अल-बकरा · 218/286
अनुवाद उच्चारण — अल-बकरा
إِنَّ الَّذِينَ آمَنُوا وَالَّذِينَ هَاجَرُوا وَجَاهَدُوا فِي سَبِيلِ اللَّهِ أُولَٰئِكَ يَرْجُونَ رَحْمَتَ اللَّهِ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ ۝٢١٨
Innal lazeena aamanoo wallazeena haajaroo wa jaahadoo fee sabeelil laahi ulaaaika yarjoona rahmatal laah; wallaahu Ghafoorur Raheem
📖 नेपाली अर्थ
हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान हो ।
🎧 सुन्नुहोस्

📜 आयत 216-220 — अल-बकरा

216كُتِبَ عَلَيْكُمُ الْقِتَالُ وَهُوَ كُرْهٌ لَّكُمْ ۖ وَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَهُوَ خَيْرٌ لَّكُمْ ۖ وَعَسَىٰ أَن تُحِبُّوا شَيْئًا وَهُوَ شَرٌّ لَّكُمْ ۗ وَاللَّهُ يَعْلَمُ وَأَنتُمْ لَا تَعْلَمُونَ
तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई छ तिमीहरू बुझ्दैनौ ।
217يَسْأَلُونَكَ عَنِ الشَّهْرِ الْحَرَامِ قِتَالٍ فِيهِ ۖ قُلْ قِتَالٌ فِيهِ كَبِيرٌ ۖ وَصَدٌّ عَن سَبِيلِ اللَّهِ وَكُفْرٌ بِهِ وَالْمَسْجِدِ الْحَرَامِ وَإِخْرَاجُ أَهْلِهِ مِنْهُ أَكْبَرُ عِندَ اللَّهِ ۚ وَالْفِتْنَةُ أَكْبَرُ مِنَ الْقَتْلِ ۗ وَلَا يَزَالُونَ يُقَاتِلُونَكُمْ حَتَّىٰ يَرُدُّوكُمْ عَن دِينِكُمْ إِنِ اسْتَطَاعُوا ۚ وَمَن يَرْتَدِدْ مِنكُمْ عَن دِينِهِ فَيَمُتْ وَهُوَ كَافِرٌ فَأُولَٰئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ ۖ وَأُولَٰئِكَ أَصْحَابُ النَّارِ ۖ هُمْ فِيهَا خَالِدُونَ
मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।
218إِنَّ الَّذِينَ آمَنُوا وَالَّذِينَ هَاجَرُوا وَجَاهَدُوا فِي سَبِيلِ اللَّهِ أُولَٰئِكَ يَرْجُونَ رَحْمَتَ اللَّهِ ۚ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ
हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान हो ।
219۞ يَسْأَلُونَكَ عَنِ الْخَمْرِ وَالْمَيْسِرِ ۖ قُلْ فِيهِمَا إِثْمٌ كَبِيرٌ وَمَنَافِعُ لِلنَّاسِ وَإِثْمُهُمَا أَكْبَرُ مِن نَّفْعِهِمَا ۗ وَيَسْأَلُونَكَ مَاذَا يُنفِقُونَ قُلِ الْعَفْوَ ۗ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَتَفَكَّرُونَ
(हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाका कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकता भन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।
220فِي الدُّنْيَا وَالْآخِرَةِ ۗ وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَىٰ ۖ قُلْ إِصْلَاحٌ لَّهُمْ خَيْرٌ ۖ وَإِن تُخَالِطُوهُمْ فَإِخْوَانُكُمْ ۚ وَاللَّهُ يَعْلَمُ الْمُفْسِدَ مِنَ الْمُصْلِحِ ۚ وَلَوْ شَاءَ اللَّهُ لَأَعْنَتَكُمْ ۚ إِنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ
दुनियाँ र परलोकका कुराको सम्बन्धमा, र अनाथहरूको बारेमा पनि सोध्छन्, तपाई भनिदिनुस् कि जसमा तिनीहरूको (आर्थिक) सुधार होस्, त्यो नै राम्रो छ । तिमीहरूले उनीहरूको माल आफ्नो मालसंग भण्डारण गर्नुमा पनि केही हर्ज छैन । किनभने तिनी तिम्रा दाजुभाइहरू हुन् । असल नीयत र बदनीयतलाई अल्लाह राम्ररी बुझ्दछ । यदि अल्लाहले चाहेको भए तिमीलाई कष्टमा पार्न सक्दथ्यो । निःसन्देह अल्लाह सक्षम र सर्वशक्ति सम्पन्न छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
218आयत

अनुवाद — अल-बकरा 218

सूरा अल-बकरा आयत 218 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू…

सूरा आयत 218/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 216–220. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers