभन्दा बाहिर नजानु र जुन मानिसहरू अल्लाहका सीमाहरू उल्लंघन गर्छन्, तिनीहरू अत्याचारी हुन् ।
230فَإِن طَلَّقَهَا فَلَا تَحِلُّ لَهُ مِن بَعْدُ حَتَّىٰ تَنكِحَ زَوْجًا غَيْرَهُ ۗ فَإِن طَلَّقَهَا فَلَا جُنَاحَ عَلَيْهِمَا أَن يَتَرَاجَعَا إِن ظَنَّا أَن يُقِيمَا حُدُودَ اللَّهِ ۗ وَتِلْكَ حُدُودُ اللَّهِ يُبَيِّنُهَا لِقَوْمٍ يَعْلَمُونَ
फेरि यदि पतिले तेस्रो पटक तलाक दिन्छ भने त्यसपछि जबसम्म ती स्वास्नी मानिसले कुनै अर्को मानिससँग विवाह नगरिहालोस् । पहिलो पतिको निम्ति स्वीकार्य हुँदैन । र यदि दोस्रो पतिले पनि (आफ्नो इच्छाले) तलाक दिन्छ भने स्वास्नी र उसको पहिलो पतिले पुनर्विवाह गर्न सक्दछन्, यसमा दुवैमाथि कुनै गुनाह छैन, यस शर्तमा कि दुवैलाई विश्वास होस् कि अल्लाहका सीमाहरू कायम राख्न सक्ने छन् । यी अल्लाहका सीमाहरू हुन्, जसलाई उसले जान्न चाहने मानिसहरूको निम्ति वर्णन गर्दछ ।
231وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ سَرِّحُوهُنَّ بِمَعْرُوفٍ ۚ وَلَا تُمْسِكُوهُنَّ ضِرَارًا لِّتَعْتَدُوا ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ فَقَدْ ظَلَمَ نَفْسَهُ ۚ وَلَا تَتَّخِذُوا آيَاتِ اللَّهِ هُزُوًا ۚ وَاذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ وَمَا أَنزَلَ عَلَيْكُم مِّنَ الْكِتَابِ وَالْحِكْمَةِ يَعِظُكُم بِهِ ۚ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ
जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई या त न्यायोचित व्यवहारले निकाह अन्तर्गत नै रहन देऊ अथवा पूर्ण भद्रताका साथ बिदाई दिइहाल र अलमलमा पार्ने नीयतले तिनीहरूलाई निकाहमा नराख । जसले यस्तो गर्दछ, उसले आफैमाथि अन्याय गरेको हुन्छ । तिमीहरूले अल्लाहका आदेशहरूलाई हाँसो र ठट्टा नबनाऊ, र अल्लाहको तिमीहरूमाथि जुन उपकार छ, त्यसलाई स्मरण गर र तिमीलाई जे जति किताब र बुद्धिमानीका कुराहरू उसले प्रदान गरेको छ, जसबाट यस्तै तिमीलाई मार्गदर्शन गरिरहन्छ, तिनलाई पनि स्मरण गर र अल्लाहसित डर मान्नेगर, र जानिराख कि अल्लाह हरेक कुरो जान्दछ ।
232وَإِذَا طَلَّقْتُمُ النِّسَاءَ فَبَلَغْنَ أَجَلَهُنَّ فَلَا تَعْضُلُوهُنَّ أَن يَنكِحْنَ أَزْوَاجَهُنَّ إِذَا تَرَاضَوْا بَيْنَهُم بِالْمَعْرُوفِ ۗ ذَٰلِكَ يُوعَظُ بِهِ مَن كَانَ مِنكُمْ يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ۗ ذَٰلِكُمْ أَزْكَىٰ لَكُمْ وَأَطْهَرُ ۗ وَاللَّهُ يَعْلَمُ وَأَنتُمْ لَا تَعْلَمُونَ
र जब तिमीहरू आफ्ना पत्नीहरूलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा भइसकेको छ भने तिनीहरूलाई उनको पतिसँग, निकाह गर्नबाट नरोक यदि तिनीहरू जायज तरिकाले त्यसो गर्दछन् । यो उपदेश तिमीहरूमध्ये त्यस्तो व्यक्तिको लागि हो जसले अल्लाह र प्रलयको दिनमा विश्वास राख्दछ । यो तिम्रो निम्ति अत्यन्त राम्रो एवम् अति पवित्रताको कुरो हो । अल्लाह जान्दछ, (जुन) तिमी जान्दैनौ ।
233۞ وَالْوَالِدَاتُ يُرْضِعْنَ أَوْلَادَهُنَّ حَوْلَيْنِ كَامِلَيْنِ ۖ لِمَنْ أَرَادَ أَن يُتِمَّ الرَّضَاعَةَ ۚ وَعَلَى الْمَوْلُودِ لَهُ رِزْقُهُنَّ وَكِسْوَتُهُنَّ بِالْمَعْرُوفِ ۚ لَا تُكَلَّفُ نَفْسٌ إِلَّا وُسْعَهَا ۚ لَا تُضَارَّ وَالِدَةٌ بِوَلَدِهَا وَلَا مَوْلُودٌ لَّهُ بِوَلَدِهِ ۚ وَعَلَى الْوَارِثِ مِثْلُ ذَٰلِكَ ۗ فَإِنْ أَرَادَا فِصَالًا عَن تَرَاضٍ مِّنْهُمَا وَتَشَاوُرٍ فَلَا جُنَاحَ عَلَيْهِمَا ۗ وَإِنْ أَرَدتُّمْ أَن تَسْتَرْضِعُوا أَوْلَادَكُمْ فَلَا جُنَاحَ عَلَيْكُمْ إِذَا سَلَّمْتُم مَّا آتَيْتُم بِالْمَعْرُوفِ ۗ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ
आमाहरूले आफ्ना बच्चाहरूलाई पूरै दुई वर्षसम्म दूध ख्वाउनु पर्छ यो (आदेश) उसको लागि हो जसले कि पूरै अवधिसम्म दूध ख्वाउन चाहन्छ र दूध ख्वाउने आमाहरूको खाना र लुगाहरू दस्तूर अनुसार उसको (बाबुको) जिम्मामा हुनेछ । प्रत्येक व्यक्तिलाई त्यत्तिकै कष्ट दिइन्छ जति सहन सक्ने उसको क्षमता छ । नत आमालाई उसको बच्चाको कारण नत बाबुलाई उसको सन्तानको कारण कुनै दुःख दिइयोस् । उत्तराधिकारीमाथि पनि यस्तै किसिमको जिम्मेवारी छ र यदि आमा–बाबु दुवै आपसमा सर–सल्लाह र सहमतिबाट बच्चाहरूको दूध छोडाउन चाहन्छन्, तब तिनीहरूलाई कुनै गुनाह (पाप) छैन र यदि तिमीहरूले (आमा–बाबु) आफ्ना सन्तानहरूलाई (अरुबाट) दूध ख्वाउन चाहन्छौ भने पनि तिमीलाई कुनै पाप लाग्दैन, यदि तिमीले दूध ख्वाउनेहरूलाई दस्तूर अनुसार तिनको निर्धारित हक दिन्छौ । अल्लाहसँग डर मान्नेगर र जानिराख कि, अल्लाहले तिम्रो काम देखिराखेको छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
231आयत

अनुवाद — अल-बकरा 231

सूरा अल-बकरा आयत 231 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब तिमीले स्वास्नीलाई तलाक दिइसकेका हुन्छौं र तिनीहरूको इद्दत पूरा…

सूरा आयत 231/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 229–233. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers