अल-बकरा · 262/286
अनुवाद उच्चारण — अल-बकरा
الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ فِي سَبِيلِ اللَّهِ ثُمَّ لَا يُتْبِعُونَ مَا أَنفَقُوا مَنًّا وَلَا أَذًى ۙ لَّهُمْ أَجْرُهُمْ عِندَ رَبِّهِمْ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ ۝٢٦٢
Allazeena yunfiqoona amwaalahum fee sabeelillaahi summa laa yutbi`oona maaa anfaqoo mannanw wa laaa azal lahum ajruhum `inda Rabbihim; wa laa khawfun `alaihim wa laa hum yahzanoon
📖 नेपाली अर्थ
जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 260-264 — अल-बकरा

260وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ أَرِنِي كَيْفَ تُحْيِي الْمَوْتَىٰ ۖ قَالَ أَوَلَمْ تُؤْمِن ۖ قَالَ بَلَىٰ وَلَٰكِن لِّيَطْمَئِنَّ قَلْبِي ۖ قَالَ فَخُذْ أَرْبَعَةً مِّنَ الطَّيْرِ فَصُرْهُنَّ إِلَيْكَ ثُمَّ اجْعَلْ عَلَىٰ كُلِّ جَبَلٍ مِّنْهُنَّ جُزْءًا ثُمَّ ادْعُهُنَّ يَأْتِينَكَ سَعْيًا ۚ وَاعْلَمْ أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ
र, जब इब्राहीमले अल्लाहसित भने कि हे मेरो पालनहार ! मलाई देखाऊ कि तिमीले मृतकहरूलाई कसरी जीवित पार्नेछौ ? अल्लाहले भने कि के तिमीले (यो कुरालाई) विश्वास गरेनौं ? तिनले भने हो, अवश्य विश्वास गर्छु तर यस कारणले (चाहन्छु) ताकि पूर्णरूपले मलाई सन्तोष होस् । अल्लाहले भन्यो कि चारवटा चराहरू समातेर ल्याऊ र तिनलाई टुक्रा–टुक्रा गरिहाल, फेरि तिनका एक–एक टुक्रा प्रत्येक पहाडमा राखिहाल । अनि तिनलाई बोलाऊ तिनीहरू तिमीतिर दगुर्दै आउने छन् र जानीराख कि अल्लाह सर्वसामथ्र्य र सर्वबुद्धि सम्पन्न छ ।
261مَّثَلُ الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ فِي سَبِيلِ اللَّهِ كَمَثَلِ حَبَّةٍ أَنبَتَتْ سَبْعَ سَنَابِلَ فِي كُلِّ سُنبُلَةٍ مِّائَةُ حَبَّةٍ ۗ وَاللَّهُ يُضَاعِفُ لِمَن يَشَاءُ ۗ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ
जुन मानिसहरूले अल्लाहको मार्गमा आफ्ना सम्पत्ति खर्च गदर्छन, त्यसको उदाहरण त्यस दानाको जस्तो छ जसबाट सातवटा बालाहरू निस्कन्छन् र प्रत्येक बालामा सय–सयवटा दानाहरू हुनेछन् । र अल्लाहले जसको (सम्पतिमा) चाहन्छ, वृद्धि गर्दछ । र अल्लाह अत्यन्त सर्वव्यापी र प्रत्येक कुरोको ज्ञाता छ ।
262الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ فِي سَبِيلِ اللَّهِ ثُمَّ لَا يُتْبِعُونَ مَا أَنفَقُوا مَنًّا وَلَا أَذًى ۙ لَّهُمْ أَجْرُهُمْ عِندَ رَبِّهِمْ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।
263۞ قَوْلٌ مَّعْرُوفٌ وَمَغْفِرَةٌ خَيْرٌ مِّن صَدَقَةٍ يَتْبَعُهَا أَذًى ۗ وَاللَّهُ غَنِيٌّ حَلِيمٌ
मीठो कुरा गर्नु र क्षमा गर्नु त्यस दानभन्दा उत्तम हो जसपछि दुःख दिइन्छ । र अल्लाह निस्पृह र नितान्त सहनशील छ ।
264يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تُبْطِلُوا صَدَقَاتِكُم بِالْمَنِّ وَالْأَذَىٰ كَالَّذِي يُنفِقُ مَالَهُ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ۖ فَمَثَلُهُ كَمَثَلِ صَفْوَانٍ عَلَيْهِ تُرَابٌ فَأَصَابَهُ وَابِلٌ فَتَرَكَهُ صَلْدًا ۖ لَّا يَقْدِرُونَ عَلَىٰ شَيْءٍ مِّمَّا كَسَبُوا ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْكَافِرِينَ
हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
262आयत

अनुवाद — अल-बकरा 262

सूरा अल-बकरा आयत 262 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र…

सूरा आयत 262/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 260–264. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers