PDF —
40 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-कियामा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-कियामा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-कियामा अनुवाद. सूरा अल-कियामा (Meccan) 40 आयत.



40 आयत · Meccan · नेपाली
bismillah
ﮊﮋﮌﮍﮎ
75:1 म कियामतको दिनको कसम खान्छु
ﮏﮐﮑﮒﮓ
75:2 र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
ﮔﮕﮖﮗﮘﮙ
75:3 के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं
ﮚﮛﮜﮝﮞﮟﮠ
75:4 अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
ﮡﮢﮣﮤﮥﮦ
75:5 (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
ﮧﮨﮩﮪﮫ
75:6 सोध्छ कि कियामतको दिन कहिले आउँछ
ﮬﮭﮮﮯ
75:7 जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
ﮰﮱﯓ
75:8 र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
ﯔﯕﯖﯗ
75:9 र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
ﯘﯙﯚﯛﯜﯝ
75:10 त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
ﯞﯟﯠﯡ
75:11 निःसन्देह कुनै शरणस्थल छैन ।
ﯢﯣﯤﯥﯦ
75:12 आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
ﯧﯨﯩﯪﯫﯬﯭ
75:13 मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
ﯮﯯﯰﯱﯲﯳ
75:14 बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
ﯴﯵﯶﯷ
75:15 यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
ﯸﯹﯺﯻﯼﯽﯾ
75:16 र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
ﯿﰀﰁﰂﰃ
75:17 त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
ﰄﰅﰆﰇﰈ
75:18 अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
ﰉﰊﰋﰌﰍ
75:19 अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
ﭑﭒﭓﭔﭕ
75:20 होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
ﭖﭗﭘ
75:21 र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
ﭙﭚﭛﭜ
75:22 त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
ﭝﭞﭟﭠ
75:23 आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
ﭡﭢﭣﭤ
75:24 र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
ﭥﭦﭧﭨﭩﭪ
75:25 बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
ﭫﭬﭭﭮﭯ
75:26 होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
ﭰﭱﭲﭳﭴ
75:27 र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
ﭵﭶﭷﭸ
75:28 र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
ﭹﭺﭻﭼ
75:29 र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
ﭽﭾﭿﮀﮁ
75:30 आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
ﮂﮃﮄﮅﮆ
75:31 तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
ﮇﮈﮉﮊ
75:32 बरु झूठो ठहरायो र विमुख भयो ।
ﮋﮌﮍﮎﮏﮐ
75:33 अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
ﮑﮒﮓﮔ
75:34 अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
ﮕﮖﮗﮘﮙ
75:35 धिक्कार छ र खराबी छ तिमीमाथि ।
ﮚﮛﮜﮝﮞﮟ
75:36 के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ
ﮠﮡﮢﮣﮤﮥﮦ
75:37 के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो
ﮧﮨﮩﮪﮫﮬ
75:38 फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
ﮭﮮﮯﮰﮱﯓ
75:39 अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
ﯔﯕﯖﯗﯘﯙﯚﯛ
75:40 त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers