अल-कहफ · 20/110
अनुवाद उच्चारण — अल-कहफ
إِنَّهُمْ إِن يَظْهَرُوا عَلَيْكُمْ يَرْجُمُوكُمْ أَوْ يُعِيدُوكُمْ فِي مِلَّتِهِمْ وَلَن تُفْلِحُوا إِذًا أَبَدًا ۝٢٠
Innahum iny yazharoo `alaikum yarjumookum aw yu`eedookum fee millatihim wa lan tuflihooo izan abadaa
📖 नेपाली अर्थ
यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अल-कहफ

18وَتَحْسَبُهُمْ أَيْقَاظًا وَهُمْ رُقُودٌ ۚ وَنُقَلِّبُهُمْ ذَاتَ الْيَمِينِ وَذَاتَ الشِّمَالِ ۖ وَكَلْبُهُم بَاسِطٌ ذِرَاعَيْهِ بِالْوَصِيدِ ۚ لَوِ اطَّلَعْتَ عَلَيْهِمْ لَوَلَّيْتَ مِنْهُمْ فِرَارًا وَلَمُلِئْتَ مِنْهُمْ رُعْبًا
तपाई ठान्नुहुन्छ कि तिनीहरू बिउँझिराखेका छन्, तर तिनीहरू निदाइराखेका हुन्थे स्वयम् हामीले तिनीहरूलाई दायाँ र बाँया कोल्टे फर्काउने गर्दथ्यौं र तिनीहरूको ‘‘कुकुर’’ पनि दैलोमा अगाडिको खुट्टा फैलाएर बसेको थियो यदि तपाईले तिनीहरूलाई चियाएर हेरेको भए पिठ्युँ फर्काएर भाग्नु पथ्र्यो र तिनीहरूको डरले तपाईमा भयको सृजना हुने थियो ।
19وَكَذَٰلِكَ بَعَثْنَاهُمْ لِيَتَسَاءَلُوا بَيْنَهُمْ ۚ قَالَ قَائِلٌ مِّنْهُمْ كَمْ لَبِثْتُمْ ۖ قَالُوا لَبِثْنَا يَوْمًا أَوْ بَعْضَ يَوْمٍ ۚ قَالُوا رَبُّكُمْ أَعْلَمُ بِمَا لَبِثْتُمْ فَابْعَثُوا أَحَدَكُم بِوَرِقِكُمْ هَٰذِهِ إِلَى الْمَدِينَةِ فَلْيَنظُرْ أَيُّهَا أَزْكَىٰ طَعَامًا فَلْيَأْتِكُم بِرِزْقٍ مِّنْهُ وَلْيَتَلَطَّفْ وَلَا يُشْعِرَنَّ بِكُمْ أَحَدًا
र यस्तै प्रकारले हामीले तिनीहरूलाई ब्यूँझाएर उठायौं कि आपसमा एक अर्कासँग पूछताछ गरुन् । तिनीहरूमध्ये एउटाले भन्यो कि तिमी यहाँ कति बेरसम्म बस्यौ ? तिनीहरूले जवाफ दिए कि एकदिन वा यसभन्दा पनि कम, तिनीहरूले भने कि जुन अवधिसम्म तिमी यहाँ बस्यो त्यो तिम्रो पालनकर्तालाई नै राम्ररी थाहा छ । अब तिमीले आफूमध्ये कसैलाई यो चाँदीको रूपैयाँ दिएर शहर पठाऊ, उसले राम्रोसँग पत्ता लगाओस्, कि शहरमा पवित्र र राम्रो खाना कुन चाहिँ छ, अनि त्यसैमध्येबाट तिम्रो लागि खाना ल्याओस् र उसले धेरै सतर्क भएर आउने जाने गरोस् र तिम्रो खबर कसैलाई थाहा नहोस् ।
20إِنَّهُمْ إِن يَظْهَرُوا عَلَيْكُمْ يَرْجُمُوكُمْ أَوْ يُعِيدُوكُمْ فِي مِلَّتِهِمْ وَلَن تُفْلِحُوا إِذًا أَبَدًا
यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।
21وَكَذَٰلِكَ أَعْثَرْنَا عَلَيْهِمْ لِيَعْلَمُوا أَنَّ وَعْدَ اللَّهِ حَقٌّ وَأَنَّ السَّاعَةَ لَا رَيْبَ فِيهَا إِذْ يَتَنَازَعُونَ بَيْنَهُمْ أَمْرَهُمْ ۖ فَقَالُوا ابْنُوا عَلَيْهِم بُنْيَانًا ۖ رَّبُّهُمْ أَعْلَمُ بِهِمْ ۚ قَالَ الَّذِينَ غَلَبُوا عَلَىٰ أَمْرِهِمْ لَنَتَّخِذَنَّ عَلَيْهِم مَّسْجِدًا
यस्तै किसिमले हामीले मानिसहरूलाई तिनीहरूको हालबाट खबरदार गरेका छौं ताकि तिनीहरूले थाहा पाउन्, कि अल्लाहको वचन पूरै सत्य छ, र कियामतको दिनमा कुनै शंका छैन, त्यसबेला जब मानिसहरूले तिनको सम्बन्धमा आपसमा विवाद गरिरहेका थिए त केहीले भन्न थाले कि तिनीहरूको गुफामाथि एउटा भवन बनाइहाल । तिनीहरूको पालनकर्ता नै तिनीहरूको हाल राम्ररी जान्दछ । जुन मानिसहरूले तिनीहरूमाथि वर्चस्व पाए, भन्न थाले कि हामीले तिनीहरूको स्थानमाथि मस्जिदको निर्माण गर्नेछौं ।
22سَيَقُولُونَ ثَلَاثَةٌ رَّابِعُهُمْ كَلْبُهُمْ وَيَقُولُونَ خَمْسَةٌ سَادِسُهُمْ كَلْبُهُمْ رَجْمًا بِالْغَيْبِ ۖ وَيَقُولُونَ سَبْعَةٌ وَثَامِنُهُمْ كَلْبُهُمْ ۚ قُل رَّبِّي أَعْلَمُ بِعِدَّتِهِم مَّا يَعْلَمُهُمْ إِلَّا قَلِيلٌ ۗ فَلَا تُمَارِ فِيهِمْ إِلَّا مِرَاءً ظَاهِرًا وَلَا تَسْتَفْتِ فِيهِم مِّنْهُمْ أَحَدًا
केही मानिसहरूले अड्कलबाजि गर्नेछन् कि तिनीहरू तीन थिए र चौथो तिनीहरूको कुकुर थियो, र केहिले भन्नेछन् कि तिनीहरू पाँच थिए र छठाें उनको कुकुर थियो । गोप्य कुरामा यो अड्कलबाजी गर्दछन् । केहिले भन्ने छन् कि तिनीहरू सात थिए र आठौं उनको कुकुर थियो । तपाई भनिदिनुस् कि मेरो पालनकर्तालाई तिनीहरूको गन्ती राम्ररी थाहा छ । तिनीहरूलाई थोरैले मात्र जान्दछन्, तसर्थ तपाईले उनीहरूको सम्बन्धमा जुन स्पष्ट छ त्यो कुरोबाहेक अरु कुनैतर्क नगर्नुस् र तिनीहरूको सम्बन्धमा तिनीहरूमध्ये कसैसँग केही सोधपूछ नगर्नुस् ।
अल-कहफकुरान अनुक्रमणिका
110आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-कहफ 20

सूरा अल-कहफ आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि…

सूरा आयत 20/110 — अल-कहफ الكهف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कहफ सुन्नुहोस्, अल-कहफ अनुवाद, अल-कहफ mp3, अल-कहफ pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers