सूरा अल-कियामा अरबी र नेपाली

सूरा अल-कियामा पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (40 आयत — مكية). अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf.

सूरा अल-कियामा पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
لَا أُقْسِمُ بِيَوْمِ الْقِيَامَةِ ۝١
📖 अनुवाद आयत 1
म कियामतको दिनको कसम खान्छु
وَلَا أُقْسِمُ بِالنَّفْسِ اللَّوَّامَةِ ۝٢
📖 अनुवाद आयत 2
र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।
أَيَحْسَبُ الْإِنسَانُ أَلَّن نَّجْمَعَ عِظَامَهُ ۝٣
📖 अनुवाद आयत 3
के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं
بَلَىٰ قَادِرِينَ عَلَىٰ أَن نُّسَوِّيَ بَنَانَهُ ۝٤
📖 अनुवाद आयत 4
अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।
بَلْ يُرِيدُ الْإِنسَانُ لِيَفْجُرَ أَمَامَهُ ۝٥
📖 अनुवाद आयत 5
(होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।
يَسْأَلُ أَيَّانَ يَوْمُ الْقِيَامَةِ ۝٦
📖 अनुवाद आयत 6
सोध्छ कि कियामतको दिन कहिले आउँछ
فَإِذَا بَرِقَ الْبَصَرُ ۝٧
📖 अनुवाद आयत 7
जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
وَخَسَفَ الْقَمَرُ ۝٨
📖 अनुवाद आयत 8
र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ ۝٩
📖 अनुवाद आयत 9
र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ ۝١٠
📖 अनुवाद आयत 10
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
كَلَّا لَا وَزَرَ ۝١١
📖 अनुवाद आयत 11
निःसन्देह कुनै शरणस्थल छैन ।
إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ ۝١٢
📖 अनुवाद आयत 12
आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
يُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ ۝١٣
📖 अनुवाद आयत 13
मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
بَلِ الْإِنسَانُ عَلَىٰ نَفْسِهِ بَصِيرَةٌ ۝١٤
📖 अनुवाद आयत 14
बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
وَلَوْ أَلْقَىٰ مَعَاذِيرَهُ ۝١٥
📖 अनुवाद आयत 15
यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।
لَا تُحَرِّكْ بِهِ لِسَانَكَ لِتَعْجَلَ بِهِ ۝١٦
📖 अनुवाद आयत 16
र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।
إِنَّ عَلَيْنَا جَمْعَهُ وَقُرْآنَهُ ۝١٧
📖 अनुवाद आयत 17
त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।
فَإِذَا قَرَأْنَاهُ فَاتَّبِعْ قُرْآنَهُ ۝١٨
📖 अनुवाद आयत 18
अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।
ثُمَّ إِنَّ عَلَيْنَا بَيَانَهُ ۝١٩
📖 अनुवाद आयत 19
अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।
كَلَّا بَلْ تُحِبُّونَ الْعَاجِلَةَ ۝٢٠
📖 अनुवाद आयत 20
होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।
وَتَذَرُونَ الْآخِرَةَ ۝٢١
📖 अनुवाद आयत 21
र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ
وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ ۝٢٢
📖 अनुवाद आयत 22
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
إِلَىٰ رَبِّهَا نَاظِرَةٌ ۝٢٣
📖 अनुवाद आयत 23
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ ۝٢٤
📖 अनुवाद आयत 24
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ ۝٢٥
📖 अनुवाद आयत 25
बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
كَلَّا إِذَا بَلَغَتِ التَّرَاقِيَ ۝٢٦
📖 अनुवाद आयत 26
होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
وَقِيلَ مَنْ ۜ رَاقٍ ۝٢٧
📖 अनुवाद आयत 27
र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
وَظَنَّ أَنَّهُ الْفِرَاقُ ۝٢٨
📖 अनुवाद आयत 28
र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।
وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ ۝٢٩
📖 अनुवाद आयत 29
र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ ۝٣٠
📖 अनुवाद आयत 30
आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
فَلَا صَدَّقَ وَلَا صَلَّىٰ ۝٣١
📖 अनुवाद आयत 31
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ ۝٣٢
📖 अनुवाद आयत 32
बरु झूठो ठहरायो र विमुख भयो ।
ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ ۝٣٣
📖 अनुवाद आयत 33
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
أَوْلَىٰ لَكَ فَأَوْلَىٰ ۝٣٤
📖 अनुवाद आयत 34
अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
ثُمَّ أَوْلَىٰ لَكَ فَأَوْلَىٰ ۝٣٥
📖 अनुवाद आयत 35
धिक्कार छ र खराबी छ तिमीमाथि ।
أَيَحْسَبُ الْإِنسَانُ أَن يُتْرَكَ سُدًى ۝٣٦
📖 अनुवाद आयत 36
के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ
أَلَمْ يَكُ نُطْفَةً مِّن مَّنِيٍّ يُمْنَىٰ ۝٣٧
📖 अनुवाद आयत 37
के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो
ثُمَّ كَانَ عَلَقَةً فَخَلَقَ فَسَوَّىٰ ۝٣٨
📖 अनुवाद आयत 38
फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।
فَجَعَلَ مِنْهُ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ ۝٣٩
📖 अनुवाद आयत 39
अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।
أَلَيْسَ ذَٰلِكَ بِقَادِرٍ عَلَىٰ أَن يُحْيِيَ الْمَوْتَىٰ ۝٤٠
📖 अनुवाद आयत 40
त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।
← 74 अल-कियामा (75/114) 76 →
पढ्नुहोस् सूरा अल-कियामा नेपाली – अनुवाद, उच्चारण र अडियो

75القيامة Al-Qiyamah 📚 40 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers