अन-नूर · 34/64
अनुवाद उच्चारण — अन-नूर
وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُّبَيِّنَاتٍ وَمَثَلًا مِّنَ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ وَمَوْعِظَةً لِّلْمُتَّقِينَ ۝٣٤
Wa laqad anzalnaaa ilaikum Aayaatim mubaiyinaatinw wa masalam minnal lazeena khalaw min qablikum wa maw`izatal lilmuttaqeen
📖 नेपाली अर्थ
हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।

🎧 सुन्नुहोस्


📜 आयत 32-36 — अन-नूर

32وَأَنكِحُوا الْأَيَامَىٰ مِنكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ ۚ إِن يَكُونُوا فُقَرَاءَ يُغْنِهِمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
र तिमीहरूमध्ये जो स्त्री, पुरुष अविवाहित छन् उनको विवाह गरिदिने गर, र आफ्ना गुलाम र दासीहरूको पनि जो नेक छन् (निकाह गरिदेने गर) र उनीहरू यदि गरिब छन् भने अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ, र अल्लाह धेरै सुविधादाता सर्वज्ञ छ ।
33وَلْيَسْتَعْفِفِ الَّذِينَ لَا يَجِدُونَ نِكَاحًا حَتَّىٰ يُغْنِيَهُمُ اللَّهُ مِن فَضْلِهِ ۗ وَالَّذِينَ يَبْتَغُونَ الْكِتَابَ مِمَّا مَلَكَتْ أَيْمَانُكُمْ فَكَاتِبُوهُمْ إِنْ عَلِمْتُمْ فِيهِمْ خَيْرًا ۖ وَآتُوهُم مِّن مَّالِ اللَّهِ الَّذِي آتَاكُمْ ۚ وَلَا تُكْرِهُوا فَتَيَاتِكُمْ عَلَى الْبِغَاءِ إِنْ أَرَدْنَ تَحَصُّنًا لِّتَبْتَغُوا عَرَضَ الْحَيَاةِ الدُّنْيَا ۚ وَمَن يُكْرِههُّنَّ فَإِنَّ اللَّهَ مِن بَعْدِ إِكْرَاهِهِنَّ غَفُورٌ رَّحِيمٌ
र जसले विवाहको अवसर पाइराखेका छैनन् उनीहरूले सच्चरित्र रहनु आवश्यक छ । यहाँसम्म कि अल्लाहले आफ्नो अनुग्रहबाट उनीहरूलाई समृद्ध गरिहालोस् । र तिम्रो दासहरूमध्ये जसले तिमीलाई केही दिएर स्वतन्त्र भएको लिखत गराउन चाहन्छ, भने तिमी उनीहरूलाई भद्र र नेक पाउँछौ भने उनीहरूसित मुकातबत् (मालिक र दासबीच स्वतन्त्रता सम्बन्धी सम्झौता) गरिहाल र अल्लाहले जुन सम्पति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरूलाई पनि देऊ र आफ्नो दासीहरूलाई यदि उनीहरू पवित्र रहन चाहन्छिन्, भने सांसारिक जीवनको फाइदा प्राप्त गर्नुको निम्ति उनीहरूलाई व्यभिचारको लागि बाध्य नगर्नु । र जसले उनलाई बाध्य गर्नेछ । त निश्चय नै उनीहरूलाई बाध्य गरिए पश्चात अल्लाहले उनीहरूको यस गल्तीको लागि क्षमा प्रदान गर्नेवाला छ ।
34وَلَقَدْ أَنزَلْنَا إِلَيْكُمْ آيَاتٍ مُّبَيِّنَاتٍ وَمَثَلًا مِّنَ الَّذِينَ خَلَوْا مِن قَبْلِكُمْ وَمَوْعِظَةً لِّلْمُتَّقِينَ
हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा अगाडि गुज्रिसकेका छन्, उनीहरूका दृष्टान्त र संयमीहरूको निम्ति नसिहत (चेतावनी) ।
35۞ اللَّهُ نُورُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ مَثَلُ نُورِهِ كَمِشْكَاةٍ فِيهَا مِصْبَاحٌ ۖ الْمِصْبَاحُ فِي زُجَاجَةٍ ۖ الزُّجَاجَةُ كَأَنَّهَا كَوْكَبٌ دُرِّيٌّ يُوقَدُ مِن شَجَرَةٍ مُّبَارَكَةٍ زَيْتُونَةٍ لَّا شَرْقِيَّةٍ وَلَا غَرْبِيَّةٍ يَكَادُ زَيْتُهَا يُضِيءُ وَلَوْ لَمْ تَمْسَسْهُ نَارٌ ۚ نُّورٌ عَلَىٰ نُورٍ ۗ يَهْدِي اللَّهُ لِنُورِهِ مَن يَشَاءُ ۚ وَيَضْرِبُ اللَّهُ الْأَمْثَالَ لِلنَّاسِ ۗ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ
अल्लाह आकाशहरू, र धरतीहरूको प्रकाश हो । उसको प्रकाशको उदाहरण यस्तो छ कि एउटा खोपा छ, जसमा टुक्की छ र टुक्की एउटा शीशाको बट्टामा छ, र शीशा यस्तो सफा सुग्घर छ कि चम्किराखेको तारा जस्तै होस् । त्यो दियो जो पवित्र जैतूनको रुखको तेलबाट बालिन्छ, जुन रुख न पूर्वतिर छ न पश्चिमतिर छ । (यस्तो प्रतीत हुन्छ कि) त्यसको तेल चाहे आगोले त्यसलाई नछोएपनि, बल्नलाई तयार छ । प्रकाशमाथि प्रकाश छ । अल्लाहले आफ्नो प्रकाशतर्फ जसलाई चाहन्छ सोझो बाटो देखाउँछ । र अल्लाह मानिसहरूको लागि उदाहरणहरू वर्णन गर्दछ । र अल्लाह प्रत्येक कुरोको अवस्था जान्दछ ।
36فِي بُيُوتٍ أَذِنَ اللَّهُ أَن تُرْفَعَ وَيُذْكَرَ فِيهَا اسْمُهُ يُسَبِّحُ لَهُ فِيهَا بِالْغُدُوِّ وَالْآصَالِ
ती घरहरूमा जसलाई उच्च बनाउन र (त्यहाँ) आफ्नो स्तुति गर्न अल्लाहको हुकुम भएको छ त्यहाँ बिहान र साँझ उसको गुणगान (सुब्हानल्लाह) गरिरहन्छन् ।
अन-नूरकुरान अनुक्रमणिका
64आयत
MedinanRevelation
34आयत

अनुवाद — अन-नूर 34

सूरा अन-नूर आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले तिमीतिर स्पष्ट आयतहरू उतारेका छौं, र जुन मानिसहरू तिमीभन्दा…

सूरा आयत 34/64 — अन-नूर النور (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नूर सुन्नुहोस्, अन-नूर अनुवाद, अन-नूर mp3, अन-नूर pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers