अन-नूर · 62/64
अनुवाद उच्चारण — अन-नूर
إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ آمَنُوا بِاللَّهِ وَرَسُولِهِ وَإِذَا كَانُوا مَعَهُ عَلَىٰ أَمْرٍ جَامِعٍ لَّمْ يَذْهَبُوا حَتَّىٰ يَسْتَأْذِنُوهُ ۚ إِنَّ الَّذِينَ يَسْتَأْذِنُونَكَ أُولَٰئِكَ الَّذِينَ يُؤْمِنُونَ بِاللَّهِ وَرَسُولِهِ ۚ فَإِذَا اسْتَأْذَنُوكَ لِبَعْضِ شَأْنِهِمْ فَأْذَن لِّمَن شِئْتَ مِنْهُمْ وَاسْتَغْفِرْ لَهُمُ اللَّهَ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ ۝٦٢
Innamal mu`minoonal lazeena aamanoo billaahi wa Rasoolihee wa izaa kaanoo ma`ahoo `alaaa amrin jaami`il lam yazhaboo hataa yastaazinooh; innal lazeena yastaa zinookana ulaaa`ikal lazeena yu`minoona billaahi wa Rasoolih; fa izas taazanooka liba`di shaanihim faazal liman shi`ta minhum wastaghfir lahumul laah; innal laaha Gahfoor Raheem
📖 नेपाली अर्थ
मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा पूर्ण विश्वास गर्दछन् । र जब कुनै सामूहिक विषयको लागि एकत्रित हुन्छन्, तब उनीसित अनुमति न लिइकन कहिंपनि गइहाल्दैनन् । हे पैगम्बर ! जुन मानिसहरू तिमीसित अनुमति प्राप्त गर्दछन् ती नै अल्लाह र त्यसको रसूलमा विश्वास गर्नेहरू हुन्छन् । तसर्थ जब यिनीहरू तिमीसित कुनै कामको लागि अनुमति चाहन्छन्, त्यस वखत तिनीहरूमध्ये जसलाई चाहन्छौ, अनुमति दिने गर र उनीहरूको लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नेगर । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

🎧 सुन्नुहोस्


📜 आयत 60-64 — अन-नूर

60وَالْقَوَاعِدُ مِنَ النِّسَاءِ اللَّاتِي لَا يَرْجُونَ نِكَاحًا فَلَيْسَ عَلَيْهِنَّ جُنَاحٌ أَن يَضَعْنَ ثِيَابَهُنَّ غَيْرَ مُتَبَرِّجَاتٍ بِزِينَةٍ ۖ وَأَن يَسْتَعْفِفْنَ خَيْرٌ لَّهُنَّ ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ
र ठूलो उमेरकी स्त्रीहरू जसलाई विवाहको आशा र इच्छा छैन, र उनीहरूले लुगा फुकाएर टाउको खुला गर्ने गर्दछिन् भने उनीहरूमाथि कुनै दोष छैन, तर यस शर्तमा कि उनीहरूले आफ्नो श्रृंगारको प्रदर्शन गर्ने होइनन् । तैपनि यदि यसबाट पनि सावधानी राख्छिन भने (यो) उनीहरूको निम्ति राम्रो हुन्छ र अल्लाह राम्ररी सुन्दछ, जान्दछ ।
61لَّيْسَ عَلَى الْأَعْمَىٰ حَرَجٌ وَلَا عَلَى الْأَعْرَجِ حَرَجٌ وَلَا عَلَى الْمَرِيضِ حَرَجٌ وَلَا عَلَىٰ أَنفُسِكُمْ أَن تَأْكُلُوا مِن بُيُوتِكُمْ أَوْ بُيُوتِ آبَائِكُمْ أَوْ بُيُوتِ أُمَّهَاتِكُمْ أَوْ بُيُوتِ إِخْوَانِكُمْ أَوْ بُيُوتِ أَخَوَاتِكُمْ أَوْ بُيُوتِ أَعْمَامِكُمْ أَوْ بُيُوتِ عَمَّاتِكُمْ أَوْ بُيُوتِ أَخْوَالِكُمْ أَوْ بُيُوتِ خَالَاتِكُمْ أَوْ مَا مَلَكْتُم مَّفَاتِحَهُ أَوْ صَدِيقِكُمْ ۚ لَيْسَ عَلَيْكُمْ جُنَاحٌ أَن تَأْكُلُوا جَمِيعًا أَوْ أَشْتَاتًا ۚ فَإِذَا دَخَلْتُم بُيُوتًا فَسَلِّمُوا عَلَىٰ أَنفُسِكُمْ تَحِيَّةً مِّنْ عِندِ اللَّهِ مُبَارَكَةً طَيِّبَةً ۚ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَعْقِلُونَ
अन्धाको लागि, लङ्गडोको लागि र रोगीको लागि र तिम्रो आफैको निम्ति कुनै दोष छैन कि आफ्ना घरहरूबाट खान्छौ वा आफ्नो पिताहरूका घरहरूबाट वा आफ्नो आमाको घरबाट वा आफनो दाइभाइहरूका घरहरूबाट वा आफ्नो दिदी बहिनीहरूका घरहरूबाट वा आफ्नो काकाहरूका घरहरूबाट वा आफ्नो फुपूmहरूका घरबाट वा आफ्नो मामाहरूका घरहरूबाट वा आफ्नो (खालाहरू) आमाको दिदी बहिनीहरूका घरहरूबाट वा जसको साँचोहरूको तिमी स्वामी भएका छौ वा आफ्नो मित्रहरूकहाँ, यस कुरामा तिमीलाई कुनै दोष छैन, कि तिमी मिलीजुली खान्छौ, अथवा अलग–अलग । र जब तिमी घरहरूमा प्रवेश गर्दछौ, तब आफ्ना घरवालाहरूलाई सलाम गर्नेगर । (यो) अल्लाहको तर्फबाट प्रदान अत्यन्त फाइदावाला पवित्र उपहार हो । यसप्रकार स्पष्टरूपले आफ्नो पवित्र वाणीलाई अल्लाहले वर्णन गर्दछ ताकि तिमी बुद्धिले काम लेऊ ।
62إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ آمَنُوا بِاللَّهِ وَرَسُولِهِ وَإِذَا كَانُوا مَعَهُ عَلَىٰ أَمْرٍ جَامِعٍ لَّمْ يَذْهَبُوا حَتَّىٰ يَسْتَأْذِنُوهُ ۚ إِنَّ الَّذِينَ يَسْتَأْذِنُونَكَ أُولَٰئِكَ الَّذِينَ يُؤْمِنُونَ بِاللَّهِ وَرَسُولِهِ ۚ فَإِذَا اسْتَأْذَنُوكَ لِبَعْضِ شَأْنِهِمْ فَأْذَن لِّمَن شِئْتَ مِنْهُمْ وَاسْتَغْفِرْ لَهُمُ اللَّهَ ۚ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा पूर्ण विश्वास गर्दछन् । र जब कुनै सामूहिक विषयको लागि एकत्रित हुन्छन्, तब उनीसित अनुमति न लिइकन कहिंपनि गइहाल्दैनन् । हे पैगम्बर ! जुन मानिसहरू तिमीसित अनुमति प्राप्त गर्दछन् ती नै अल्लाह र त्यसको रसूलमा विश्वास गर्नेहरू हुन्छन् । तसर्थ जब यिनीहरू तिमीसित कुनै कामको लागि अनुमति चाहन्छन्, त्यस वखत तिनीहरूमध्ये जसलाई चाहन्छौ, अनुमति दिने गर र उनीहरूको लागि अल्लाहसँग क्षमाको प्रार्थना गर्नेगर । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
63لَّا تَجْعَلُوا دُعَاءَ الرَّسُولِ بَيْنَكُمْ كَدُعَاءِ بَعْضِكُم بَعْضًا ۚ قَدْ يَعْلَمُ اللَّهُ الَّذِينَ يَتَسَلَّلُونَ مِنكُمْ لِوَاذًا ۚ فَلْيَحْذَرِ الَّذِينَ يُخَالِفُونَ عَنْ أَمْرِهِ أَن تُصِيبَهُمْ فِتْنَةٌ أَوْ يُصِيبَهُمْ عَذَابٌ أَلِيمٌ
मोमिनहरू ! तिमीहरूले अल्लाहको रसूलले बोलाएकोलाई तिमी आपसमा एक अर्कालाई बोलाए जस्तो नठान । निःसन्देह अल्लाहलाई ती मानिसहरूबारे थाहा छ, जो तिमीहरूमध्ये आँखा छलेर बेवास्ता गरी गोप्यरूपले हिंडिहाल्छन्, हेर जसले उनको आदेशको अवहेलना गर्दछन्, उनीहरूलाई तर्सनुपर्छ कि कहीं यस्तो नहोस्, कि उनीहरूमाथि कुनै ठूलो विपत्ति आइपरोस् अथवा उनीहरूमाथि कुनै दुःखद् यातना आइलागोस् ।
64أَلَا إِنَّ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ ۖ قَدْ يَعْلَمُ مَا أَنتُمْ عَلَيْهِ وَيَوْمَ يُرْجَعُونَ إِلَيْهِ فَيُنَبِّئُهُم بِمَا عَمِلُوا ۗ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ
(हेर) ! सावधान रहनु जे जति आकाशहरू र पृथ्वीमा छ, सबै अल्लाह कै हो । जुन (अवस्थामा) तिमी छौ, त्यो उसलाई राम्ररी थाहा छ र जुन दिन मानिसहरू उसतिर फर्काइनेछन्, त उनीहरूले जेजति गर्दछन् त्यसबारे उसले उनीहरूलाई अवगत गराउने छ र अल्लाह प्रत्येक कुरा जान्दछ ।
अन-नूरकुरान अनुक्रमणिका
64आयत
MedinanRevelation
62आयत

अनुवाद — अन-नूर 62

सूरा अन-नूर आयत 62 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मोमिन त ती नै हुन् जसले अल्लाह र उसको रसूलमा…

सूरा आयत 62/64 — अन-नूर النور (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नूर सुन्नुहोस्, अन-नूर अनुवाद, अन-नूर mp3, अन-नूर pdf. आयत 60–64. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers