युनुस · 14/109
अनुवाद उच्चारण — युनुस
ثُمَّ جَعَلْنَاكُمْ خَلَائِفَ فِي الْأَرْضِ مِن بَعْدِهِمْ لِنَنظُرَ كَيْفَ تَعْمَلُونَ ۝١٤
Summa ja`alnaakum khalaaa`ifa fil ardi mim ba`dihim linanzura kaifa ta`maloon
📖 नेपाली अर्थ
अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामीले हेर्न सकौं कि तिमीले कसरी काम गर्दछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — युनुस

12وَإِذَا مَسَّ الْإِنسَانَ الضُّرُّ دَعَانَا لِجَنبِهِ أَوْ قَاعِدًا أَوْ قَائِمًا فَلَمَّا كَشَفْنَا عَنْهُ ضُرَّهُ مَرَّ كَأَن لَّمْ يَدْعُنَا إِلَىٰ ضُرٍّ مَّسَّهُ ۚ كَذَٰلِكَ زُيِّنَ لِلْمُسْرِفِينَ مَا كَانُوا يَعْمَلُونَ
र मानिसलाई जब कुनै कष्ट पुग्छ त पल्टेको, बसेको र उभेको (अवस्थामा) हामीलाई पुकार्दछ । तर जब हामीले उसको कष्ट हटाइदिन्छौं त यस किसिमबाट आफ्नो बाटो लाग्छ मानौं त्यसले हामीलाई कहिल्यै पुकारेकै थिएन । यस प्रकार सीमा उल्लंघनकारीहरूलाई तिनीहरूका क्रियाकलापहरूलाई आकर्षक देखाइएको छ ।
13وَلَقَدْ أَهْلَكْنَا الْقُرُونَ مِن قَبْلِكُمْ لَمَّا ظَلَمُوا ۙ وَجَاءَتْهُمْ رُسُلُهُم بِالْبَيِّنَاتِ وَمَا كَانُوا لِيُؤْمِنُوا ۚ كَذَٰلِكَ نَجْزِي الْقَوْمَ الْمُجْرِمِينَ
र तिमीभन्दा अघि हामीले अनेक समूहहरूलाई नष्ट गरिसकेका छौं, जब तिनीहरूले अत्याचार गरे र तिनीहरूको समीपमा पैगÞम्बरले स्पष्ट प्रमाणहरू लिएर आए, तर तिनीहरूले ईमान ल्याउनेवाला थिएनन् । हामीले अपराधीहरूलाई यस्तै सजाय दिने गर्दछौं ।
14ثُمَّ جَعَلْنَاكُمْ خَلَائِفَ فِي الْأَرْضِ مِن بَعْدِهِمْ لِنَنظُرَ كَيْفَ تَعْمَلُونَ
अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामीले हेर्न सकौं कि तिमीले कसरी काम गर्दछौ ।
15وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ ۙ قَالَ الَّذِينَ لَا يَرْجُونَ لِقَاءَنَا ائْتِ بِقُرْآنٍ غَيْرِ هَٰذَا أَوْ بَدِّلْهُ ۚ قُلْ مَا يَكُونُ لِي أَنْ أُبَدِّلَهُ مِن تِلْقَاءِ نَفْسِي ۖ إِنْ أَتَّبِعُ إِلَّا مَا يُوحَىٰ إِلَيَّ ۖ إِنِّي أَخَافُ إِنْ عَصَيْتُ رَبِّي عَذَابَ يَوْمٍ عَظِيمٍ
र जब तिनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई उहाँ मार्फत पठाईन्छ । यदि मैले आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्ने भए मलाई ठूलो दिनको सजायको भय छ ।
16قُل لَّوْ شَاءَ اللَّهُ مَا تَلَوْتُهُ عَلَيْكُمْ وَلَا أَدْرَاكُم بِهِ ۖ فَقَدْ لَبِثْتُ فِيكُمْ عُمُرًا مِّن قَبْلِهِ ۚ أَفَلَا تَعْقِلُونَ
तपाई यो पनि भनिदिनुस् कि यदि अल्लाहले चाहेको भए, नत म यो (किताब) तिमीलाई पढेर सुनाउँथे र न उसैले तिमीलाई यस सम्बन्धमा अवगत गराउने थियो । यसभन्दा अगाडि म तिमीहरूको माँझमा (सम्पूर्ण) जीवन अवधि बिताउँदै आइराखेको छु । र (कहिल्यै यस्तो भनेको छैन) के तिमी यो कुरा बुझ्दैनौ
युनुसकुरान अनुक्रमणिका
109आयत
MeccanRevelation
14आयत

अनुवाद — युनुस 14

सूरा युनुस आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि हामीले तिनीहरू पछि तिमीलाई धरतीको उत्तराधिकारी बनायौं ताकि हामीले…

सूरा आयत 14/109 — युनुस يونس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: युनुस सुन्नुहोस्, युनुस अनुवाद, युनुस mp3, युनुस pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers