अल-आराफ · 159/206
अनुवाद उच्चारण — अल-आराफ
وَمِن قَوْمِ مُوسَىٰ أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ ۝١٥٩
Wa min qawmi Moosaaa ummatuny yahdoona bilhaqqi wa bihee ya`diloon
📖 नेपाली अर्थ
मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ, र त्यसै अनुरूप न्याय गर्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 157-161 — अल-आराफ

157الَّذِينَ يَتَّبِعُونَ الرَّسُولَ النَّبِيَّ الْأُمِّيَّ الَّذِي يَجِدُونَهُ مَكْتُوبًا عِندَهُمْ فِي التَّوْرَاةِ وَالْإِنجِيلِ يَأْمُرُهُم بِالْمَعْرُوفِ وَيَنْهَاهُمْ عَنِ الْمُنكَرِ وَيُحِلُّ لَهُمُ الطَّيِّبَاتِ وَيُحَرِّمُ عَلَيْهِمُ الْخَبَائِثَ وَيَضَعُ عَنْهُمْ إِصْرَهُمْ وَالْأَغْلَالَ الَّتِي كَانَتْ عَلَيْهِمْ ۚ فَالَّذِينَ آمَنُوا بِهِ وَعَزَّرُوهُ وَنَصَرُوهُ وَاتَّبَعُوا النُّورَ الَّذِي أُنزِلَ مَعَهُ ۙ أُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ
जुन मानिसहरूले यस्ता रसूल, नबी उम्मी (निरक्षर) को अनुशरण गर्छन्, जसलाई उनीहरूले आफुकहाँ तौरात र इन्जीलमा लेखिएको पाउँछन् । उनले उनीहरूलाई असल कुराको आदेश गर्दछन् र नराम्रा कुराहरूबाट मनाही गर्दछन् र स्वच्छ कुरालाई हलाल (वैध) बताउँछन् र अपवित्र कुरालाई हराम (वर्जित) बताउँछन् र तिनीहरूमाथिबाट त्यो बोझ उतार्दछन् जुन अहिलेसम्म उनीहरूमाथि लादिएका थिए बन्धनहरूलाई फुक्का गर्दछन् जसमा उनीहरू जकडिएका थिए । अतः जो मानिसहरू त्यस नबीमा (सन्देष्टामा) विश्वास गर्दछन् र उनको समर्थन गर्दछन् र उनको सहायता गर्दछन्, र त्यस प्रकाशलाई मान्दछन् जो उनको साथमा पठाइएको छ । यस्ता मानिसहरू पूर्ण सफलता प्राप्त गर्नेवाला छन् ।
158قُلْ يَا أَيُّهَا النَّاسُ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ جَمِيعًا الَّذِي لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ لَا إِلَٰهَ إِلَّا هُوَ يُحْيِي وَيُمِيتُ ۖ فَآمِنُوا بِاللَّهِ وَرَسُولِهِ النَّبِيِّ الْأُمِّيِّ الَّذِي يُؤْمِنُ بِاللَّهِ وَكَلِمَاتِهِ وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ
तपाईले भनिदिनुस् ः ‘‘हे मानिसहरू ! म तिमीहरू सबैको लागि त्यस अल्लाहबाट पठाइएको रसूल (सन्देष्टा) हूँ जो आकाशहरू र धर्तीको राज्यको स्वामी हो । उस बाहेक कोही सत्य पूज्य छैन, उसैले जीवन प्रदान गर्दछ र उसैले प्राण लिन्छ । तसर्थ अल्लाहमाथि ईमान ल्याऊ र उसको नबी उम्मीमा, जो स्वयं महान अल्लाह र उसका आदेशमा आस्था राख्दछन् । उनको अनुशरण गर ताकि तिमी (सही) मार्ग पाउन सक ।’’
159وَمِن قَوْمِ مُوسَىٰ أُمَّةٌ يَهْدُونَ بِالْحَقِّ وَبِهِ يَعْدِلُونَ
मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ, र त्यसै अनुरूप न्याय गर्दछ ।
160وَقَطَّعْنَاهُمُ اثْنَتَيْ عَشْرَةَ أَسْبَاطًا أُمَمًا ۚ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ إِذِ اسْتَسْقَاهُ قَوْمُهُ أَنِ اضْرِب بِّعَصَاكَ الْحَجَرَ ۖ فَانبَجَسَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا ۖ قَدْ عَلِمَ كُلُّ أُنَاسٍ مَّشْرَبَهُمْ ۚ وَظَلَّلْنَا عَلَيْهِمُ الْغَمَامَ وَأَنزَلْنَا عَلَيْهِمُ الْمَنَّ وَالسَّلْوَىٰ ۖ كُلُوا مِن طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ ۚ وَمَا ظَلَمُونَا وَلَٰكِن كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ
र हामीले उनलाई बाह्र घरानाहरूमा विभक्त गरी, सबैको बेग्ला–बेग्लै समूह निश्चित गरिदियौं । जब उनका कौमका मानिसहरूले पानी मांगे, तब हामीले मूसालाई आदेश गर्यौं ‘‘आफ्नो लठ्ठीले एउटा खास चट्टानमा प्रहार गर । अतः तुरुन्तै त्यसबाट बाह्र मूल फुटे र हरेक समूहले आफ्नो मूल थाहा पाइहाले । र हामीले उनीमाथि बादलको छायाँ गर्यौं, र उनीमाथि ‘‘मन्न’’ र ‘‘सलवा’’ उतार्यौं हामीले तिमीलाई जे राम्रो कुरा प्रदान् गरेका छौं, त्यसलाई खाऊ’’ र उनीहरूले हाम्रो कुनै हानि गरेनन् बरु आफ्नै हानि गर्दथे ।
161وَإِذْ قِيلَ لَهُمُ اسْكُنُوا هَٰذِهِ الْقَرْيَةَ وَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ وَقُولُوا حِطَّةٌ وَادْخُلُوا الْبَابَ سُجَّدًا نَّغْفِرْ لَكُمْ خَطِيئَاتِكُمْ ۚ سَنَزِيدُ الْمُحْسِنِينَ
र यादगर जब हामीले उनलाई आदेश दियौं कि तिमीहरू त्यस बस्तीमा गई बस र यसमा जहाँबाट चाहन्छौ खाऊ, र मुखले भन्दै जानु कि तौबा (पश्चाताप) छ र ढोकामा निहुरिएर प्रवेश गर, हामीले तिम्रा त्रुटिहरूलाई क्षमा गरिदिनेछौं, र हामीले सुकर्मीहरूलाई बढी पनि दिनेछौं ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
159आयत

अनुवाद — अल-आराफ 159

सूरा अल-आराफ आयत 159 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मूसाको जातिमा एउटा समूह यस्तो पनि छ, जसले सत्यमार्ग देखाउँदछ,…

सूरा आयत 159/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 157–161. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers