अत-तौबा · 100/129
अनुवाद उच्चारण — अत-तौबा
وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُهَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُم بِإِحْسَانٍ رَّضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ ۝١٠٠
Was saabiqoonal awwa loona minal Muhaajireena wal Ansaari wallazeenat taba`oo hum bi ihsaanir radiyal laahu `anhum wa radoo `anhu wa a`adda lahum jannnaatin tajree tahtahal anhaaru khaalideena feehaaa abadaa; zaalikal fawzul `azeem
📖 नेपाली अर्थ
र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।

🎧 सुन्नुहोस्


📜 आयत 98-102 — अत-तौबा

98وَمِنَ الْأَعْرَابِ مَن يَتَّخِذُ مَا يُنفِقُ مَغْرَمًا وَيَتَرَبَّصُ بِكُمُ الدَّوَائِرَ ۚ عَلَيْهِمْ دَائِرَةُ السَّوْءِ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ
र केही अज्ञानी यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।
99وَمِنَ الْأَعْرَابِ مَن يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَيَتَّخِذُ مَا يُنفِقُ قُرُبَاتٍ عِندَ اللَّهِ وَصَلَوَاتِ الرَّسُولِ ۚ أَلَا إِنَّهَا قُرْبَةٌ لَّهُمْ ۚ سَيُدْخِلُهُمُ اللَّهُ فِي رَحْمَتِهِ ۗ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
र केही अज्ञानीहरू यस्ता पनि छन् जो कि अल्लाह र आखिरतको दिनमाथि आस्था राख्दछन् र जे जति खर्च गर्दछन्, त्यसलाई अल्लाहको सामीप्य र पैगम्बरको आशिर्वाद प्राप्त गर्ने माध्यम ठान्दछन् । हेर, अवश्य नै त्यसले, तिनीहरूलाई त्यसको समीपमा लग्ने छ । अल्लाहले तिनीहरूलाई शीघ्र नै आफ्नो दयाको पात्र बनाउने छ । अल्लाह क्षमादाता र बडो कृपालु छ ।
100وَالسَّابِقُونَ الْأَوَّلُونَ مِنَ الْمُهَاجِرِينَ وَالْأَنصَارِ وَالَّذِينَ اتَّبَعُوهُم بِإِحْسَانٍ رَّضِيَ اللَّهُ عَنْهُمْ وَرَضُوا عَنْهُ وَأَعَدَّ لَهُمْ جَنَّاتٍ تَجْرِي تَحْتَهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا أَبَدًا ۚ ذَٰلِكَ الْفَوْزُ الْعَظِيمُ
र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
101وَمِمَّنْ حَوْلَكُم مِّنَ الْأَعْرَابِ مُنَافِقُونَ ۖ وَمِنْ أَهْلِ الْمَدِينَةِ ۖ مَرَدُوا عَلَى النِّفَاقِ لَا تَعْلَمُهُمْ ۖ نَحْنُ نَعْلَمُهُمْ ۚ سَنُعَذِّبُهُم مَّرَّتَيْنِ ثُمَّ يُرَدُّونَ إِلَىٰ عَذَابٍ عَظِيمٍ
र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरू पनि पाखण्डमा परेका छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामीले तिनीहरूलाई जान्दछौं, हामीले तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।
102وَآخَرُونَ اعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَن يَتُوبَ عَلَيْهِمْ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् छ ।
अत-तौबाकुरान अनुक्रमणिका
129आयत
MedinanRevelation
100आयत

अनुवाद — अत-तौबा 100

सूरा अत-तौबा आयत 100 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस)…

सूरा आयत 100/129 — अत-तौबा التوبة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तौबा सुन्नुहोस्, अत-तौबा अनुवाद, अत-तौबा mp3, अत-तौबा pdf. आयत 98–102. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers