अत-तौबा · 25/129
अनुवाद उच्चारण — अत-तौबा
لَقَدْ نَصَرَكُمُ اللَّهُ فِي مَوَاطِنَ كَثِيرَةٍ ۙ وَيَوْمَ حُنَيْنٍ ۙ إِذْ أَعْجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنكُمْ شَيْئًا وَضَاقَتْ عَلَيْكُمُ الْأَرْضُ بِمَا رَحُبَتْ ثُمَّ وَلَّيْتُم مُّدْبِرِينَ ۝٢٥
Laqad nasarakumul laahu fee mawaatina kaseeratinw wa yawma Hunainin iz a`jabatkum kasratukum falam tughni `ankum shai`anw wa daaqat `alaikumul ardu bimaa rahubat summa wallaitum mudbireen
📖 नेपाली अर्थ
निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।
🎧 सुन्नुहोस्

📜 आयत 23-27 — अत-तौबा

23يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَّخِذُوا آبَاءَكُمْ وَإِخْوَانَكُمْ أَوْلِيَاءَ إِنِ اسْتَحَبُّوا الْكُفْرَ عَلَى الْإِيمَانِ ۚ وَمَن يَتَوَلَّهُم مِّنكُمْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ
हे ईमानवालाहरू ! आफ्ना पिता र आफ्ना दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुनेछ ।
24قُلْ إِن كَانَ آبَاؤُكُمْ وَأَبْنَاؤُكُمْ وَإِخْوَانُكُمْ وَأَزْوَاجُكُمْ وَعَشِيرَتُكُمْ وَأَمْوَالٌ اقْتَرَفْتُمُوهَا وَتِجَارَةٌ تَخْشَوْنَ كَسَادَهَا وَمَسَاكِنُ تَرْضَوْنَهَا أَحَبَّ إِلَيْكُم مِّنَ اللَّهِ وَرَسُولِهِ وَجِهَادٍ فِي سَبِيلِهِ فَتَرَبَّصُوا حَتَّىٰ يَأْتِيَ اللَّهُ بِأَمْرِهِ ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ
तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती घरहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन ।
25لَقَدْ نَصَرَكُمُ اللَّهُ فِي مَوَاطِنَ كَثِيرَةٍ ۙ وَيَوْمَ حُنَيْنٍ ۙ إِذْ أَعْجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنكُمْ شَيْئًا وَضَاقَتْ عَلَيْكُمُ الْأَرْضُ بِمَا رَحُبَتْ ثُمَّ وَلَّيْتُم مُّدْبِرِينَ
निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।
26ثُمَّ أَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَىٰ رَسُولِهِ وَعَلَى الْمُؤْمِنِينَ وَأَنزَلَ جُنُودًا لَّمْ تَرَوْهَا وَعَذَّبَ الَّذِينَ كَفَرُوا ۚ وَذَٰلِكَ جَزَاءُ الْكَافِرِينَ
अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिराखेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र यही इन्कार गर्नेहरूको लागि बदला थियो ।
27ثُمَّ يَتُوبُ اللَّهُ مِن بَعْدِ ذَٰلِكَ عَلَىٰ مَن يَشَاءُ ۗ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ
अनि त्यस पश्चात पनि जसमाथि अल्लाहले चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ ।
अत-तौबाकुरान अनुक्रमणिका
129आयत
MedinanRevelation
25आयत

अनुवाद — अत-तौबा 25

सूरा अत-तौबा आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र…

सूरा आयत 25/129 — अत-तौबा التوبة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तौबा सुन्नुहोस्, अत-तौबा अनुवाद, अत-तौबा mp3, अत-तौबा pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers