अल-बकरा · 215/286
अनुवाद उच्चारण — अल-बकरा
يَسْأَلُونَكَ مَاذَا يُنفِقُونَ ۖ قُلْ مَا أَنفَقْتُم مِّنْ خَيْرٍ فَلِلْوَالِدَيْنِ وَالْأَقْرَبِينَ وَالْيَتَامَىٰ وَالْمَسَاكِينِ وَابْنِ السَّبِيلِ ۗ وَمَا تَفْعَلُوا مِنْ خَيْرٍ فَإِنَّ اللَّهَ بِهِ عَلِيمٌ ۝٢١٥
Yas`aloonaka maazaa yunfiqoona qul maaa anfaqtum min khairin falil waalidaini wal aqrabeena walyataamaa wal masaakeeni wabnis sabeel; wa maa taf`aloo min khairin fa innal laaha bihee `Aleem
📖 नेपाली अर्थ
तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र मुसाफिरहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यो अल्लाहलाई थाहा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 213-217 — अल-बकरा

213كَانَ النَّاسُ أُمَّةً وَاحِدَةً فَبَعَثَ اللَّهُ النَّبِيِّينَ مُبَشِّرِينَ وَمُنذِرِينَ وَأَنزَلَ مَعَهُمُ الْكِتَابَ بِالْحَقِّ لِيَحْكُمَ بَيْنَ النَّاسِ فِيمَا اخْتَلَفُوا فِيهِ ۚ وَمَا اخْتَلَفَ فِيهِ إِلَّا الَّذِينَ أُوتُوهُ مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتُ بَغْيًا بَيْنَهُمْ ۖ فَهَدَى اللَّهُ الَّذِينَ آمَنُوا لِمَا اخْتَلَفُوا فِيهِ مِنَ الْحَقِّ بِإِذْنِهِ ۗ وَاللَّهُ يَهْدِي مَن يَشَاءُ إِلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ
(सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।
214أَمْ حَسِبْتُمْ أَن تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا يَأْتِكُم مَّثَلُ الَّذِينَ خَلَوْا مِن قَبْلِكُم ۖ مَّسَّتْهُمُ الْبَأْسَاءُ وَالضَّرَّاءُ وَزُلْزِلُوا حَتَّىٰ يَقُولَ الرَّسُولُ وَالَّذِينَ آمَنُوا مَعَهُ مَتَىٰ نَصْرُ اللَّهِ ۗ أَلَا إِنَّ نَصْرَ اللَّهِ قَرِيبٌ
के तिमी यस भ्रममा छौ कि स्वर्गमा पुगिहाल्छौ, जबकि तिमीलाई अहिलेसम्म पहिलेका मानिसहरूको जस्तो अवस्था आएकै छैन । तिनीहरूलाई (ठूला) कठिनाई र दुःख भोग्ने भयले कंपाइयो र तिनीहरूलाई यतिसम्म सताइयो कि रसूल र उहाँका साथीहरूले भन्न थाले कि अल्लाहको मद्दत कहिले आउँला । हेर ! अल्लाहको सहायता एकदम नजिक छ ।
215يَسْأَلُونَكَ مَاذَا يُنفِقُونَ ۖ قُلْ مَا أَنفَقْتُم مِّنْ خَيْرٍ فَلِلْوَالِدَيْنِ وَالْأَقْرَبِينَ وَالْيَتَامَىٰ وَالْمَسَاكِينِ وَابْنِ السَّبِيلِ ۗ وَمَا تَفْعَلُوا مِنْ خَيْرٍ فَإِنَّ اللَّهَ بِهِ عَلِيمٌ
तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र मुसाफिरहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यो अल्लाहलाई थाहा छ ।
216كُتِبَ عَلَيْكُمُ الْقِتَالُ وَهُوَ كُرْهٌ لَّكُمْ ۖ وَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَهُوَ خَيْرٌ لَّكُمْ ۖ وَعَسَىٰ أَن تُحِبُّوا شَيْئًا وَهُوَ شَرٌّ لَّكُمْ ۗ وَاللَّهُ يَعْلَمُ وَأَنتُمْ لَا تَعْلَمُونَ
तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई छ तिमीहरू बुझ्दैनौ ।
217يَسْأَلُونَكَ عَنِ الشَّهْرِ الْحَرَامِ قِتَالٍ فِيهِ ۖ قُلْ قِتَالٌ فِيهِ كَبِيرٌ ۖ وَصَدٌّ عَن سَبِيلِ اللَّهِ وَكُفْرٌ بِهِ وَالْمَسْجِدِ الْحَرَامِ وَإِخْرَاجُ أَهْلِهِ مِنْهُ أَكْبَرُ عِندَ اللَّهِ ۚ وَالْفِتْنَةُ أَكْبَرُ مِنَ الْقَتْلِ ۗ وَلَا يَزَالُونَ يُقَاتِلُونَكُمْ حَتَّىٰ يَرُدُّوكُمْ عَن دِينِكُمْ إِنِ اسْتَطَاعُوا ۚ وَمَن يَرْتَدِدْ مِنكُمْ عَن دِينِهِ فَيَمُتْ وَهُوَ كَافِرٌ فَأُولَٰئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ ۖ وَأُولَٰئِكَ أَصْحَابُ النَّارِ ۖ هُمْ فِيهَا خَالِدُونَ
मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
215आयत

अनुवाद — अल-बकरा 215

सूरा अल-बकरा आयत 215 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई…

सूरा आयत 215/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 213–217. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers