अल-बकरा · 254/286
अनुवाद उच्चारण — अल-बकरा
يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنفِقُوا مِمَّا رَزَقْنَاكُم مِّن قَبْلِ أَن يَأْتِيَ يَوْمٌ لَّا بَيْعٌ فِيهِ وَلَا خُلَّةٌ وَلَا شَفَاعَةٌ ۗ وَالْكَافِرُونَ هُمُ الظَّالِمُونَ ۝٢٥٤
Yaa ayyuhal lazeena aamanoo anfiqoo mimmaa razaqnaakum min qabli ai yaatiya yawmul laa bai`un fee wa la khullatunw wa laa shafaa`ah; walkaa firoona humuz zaalimoon
📖 नेपाली अर्थ
हे ईमान भएकाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट त्यो दिन आउँदासम्म खर्च गर्नेगर जब न व्यापार हुनेछ, न मित्रता, र नत कुनै सिफारिश काम लाग्नेछ । र कुफ्र गर्नेहरू नै अत्याचारी हुन् ।
🎧 सुन्नुहोस्

📜 आयत 252-256 — अल-बकरा

252تِلْكَ آيَاتُ اللَّهِ نَتْلُوهَا عَلَيْكَ بِالْحَقِّ ۚ وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ
यी अल्लाहका आयतहरू हुन् जसलाई हामीले तिमीलाई सत्यतापूर्वक पढी सुनाउँदछौं । (र हे मुहम्मद !) तिमी निःसन्देह पैगम्बरहरूमध्येकै एक हौ ।
253۞ تِلْكَ الرُّسُلُ فَضَّلْنَا بَعْضَهُمْ عَلَىٰ بَعْضٍ ۘ مِّنْهُم مَّن كَلَّمَ اللَّهُ ۖ وَرَفَعَ بَعْضَهُمْ دَرَجَاتٍ ۚ وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ ۗ وَلَوْ شَاءَ اللَّهُ مَا اقْتَتَلَ الَّذِينَ مِن بَعْدِهِم مِّن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتُ وَلَٰكِنِ اخْتَلَفُوا فَمِنْهُم مَّنْ آمَنَ وَمِنْهُم مَّن كَفَرَ ۚ وَلَوْ شَاءَ اللَّهُ مَا اقْتَتَلُوا وَلَٰكِنَّ اللَّهَ يَفْعَلُ مَا يُرِيدُ
यी पैगम्बरहरू हुन् । तिनीहरूमध्ये हामीले केहीमाथि केहीलाई प्रधानता प्रदान गरेका छौं । केही यस्ता छन् जोसित अल्लाहले कुरा गर्यो र केहीका दर्जा उच्च बनायो र मरियमको पुत्र ईसालाई चमत्कारहरू प्रदान गर्यो र रूहुल्कुद्सद्वारा (पवित्र आत्मा) उनलाई मद्दत पुर्यायो । यदि अल्लाहले चाहेको भए, तिनीभन्दा पहिलेका मानिसहरू आफ्नाछेउ निशानीहरू आइसकेपछि आपसमा कदापि युद्ध गर्दैनथे, तर तिनीहरूले मतभेदका कुरा गरे, तिनीहरूमध्ये केही त आस्तिक भइहाले र केही काफिर (नास्तिक) नै रहे । र यदि अल्लाहले चाहेको भए यी मानिसहरू आपसमा लड्ने थिएनन्, तर अल्लाहले जे चाहन्छ, गर्दछ ।
254يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنفِقُوا مِمَّا رَزَقْنَاكُم مِّن قَبْلِ أَن يَأْتِيَ يَوْمٌ لَّا بَيْعٌ فِيهِ وَلَا خُلَّةٌ وَلَا شَفَاعَةٌ ۗ وَالْكَافِرُونَ هُمُ الظَّالِمُونَ
हे ईमान भएकाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट त्यो दिन आउँदासम्म खर्च गर्नेगर जब न व्यापार हुनेछ, न मित्रता, र नत कुनै सिफारिश काम लाग्नेछ । र कुफ्र गर्नेहरू नै अत्याचारी हुन् ।
255اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ ۚ لَا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ ۚ لَّهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ ۗ مَن ذَا الَّذِي يَشْفَعُ عِندَهُ إِلَّا بِإِذْنِهِ ۚ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ ۖ وَلَا يُحِيطُونَ بِشَيْءٍ مِّنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ ۚ وَسِعَ كُرْسِيُّهُ السَّمَاوَاتِ وَالْأَرْضَ ۖ وَلَا يَئُودُهُ حِفْظُهُمَا ۚ وَهُوَ الْعَلِيُّ الْعَظِيمُ
अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उसँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, हो उसले चाहेको हदसम्म मात्र । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरी राखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।
256لَا إِكْرَاهَ فِي الدِّينِ ۖ قَد تَّبَيَّنَ الرُّشْدُ مِنَ الْغَيِّ ۚ فَمَن يَكْفُرْ بِالطَّاغُوتِ وَيُؤْمِن بِاللَّهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَىٰ لَا انفِصَامَ لَهَا ۗ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ
धर्ममा कुनै बलजफ्ती छैन । वास्तवमा कुमार्गबाट सुमार्ग प्रष्ट भइसकेको छ । यसर्थ जसले अल्लाह बाहेक अन्य मूर्तिहरूमा आस्था राख्दैन र अल्लाहमाथि आस्था राख्यो, उसले यस्तो बलियो डोरी समातिसकेको छ, जुन कि कहिल्यै चुँड्ने छैन। अल्लाह सबै कुरा सुन्नेवाला सर्वज्ञ हो।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
254आयत

अनुवाद — अल-बकरा 254

सूरा अल-बकरा आयत 254 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे ईमान भएकाहरू ! जुन हामीले तिमीलाई प्रदान गरेका छौं,…

सूरा आयत 254/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 252–256. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers