अल-बकरा · 141/286
अनुवाद उच्चारण — अल-बकरा
تِلْكَ أُمَّةٌ قَدْ خَلَتْ ۖ لَهَا مَا كَسَبَتْ وَلَكُم مَّا كَسَبْتُمْ ۖ وَلَا تُسْأَلُونَ عَمَّا كَانُوا يَعْمَلُونَ ۝١٤١
Tilka ummatun qad khalat lahaa maa kasabat wa lakum maa kasabtum wa laa tus`aloona `ammaa kaano ya`maloo
📖 नेपाली अर्थ
यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि छ र जे तिमीहरूले गरेका छौ तिम्रो निम्ति छ, तिनीहरूको कामको सम्बन्धमा तिमीसित सोधपूछ हुनेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 139-143 — अल-बकरा

139قُلْ أَتُحَاجُّونَنَا فِي اللَّهِ وَهُوَ رَبُّنَا وَرَبُّكُمْ وَلَنَا أَعْمَالُنَا وَلَكُمْ أَعْمَالُكُمْ وَنَحْنُ لَهُ مُخْلِصُونَ
तपाईले भनिदिनुस्, के तिमी अल्लाहको सम्बन्धमा हामीसँग झगडा गर्दछौं, जो हाम्रो र तिम्रो पालनकर्ता हो । हामीलाई हाम्रो कर्मको र तिमीलाई तिम्रो कर्मको फल प्राप्त हुनेछ, र हामी त उसैको उपासक हौं ।
140أَمْ تَقُولُونَ إِنَّ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ وَيَعْقُوبَ وَالْأَسْبَاطَ كَانُوا هُودًا أَوْ نَصَارَىٰ ۗ قُلْ أَأَنتُمْ أَعْلَمُ أَمِ اللَّهُ ۗ وَمَنْ أَظْلَمُ مِمَّن كَتَمَ شَهَادَةً عِندَهُ مِنَ اللَّهِ ۗ وَمَا اللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ
(हे यहूदी र ईसाई !) के तिमी यो भन्दछौ कि इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र तिनका सन्तति यहूदी वा ईसाई थिए ? (हे मुहम्मद ! तिनीहरूसित) भनिदिनुस्, के तिमीहरू धेरै ज्ञानी छौं, कि अल्लाह ? अल्लाहको नजिक प्रमाण लुकाउने भन्दा बढी अन्यायी को हुन सक्दछ ? र तिमीहरू जे गरिराखेका छौ, त्यससित अल्लाह असावधान छैन ।
141تِلْكَ أُمَّةٌ قَدْ خَلَتْ ۖ لَهَا مَا كَسَبَتْ وَلَكُم مَّا كَسَبْتُمْ ۖ وَلَا تُسْأَلُونَ عَمَّا كَانُوا يَعْمَلُونَ
यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि छ र जे तिमीहरूले गरेका छौ तिम्रो निम्ति छ, तिनीहरूको कामको सम्बन्धमा तिमीसित सोधपूछ हुनेछैन ।
142۞ سَيَقُولُ السُّفَهَاءُ مِنَ النَّاسِ مَا وَلَّاهُمْ عَن قِبْلَتِهِمُ الَّتِي كَانُوا عَلَيْهَا ۚ قُل لِّلَّهِ الْمَشْرِقُ وَالْمَغْرِبُ ۚ يَهْدِي مَن يَشَاءُ إِلَىٰ صِرَاطٍ مُّسْتَقِيمٍ
चाँडै मूर्खहरूले भन्नेछन् कि (मुसलमान) जुन किब्लासंग आबद्ध थिए, (अहिले) त्यसबाट उनीहरूलाई कुन कुराले विमुख गराएको छ ? तपाई भनिदिनुस् कि, पूर्व र पश्चिम सबैको स्वामी अल्लाह हो । उसले जसलाई चाहन्छ, सही बाटोमा हिंड्ने मार्गदर्शन दिन्छ ।
143وَكَذَٰلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِّتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا ۗ وَمَا جَعَلْنَا الْقِبْلَةَ الَّتِي كُنتَ عَلَيْهَا إِلَّا لِنَعْلَمَ مَن يَتَّبِعُ الرَّسُولَ مِمَّن يَنقَلِبُ عَلَىٰ عَقِبَيْهِ ۚ وَإِن كَانَتْ لَكَبِيرَةً إِلَّا عَلَى الَّذِينَ هَدَى اللَّهُ ۗ وَمَا كَانَ اللَّهُ لِيُضِيعَ إِيمَانَكُمْ ۚ إِنَّ اللَّهَ بِالنَّاسِ لَرَءُوفٌ رَّحِيمٌ
हामीले यस्तै तिमीलाई मध्यमार्गी समुदाय बनाएका हौं जसबाट अरु मानिसहरूका साक्षी बन र (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पैगम्बर तिम्रा लागि साक्षी बनुन् र जुन किब्लामा तिमी पहिलादेखि लागेका थियौ, त्यसलाई हामीले यस कारण निर्धारित गरेका थियौं ताकि थाहा होस् कि, को (हाम्रो) पैगम्बरको सच्चा अनुयायी हो र को हो जो विचलित हुन्छ ? यो काम गाह्रो छ, तर जसलाई अल्लाहले मार्गदर्शित गरेको छ । (तिनीहरूलाई गाह्रो छैन) । र अल्लाहले तिम्रो आस्थालाई निरर्थक तुल्याउने छैन । अल्लाह त मानिसहरूसंग अत्यन्त कृपा र दयाको व्यवहार गर्नेवाला छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
141आयत

अनुवाद — अल-बकरा 141

सूरा अल-बकरा आयत 141 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि…

सूरा आयत 141/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 139–143. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers